NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
शान्ती प्रकृया बिथोल्न खोजीदैछ PDF Print E-mail
User Rating: / 0
PoorBest 
Tuesday, 30 November 1999 Written by शिशिर दाहाल

बर्तमान सरकार ढाल्छु भन्नेहरुले यो सरकार ढाले एक मिनेट पनि सत्ता संचालन गर्न नसक्ने चेतावनी समेत उहाँले दिनुभयो। जनताको काम गर्ने माओवादीको सरकार ढाल्न खोज्नेहरु आफै सरकारवाट वाहिरीने दावी गर्दै यो सरकारलाई ढालेर देखाउन समेत चेतावनी दिनुभयो।

 


शान्ती प्रकृया बिथोल्न खोजीदैछ

विराटनगर २५ चैत

एकीकृत नेकपा माओबादीका सचिवालय सदस्य लीलामणी पोख्रेलले दलहरुमा राजतन्त्रको धङधङी अझै गइनसकेको बताउनु भएको छ।  मंगलवार विराटनगरमा चुनावी तथा मजदुरहरुको संयुक्त सभालाइ सम्बोधन गर्दै नेता पोख्रेलले एकीकृत माओबादी बाहेक कुनै पनि दलहरुले पुरानो सोच भन्दा माथी उठेर नयाँ संविधानको मस्यौदा प्रस्तुत गर्न नसकेको बताउनु भयो। उहाँले दरबारमा दाम चढाउने एमाले र संबैधानिक राजतन्त्र भन्दा एक इञ्च पनि तल र्झन नमानेका पार्टीले अहीले विभिन्न तानावाना बुनेर शान्ति प्रक्रियालाइ विथोल्न खोजेको आरोप लगाउनु भयो।

बर्तमान सरकार ढाल्छु भन्नेहरुले यो सरकार ढाले एक मिनेट पनि सत्ता संचालन गर्न नसक्ने चेतावनी समेत उहाँले दिनुभयो। जनताको काम गर्ने माओवादीको सरकार ढाल्न खोज्नेहरु आफै सरकारवाट वाहिरीने दावी गर्दै यो सरकारलाई ढालेर देखाउन समेत चेतावनी दिनुभयो।

कार्यक्रममा माओबादी निकट अखिल नेपाल ट्रेड यूनियन महासंघका अध्यक्ष शालीकराम जमरकट्टेलले एमाले र कांग्रेसले नचाँहीदो वखेडा झीकेर विवाद उत्पन्न गरिरहेको बताउनु भयो। उहाले बखेडा भिकेर मुलुकको शान्ति सुरक्षा विगार्न खोजे विगतमा राजसंस्था विरुद्ध उठेका हतियार दलहरु विरुद्ध पनि तर्सिन सक्ने चेतावनी दिनु भयो।

कार्यक्रममा एकीकृत माओवादीका तर्फाट मोरङको क्षेत्र नम्बर पाँचका उम्मेदवार शिवकुमार मण्डल र क्षेत्र नम्बर सातका उम्मेदवार विजय थारुले पनि बोल्नु भएको थियो।

 

 

Newer...
&lt&lt Previous          
Hits: 839
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Thursday, 09 April 2009 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement