NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
सरकारमा सहभागी हुदैनौः सभापति कोइराल PDF Print E-mail
User Rating: / 0
PoorBest 
Sunday, 12 April 2009 Written by शिशिर दाहाल

कांग्रेस सरकार ढाल्ने खेलमा लागेको भन्ने सञ्चारकर्मीको प्रश्नमा सभापति कोईरालाले भन्नुभयो - सरकार ढाल्ने खेलमा कंग्रेस लाग्नु पर्दैन, माओवादी नेतृत्वको सरकार आफ्नै कारणले ढल्ने ठोकुवा समेत गर्नुभयो।


सरकारमा सहभागी हुदैनौः सभापति कोइराला

विराटनगर -चैत २८

पूर्व प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति गिरिजाप्रसाद कोईरालाले माओवादीको नेतृत्वको सरकारमा नेपाली कांग्रेस कुनैपनि हालतमा नजाने स्पस्ट पार्नुभएको छ।

बिराटनगरमा शुक्रवार संचार्रकर्मचारीसंग कुरा गर्दै सभापति कोईरालाले कांगेसले राखेका ९ बुँदे माग कार्यन्वयन माओवादी सरकारले नगरे सम्म उ संग कुनै पनि किसिमको सहकार्य हुन नसक्ने वताउनु भयो। सभापति कोईरालाले माओवादी नेता तथा कार्यकर्ताहरुको अराजक कृयाकलापका कारण सरकारमा जाने वातावरण नरहेको बताउनुभयो।उनिहरुले अराजक गतिविधि त्याग्नु पर्छ ,मुलुकमा शान्ति सुब्यवस्था कायम गर्नुपर्छ त्यसपछि कांग्रेसले माओवादी संगको सम्बन्ध प्रष्ट पार्छ कोइरालाको भनाई थियो।  समयमै संबिधान बनाउने चाहना नभएका कारण माओवादीहरु अराजक गतिबिधी तर्फउन्मुख रहेको उहा“ले दाबी गर्नुभयो । उहाले भन्नुभयो - माओवादीहरु अहिलेकै जस्तै सरकारमा बितण्डा मच्चाएर रहीरहन चाहन्छन् । उनीहरुको संबिधान बनाउने कुनै संवेदनशिलता र गाम्भिर्यता छैन ।

कांग्रेस सरकार ढाल्ने खेलमा लागेको भन्ने सञ्चारकर्मीको प्रश्नमा सभापति कोईरालाले भन्नुभयो - सरकार ढाल्ने खेलमा कंग्रेस लाग्नु पर्दैन, माओवादी नेतृत्वको सरकार आफ्नै कारणले ढल्ने ठोकुवा समेत गर्नुभयो। उहाँले सहकार्य गरेकै दलको कारण माओवादी नेतृत्वको वर्तमान सरकार ढल्छ कसैले ढाल्नु पर्दैन भन्नुभयो ।

अन्य दलहरुले कंाग्रेस नेतृत्वको सरकार गठन गर्ने प्रस्ताब राखेकेा भन्ने बिषयमा भने सभापति कोईरालाले यसबारेमा अहिले केही नबताउने जनाउनुभयो ।

चुनाबी शिलशीलाका मतदान गर्न विहिवार विहान गृहनगर  बिराटगनर आउनुभएका सभापति कोईराला अपरान्ह काठमाण्डौ र्फकनुभएको छ ।

 

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 895
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Monday, 13 April 2009 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement