|
ख्रीष्ट अनुयायी जुनै देश, समय र परिस्थितिमा बाँचेको भए पनि ऊ वर्तमानको घडी र चाँडै भविष्यमा आउने प्रभुको दिनको बीच भागमा बाँचेको हुन्छ। उसले केही गर्छ, गर्नुपर्छ अनि दिन आएपछि चुपचाप मर्नुपर्छ। पृथ्वीमा उसको गतिविधिको लेखाजोखा स्वर्गमा भएको जीवनको पुस्तकमा राखिएको हुन्छ।
प्रभु येशू ख्रीष्टले भन्नुभएको थियो
होशियार रहो जागा बस र प्रार्थना गर। किनकि त्यो बेला कहिले आउने हो तिमीहरू जान्दैनौ (मर्कूस १३:३३। यो "त्यो बेला"लाई प्रेरित पौलसले यसरी भनेका छन्, मेरो निम्ति धार्मिकताको मुकुट राखिएको छ, जो धार्मिकताका न्यायाधीश प्रभुले त्यस दिन मलाई दिनु हुनेछ, (२ तिमोथियस ४:८)। प्रभुले फेरि पनि त्यो बेलालाई अर्को स्थानमा यसरी भन्नुभएको छ, त्यस दिन (मलाई अस्वीकार गर्ने) त्यस शहरको भन्दा अग्नी वर्षको दण्ड पाएका पुरानो सहर) सदोमको हालत सहनीय हुनेछ, (लूका १०:१२)
ख्रीष्ट अनुयायी जुनै देश, समय र परिस्थितिमा बाँचेको भए पनि ऊ वर्तमानको घडी र चाँडै भविष्यमा आउने प्रभुको दिनको बीच भागमा बाँचेको हुन्छ। उसले केही गर्छ, गर्नुपर्छ अनि दिन आएपछि चुपचाप मर्नुपर्छ। पृथ्वीमा उसको गतिविधिको लेखाजोखा स्वर्गमा भएको जीवनको पुस्तकमा राखिएको हुन्छ।
येशू यस संसारमा एउटा मिशन लिएर आउनुभयो। उहाँले सुरु गर्नुभएको अभियान, आन्दोलन र आह्वान उहाँले भन्नुभएअनुसार र चाहनु भएजस्तै सारा संसारमा फैलिएर गएको छ। प्रत्येक जाति र देशका चेला, कार्यकर्ता र नेतृत्वको भरमा येशूको सन्देश प्रचार गर्ने र पालन गर्ने काम तीब्र बन्दै गएको छ। नेपालमा ३०० वर्षअघि नै यो सन्देश आएको थियो तर पृथ्वी नारायण शाहको काठमाडौ भ्याली विजयको लगत्तै तात्कालीन ख्रीष्ट अनुयायीहरूले र उनीहरूका अगुवाले शाही हुकूमअनुसार देश छाड्नु पर्यो। तर सन १९५०÷५१को आन्दोलन पश्चात देश खुलियो र ख्रीष्ट सन्देशले पुनः नेपालमा प्रवेश पायो। राजनीति १९५४मा पनि थियो नेपालमा जब चर्चको क्रियाकलाप भरखर सुरु भएको थियो। राजा महेन्द्रको सत्ता कब्जाको दशकमा, पञ्चायती कालरात्रीभरि पनि पञ्चायत इतरका युवा र बूढाहरूमाझ एक प्रकारको राजनीति थियो। लुकिछिपी, भागीभागी गर्ने राजनीति। त्यहाँ एकदलवादी, त्रासदीपूर्ण कहालीलाग्दो राजतन्त्र हावी थियो। सबै दलहरू गैर कानुनी, अराष्ट्रवादी अनि विखण्डनवादी भनिन्थे।
त्यस्तो विषम स्थितिभित्र पनि कम्युनिस्ट र काँग्रेसहरूले आफ्नो सभा, पर्चा र आस्थालाई जन समक्ष पुर्याभउने भारी प्रयत्नत गरिनै रहे। पत्रिकाहरू हेर्नमा थोत्रा थिए, पढनमा राजनीतिक भिटामिन र हर्लिक्स खुवाउने खालका थिए। अनेक यातना भोगेर, देश बाहिर अनि देशभित्र बसेर प्रतिकूलतामा आजको भन्दा आदर्श राजनीति गरेर महान क्रान्तिकारी युवा र बूढाहरूले राजा, राजावादी र एकतन्त्रवादीहरूको नराम्रो खलल पुर्याशइ नै रहे। भारतमा गएर पनि अधिवेशनहरू चलाए, स्वदेशभित्रका कुनाकाप्चामा पनि गोप्य मिटिंग चलाइरहे। अनुकूल वातावरणले नै साथ दिनु पर्दैन। सिद्धान्त हो अकाट्य सत्य र प्ररेक तत्व। ज्यानको बाजी लाएर पनि दुश्मनको सामना गर्ने हिम्मत त्यसले दिन्छ। सन १९७९मा राजा वीरेन्द्रले लाचार अवस्थामा पुगेर जनमत संग्रह गराउनु पर्यो्। दलहरूले ठूलो सक्रियतामा पञ्चायती नागको शिर कुच्याउने कोसिस गरे। तर राजावादी दलले ठूलै धन दौलत, रूखवृक्षको समेत सौदावाजी गरेर झिनु मतले पञ्चायतको एक दलीय शासनलाई बचाइ छाडे। तर त्यो त पञ्चायत हार्ट एटेकमा बिग्रेको भाल्ब फेरेको जस्तो मात्र थियो। त्यही समयदेखि हामीले पञ्चायतको अवशानको दिन गन्न सुरु गरेका थियौं। नेबिसंघ, अखिलहरूले मण्डले प्रवृतिको राज्य आतंकसँग भिडिने नवीन उर्जा प्राप्त गरे अनि पञ्चायतलाई घाटमा पुर्याबइछाडने ताजा कसम खाए। राजनीति कहिले मरेन। राजनीतिक शिक्षा र सिद्धान्तको दियोलाई राजाको हु“कार र हूरीबाट बचाउन र छेक्न मानिसहरूले जीवन, काम, दाम, परिवार सब उर्त्र्सग गरे।
दलहरू गैर कानुनी रूपमा नै आफूलाई जीवित सक्रिय अनि स्वस्थ राख्नेह काममा लागेर आफ्नो भविष्यलाई पर्खन लागे। महेन्द्र राजाले १७ सालमा हडपेको राज्य जनताका छोराहरूले तीस वर्षो तपस्या र साधना पछि ४६ सालमा प्राप्त गरे। गरिटोपले।
शक्ति, सत्ता र सम्पत्तिको अनुभव नगरेका जनताका छोराहरूले राजाको टीका थाप्नु नै त्यस बेला आफ्नो राजनीतिक यात्राको शिखर उपलब्धि ठाने। प्रधानमन्त्री पाउनु र खानुको होडबाजीमा घिनलाग्दो स्वार्थमा डुबेर मन्त्री, प्रधानमन्त्रीहरूले आफ्नो जीवनभरको संर्थि छिटा लगाए। त्यस्तो बेइमानी गर्नु थियो भने आफ्नो जीवनलाई संघर्षमाथि त्यतिका वर्षभूमिगत त्याग र बलिदानमा किन अर्पेको होला (लोग्नेमान्छे सांसदले सुत्केरीको एलाउन्स थापेर सबै पुरानो आदर्श इतिहासलाई टुकुचामा बगाइदिएको कुरो पुरानो होइन। संसदभित्रको भोटिङ्गलाई बिगार्न एक एक करोड थापेर बैंककको होटलमा पुग्ने सांसदहरूले किन प्रहरीको डण्डा खाएर जीवन गुजारेको (मान्छेको आत्मा शुद्ध छैन भने अघि न पछि त्यो कुरो प्रकट हुन्छ। पैसाको मोहले यो देश बरबाद भएको छ। क्रिस्चियनहरूले जनताको सेवा सामाजिक तहमा गरे पनि राजनीतिक तहमा गरे पनि यो विषयमाथि पहिले चर्चको अघि आफ्नो आचारण शुद्ध राख्नेन प्रतिज्ञा गर्नु राम्रो हुन्छ।
राजासँग मिलेर पनि त सम्पत्ति पाउन सकिन्थ्यो। दिन्छु भनेकै थियो। पैसाको मुखै नदेखेका रहेछन् हाम्रा नेताहरूले। उनीहरू हुलास र गोल्छाहरूका परम मित्र बनिहाले रातोरात। तर मैले भन्न खोजेको कुरो त्यही हो ९०को दशकमा पनि राजनीति थियो, राजनीति गर्नेहरूले गरे। चोखो पनि गरे, विटुलो पनि गरे। देशको नदी अविराम गतिले बगिरह्यो। जनमत संग्रहमा जसोतसो फेरिएको मुटुको भाल्भ फतक्क भएर, थोत्रिएर र्झछ होला भनेको त त्यसले त झन गति र तीब्रता प्राप्त गर्यो।
जो आए पनि जे भए पनि नेपाल दरवारको शक्ति त मौसूफ सरकार भन्दै कर जोडी मयलपोश लाएर सधैं झुक्ने मन्त्री, अत्र्चलाधीश, न्यायधीश र रापसहरूसँग रहेनछ भन्ने कुरो पत्तो लाग्यो। १७ सालदेखि ४६ सम्म देशलाई रैती बनाएर सबलाई उठबस गराउने राजा र राजपरिवारको शक्तिको स्रोत त अर्कै रहेछ। शाही सेना।
उसलाई मुकबिला गर्ने को (बरु मुकाबिलाहरू नगरौं जेजे पाउछौं खाऔं। भाषण गरौं, आसन पक्रौं अनि राष्ट्रप्रमुख श्री ५सँग सहकार्य गरौं भन्ने मानसिकतामा पार्टीले आफ्नो विवेक धरौटी राखे। सफा नेताहरू देखिए गणेशमान र मनमोहनहरू। अरू पनि थिए होलान् अहिले नाम त्यति सम्झना भइरहेको छैन। शाही सेना र राजासँग लडेर अनि उनीहरूको सबै शक्तिलाई ध्वस्त गरी खरानीमा पुर्याएपछि मात्र जनताले तातो भात खान पाउनेछ अनि न्यानो झुप्रोमा सुत्न पाउने छ भनी माओवादी जनसेना चिसो भात खाएर स्याउलाको ओछ्यान लाउन तयार बन्यो।
यसैले त सन १९९६ वि सम्बत २०५२ एउटा अमर समयको निर्णायक विन्दु बनेर नेपालको आधुनिक इतिहासमा अंकित बनेको छ। अब आर्टिफिशियल भाल्भ र मुटु दुवैलाई निमिटयान्न पारी देशलाई नयाँ काँचुली फेरिदिने कसम खाए यही देशको गाउँघरमा जन्मेका छोरा र छोरीहरूले। मर्न तयार भए र मार्न तयार भए। त्यस्तो राजनीति पनि भयो नेपालमा।
नेपाल सेना भनी नाम फेरिएको पूर्व शाही सेनाले आफूले पिएको दशकौंको रक्सीको धंगधंगीमा धताएर आजभोलि पनि केके बोलिरहेको छ। त्यसको उचित उत्तर दिएर देशलाई पक्का बाटोमा लगेर तातो भात र न्यानो खाटको बन्दोबस्त गर्ने योजना कसको थियो, कसको छ र हुनेछ त्यो मैले भन्नु पर्दैन। र्सवदलीय सहमतिको आधारमा तेस्रो जन आन्दोलनको विकल्पतिर देश र जनता लाग्नु नपरोस् भन्ने नै हामी सबैको चाहना छ। तर सामन्ती अवशेष र सामन्ती विचारधाराहरू को नाम वा निसाना कतै छ भने त्यसलाई पहिचान गरी मेट्नु पर्छ यदि आजको पु“जीवादी बजारतन्त्रको युगमा त्यस्तो निर्णायक कदम सम्भव छ भने।
सपना देख्नेय र जन युद्ध चलाएर असंख्य जिल्लाहरूलाई आफ्नो कब्जामा पुर्याखएर जन सरकारै गठन गरी शाही सेना र सशस्त्र फौजलाई त्रास र आतंकको अवस्थामा पुर्या उन सक्ने जनताका नेपाली छोराहरू र नेपाली छोरीहरूमा ताकत रहेछ। सेनासँगको मीतेरी साइनो नै राजा र राणावादमा हुर्केको सेनाहरूको काल बन्यो।
राजनीति र त्यसको रंग विरंगी रूप र अभ्यासले नै देश आज जहाँ छ त्यहाँ पुग्यो। यथास्थितिवादमा देशलाई अल्झाइराख्नेरहरूमाथि बुलडोजर नचलाएको भए र भाषणवाजी र तर्कबाजीमै जिन्दगी गुजारेको भए आज विष्णुअवतारी राजाहरूको खुट्टा धोएको पानी खाएर जदौ गर्दै हामी बाँच्ने थियौं। उसको निधन हुनुबित्तिकै काट्टो खाएको असभ्य दृश्य टिभिमा टुलुटुलु हेर्दै हाम्रो जीवन बित्ने थियो।
कम्पायमान ढुङ्गो र मुडोमाथि अस्थिर पाइला टेकेर जँघार तर्ने कोसिसमा लडदै र पडदै जीवन गुजार्नेहरूलाई खोलाको चटानमाथि बुर्कुसी मारेर छलाङ हान्दै आफ्नो हक र अधिकारको किनारमा पुगी त्यसलाई आफ्नो बनाउने विद्या नेपाली सपुतहरूले नेपाली जनतालाई सिकाएको धेरै भएको छैन।
सोच र दृष्टिकोणलाई फरक मोडेलमा रूपान्तरण गर्नेहरूले देशको रूपान्तर गर्न सक्नेछन् चाहे त्यो जुनसुकै पार्टीको मान्छे होस्। ढुङ्गे युगको लेउ चाटेर बस्नेहरूले कुनै प्रगति र परिवर्तन माग्दैनन्। पुरातनवादीहरूको संगतबाट हामीले आफूलाई जोगाउनुपर्छ। राजाको हातको टीका निधारमा दलेर आफ्नो पुर्पुरो मजबुत ठान्ने हरेक पार्टी नेताले धर्म निरपेक्ष नेपालको शुद्ध नदीमा आफ्नो आफ्नो निधारलाई जनताको सामु पखाल्नुपर्छ र भन्नुपर्छ थुक्क मेरो बुद्धि, धिक्कार मेरो नेतृत्वको उचाइ।
यी सबै कसरतहरूमा, यी सबै युगान्तकारी अभ्यासहरूमा र चरणबद्ध नेपालको राजनीतिक विकासक्रममा ख्रीष्ट अनुयायीहरूको राजनीतिक विचार के थियो ( राजनीतिक घोषणा के थियो ( क्रिस्चियनहरूको पोलिटिकल एजेन्डा के थियो ( भनेर सोध्नु मेरो मुर्खता हुन्छ। यो देशमा हिन्दूहरूको एउटा एजेन्डा थियो राजालाई सम्राट घोषणा गरेर नेपाललाई विश्वको एक मात्र हिन्दू राज्य बनाउने। मुस्लिमको एजेन्डा थिएन अनि बुद्धिस्टको पनि एजेन्डा थिएन। उनीहरू विद्यमान, भूमिगत पार्टीका सहयोगीका रूपमा आफूलाई परिचालन गरिरहेका थिए। नेपाललाई हिन्दू राज्य बनाउनु र राजालाई हिन्दू सम्राट ठहराउनु जनजाति, उच्च पहाडवासी, धार्मिक समूह, गैर हिन्दू अनि नास्तिकहरूमाथि जब्बरजस्ती लादिएको एजेन्डा थियो र लाजलाग्दो मपाइँपन थियो।
आजको सभ्य र आधुनिक युगमा त्यस किसिमको एकल, एकतान्त्रिक, बाइसे चौबिसे युगको अवधारणालाई निरन्तर गराउने हाम्रा पुराना नेताहरूको बुद्धिमाथि दक्षिण एशियाका प्रगतिशील राष्ट्रहरू मनमनै हाँसे। कम्प्यूटर र विश्व व्यापारको युगमा नेपाल के भाको भनी सबले सोचे। राजाको हिन्दू सम्राट बन्ने धोको, उनको सिहांसन र इतिहास सबै एकै दिनमा शेष भयो। जनता अब शक्ति र अधिकारको केन्द्र बन्यो।
यसकारण मेरो प्रश्न मलाई नै र तपाईलाई, राजनीति कसले गर्छ? नेपालीले? कि समुदायले? मान्छे पार्टीले नाम, पार्टीले सिद्धान्तबाट चिनिन्छ कि धर्मको नामबाट? माओत्सेतुंग, लेनिन र मार्क्सका अनुयायीहरू छन्? त्यहाँ इश्वरको स्थान र चर्चा छैन। माओ, मार्क्सहरू मरिसके। उनीहरूको सिद्धान्तमात्र जीवित छ। काँग्रेसीहरू जुनै धर्मका पनि हुनसक्छन्। त्यहाँभित्र राजनीति गर्नेलाई धर्मको नाउँबाट हैन राजनीतिक दक्षताको आधारमा चिनिन्छ र चिनाइन्छ। उनीहरू आस्तिकहरू पनि हुनसक्छन तर उनीहरूको एजेन्डामार् इश्वर छैन। ख्रीष्ट समुदायले पोलिटिक्समा भाग लिने हो भने क्राइस्ट उनीहरूसँग नै जानुपर्छ किनभने येशू ख्रीष्टलाई मान्नेहरूको मान्यता हो आज अहिले येशू ख्रीष्ट जीवित छन् र बाइबलबाट बोल्छन्।
यसकारण प्रश्नहरूको हूलमा यो एउटा प्रश्न राख्न चाहन्छु, येशूको म्यान्डेट उहाँका अनुयायीहरूलाई छ कि छैन राजनीतिमा भाग लिने? यो देशमा राजनीतिको इतिहासै नबोकेको समूहले यो घडीमा देशको राजनीतिमा भाग लिन पाउनु वा चासो देखाउनु खुशीकै कुरो हो तर एउटा विराट चुनौतीको पनि कुरो हो। किनभने राजनीति र राजनीतिक अवधारणाहरूले अर्कै हिमाल, अर्कै शिखर ताक्न थालेका छन्। ती मध्ये हुन् संघीय संरचनाको धारणा र प्रतिबद्धता। सबले कुल्चेको, आँखाले नदेखेको, मनले नटेरेको, मधेसी, दलित, महिला र जनजातिलाई आजभोलि सबैले देख्न थालेका छन्। पहिले मान्छे नै नठानिएका बञ्चित वर्ग र समूहहरूले अचानक प्राप्त गरेको अधिकार र हकलाई बढतै उत्साहको साथमा प्रयोग गर्नुको श्रेय पुरानो सामन्ती, एकतन्त्र अधिनायकवादलाई जानेछ। तीसौं वर्षजेलमा राखिएको र जाँतोमा पिँधिएको व्यक्तिले सडक के हो, संसार के हो र अधिकार र सदन के हो भनी थाहा पाउनु समय लाग्छ। अब पुराना सामन्ती, रुढीवादी र कट्टरवादीहरूले होसियारीपूर्वक ओझेलमा पसेर पश्चातापको आँसु बहाएर मृत्युको दिन पर्खिनु असल हुन्छ। किनभने देश र जनताको भाग्य र भविष्यलाई र्सवनाश गर्ने कसम खाएको वर्गले अझ पनि चलखेल गर्ने स्थान खोज्छ भने उसले समुल विनाशको आत्महत्याकारी बाटो रोज्दैछ।
अबको राजनीतिमा भूमिका खोज्ने प्रत्येक व्यक्तिले यो जान्नु आवश्यक छ कि ८ वर्षर १० वर्षअघिको राजनीति भन्दा आजको राजनीति ठूलो परिवर्तन आएको छ। त्यो कठिन छ र भोलि अझ कठिन हुनेछ। यसको एउटा कारण जात र वर्गप्रथा हट्यो। जात, वर्ग, जाति र इत्यादि हिन्दूवादी संस्कारले कोही पीडित हुन्छ भने उसलाई राजनीति गर्नु असम्भव हुनेछ। सक्रियताको साथमा युगौं काम गरिरहेका पुराना राजनीतिक कर्मीहरूले दिन रात नौलो पाठ्य पुस्तक पढ्नु र घोक्नु पर्दैछ। समानुपातिक भन्ने शब्द नै नभएको देश कस्तो थियो होला। ठूला जातमात्र मान्छे हुन् भन्ने मानसिकताभित्र समानुपातिक भन्ने शब्द एउटा शत्रु शब्द हो। यसैले अबको राजनीति भनेको लक्ष्य राखेर दक्षहरूले गर्ने हो। शास्त्रले खानु भनेको छ भन्ने भक्षकहरूले चलाउने राज्य होइन। सबको शास्त्रलाई समानरूपमा सम्मान भएको बेलामा बाइबल नयाँ करार अब देशले पढ्ने छ। त्यहाँ त सबै कुरो समानुपातिकै समानुपातिक रहेछ भनी दङ्ग पर्नेछन। त्यही कुरा देशले चालपाऊलान् भनी हिन्दू गृह मन्त्री, हिन्दू राजा, हिन्दू राष्ट्रपञ्चायतले बाइबल नपढ्नू, धर्म परिवर्तन नगर्नू भनेको। तर अब त पाठकहरूले पढ्नेछन्, रेडियो श्रोताहरूले सुन्ने छन् अनि हेर्नेछन् टिभिका दर्शकहरूले कि समानुपातिक शब्द त नयाँ करारमा जन्मेको शब्द पो रहेछ, २००० वर्षघि।
येशूले भन्नुभएको थियो, पश्चाताप गर किनभने र्स्वर्गको राज्य नजिक आएको छ। येशूले भन्नुभएको थियो, मेरो राज्य यस संसारको राज्य होइन। येशूले उजाड स्थानमा भएको परीक्षामा शैतानको हातबाट प्राप्त हुन लागेको संसारको सम्पूर्ण शक्ति र अधिकारलाई इन्कार गर्नुभो। राजा बनाउने जनताको इच्छालाई उहाँले अस्वीकार गर्नुभो।
येशूले चेला बनाऊ भनेर चेलाहरूलाई संसारभरि पठाउनुभो अनि राज्य परिवर्तन अथवा राज्य निर्माण भन्दा पनि जीवन परिवर्तन र जीवन निर्माणमा बढी जोड दिनुभो। एक आपसमा प्रेममा बाँचेको दृश्यलाई 'मेरा चेला' भनी चिनाउने दृश्य र प्रमाण हो भन्नुभयो। तर्रर् इर्साई डिनोमिनेशनहरूभित्र ख्रीष्टकै नाम लिएर ख्रीष्टकै अनुयायीले पोलिटक्समा भाग लिने विषयमा एक मत छैन। पोलिटिक्समा शून्य सहभागितादेखि लिएर बढदो (प्रगतिशील) सहभागिताबाट देश र राष्ट्रहरूमा परमेश्वरको राज्यको स्थापना नै गरिदिने भन्नेसम्मको दुइ चरम मान्यता र त्यस बीचका अनेक साना मान्यताभित्रर् इर्साई सम्प्रदायहरू सधैँ उकुसमुकुस भएका छन्। तर यो, व्यक्ति, व्यक्तिमा निर्भर हुने कुरो हो। चर्च वा ख्रीष्टवादी संघठनको निर्णयबाट केही पनि हुनकोलागि बाइबलीय आधार बलियो गरी प्रस्तुत हुनपर्छ।
गमलिएल भन्ने यहुदी पण्डितले ख्रीष्ट चेला र प्रथम गुरुहरूको अभियानलाई मान्छेको अभियान हुनसक्छ भनी व्याख्या गरे। मान्छेले थालेको राजनीतिक क्रान्तिहरू अन्त्यमा सेलाएरै गएको एक दुइ उदाहरण पनि उनले दिए। तर उनी कट्टर्रर् इश्वरवादी थिए अनि उनले भनेका थिए, यी येशूका (अल्प शिक्षित) मान्छेहरूले परमेश्वरकै आज्ञामा काम गरिरहेका रहेछन् भने उनीहरूलाई कसैले मेटाउन र हटाउन सक्ने छैनन्। गमलिएलले दश पन्ध्र जना मानिसहरूलाई इंगित गरेर भनेका कुरालाई आज आएर इतिहासले साबित गरिदिएको छ किर् इर्साईहरू बाँचेका छन्, संसारभरि फैलिएका छन् र उनीहरू फैलिने क्रम रोकिएको छैन। अप्रिmकी मुलुकहरू, दक्षिण अमेरिकी देशहरू, एशियाको चीन, भियतनाम, भारत नेपालमा प्रखर रूपमा मानिसहरू ख्रीष्ट पछ्याउ“दै छन्। सिंगापुर र दक्षिण कोरियाहरूको कुरै नगरौं।
नेपाली कामदारहरू देश देशमा ख्रीष्टमा विश्वास गर्दै, धन कमाउँदै नेपाल आवजाव गर्दैछन्।। अब कतार अनि यूएइमा मात्र ख्रीष्ट विश्वासीहरूको चर्च सदस्य संख्या सयमा होइन हजारमा जोड्नु पर्दैछ। मेलिसिया, बहराइनको त्यस्तै नै छ हिजोआजको तथ्याङ्क। डलर खाएर येशू पछ्याउने दोष अब विदेशका लाखौ ख्रीष्ट अनुयायीहरूलाई कसरी लाउने भनी रिमिटेन्सवादी देशका ख्रीष्ट विरोधी तप्काले कपाल कन्याउदैछन्।
यसरी विगत २००० वर्षम्म बढ्दै गएका देशदेशका चर्च अनि संघ, संघठनहरूमा ख्रीष्ट विश्वासीहरूले राजनीतिमा सक्रिय सहभागिता राखेको इतिहास छैन। बेला बखतको हस्तक्षेप बाहेक चर्चले विश्व इतिहासमा आफ्नो प्रतिष्ठा राजनीतिक क्रियाकलापबाट कायम गरेका थिएनन्। हजार वर्षम्म चर्चको टाउको टेकेर अथवा चर्चलाई टाउकोमा टेकाएर राजा र पोपहरूले एकपल्ट निक्कै पोलिटिक्स खेले योरोपमा। यो कुरा अफाप सिद्ध भएकोले अन्त्यमा आएर उनीहरूले राज्य र चर्च पृथक संस्थानहरू हुन् भन्ने नीति अवलम्बन गरे। अर्थात् अमेरिकामा होस्, फिलिपिन्समा अथवा बढी क्रिस्चियन भएका राज्य सिंगापुर र दक्षिण कोरियामा होस् राजनीतिमा भाग लिने व्यक्तिले एक दक्ष, समर्पित सेवकको रूपमा पार्टीको हैसियतबाट राजनीति गर्न सक्नेछन् तर चर्चको एजेन्डा लिएर, चर्चको हित भनेर छातीमाथि क्रस झुण्डाएर कोही पनि राजनीतिमा आएका छैनन्। त्यसो गर्नु बित्तिकै अरू जनता, अरू धर्मावलम्बीहरूलाई चोट लाग्नसक्छ। यसैकारणले होला सिंगापुर, द.कोरियामा क्रिस्चियन व्यक्तिहरू, चर्चका एल्डरहरू समेत सरकार प्रमुख, राष्ट्र प्रमुख बनिसक्दा पनि विश्वका अरू देश र जनतालाई कि त त्यो कुरोको ज्ञान हुँदैन वा त्यो कुरोले अहम स्थान नै राख्दैन।
मैले यहाँहरू समक्ष पेश गर्नुपर्ने तर्क नै आजको मूल मुद्दासँग बाझिन्छ कि भनी डर लागेको छ। धेरै बुद्धिष्टहरू नेपाली राजनीतिमा होमिएका छन् र धेरै हिन्दूहरू, साथै नास्तिक अथवा साइबाबा भक्तहरू पनि नेपाली पोलिटिक्समा छन्। भारतको भट्टलाई ढोग्ने र ठोक्ने दुवै थरीका मानिसहरू राजनीतिमा भाग लिइरहेका छन। तर हाम्रा नेताहरूले कुन तस्वीरलाई ढोग्दैछन्, कस्तो माला जप्दैछन् र कुन धारामा नुहाउँदैछन् त्यो उनीहरूको व्यक्तिगत मामिला बनेको छ र धर्म निरपेक्ष राष्ट्रको निम्ति भगवान र भक्तको व्यक्तिगत मामिलाहरू चासोको विषय हुनसक्दैन पनि। जनताको निम्ति के गर्दैछ र के गरेको छैन, जनताले हेर्ने त्यति मात्र हो। क्रिस्चियनहरूको भूमिका वा सहभागितामा पनि यही नै नीति लागु हुनुपर्ने हो। पोलिटिक्स प्रत्येक नागरिकको अधिकार हो भने स्वतह नेपाली क्रिस्चियन नागरिकको निम्ति पनि त्यो अधिकार सुरक्षित नै छ।
ख्रीष्टभक्त कोही चुनावमा उठ्नसक्छ तर उसले सम्पूर्ण इर्साई समुदायको प्रतिनिधित्व गर्छु भन्ने हिम्मत गरेको दिनमा त्यही समुदायभित्र त्यो व्यक्तिको थियोलोजीमाथि हामीले अध्ययन थाल्नुपर्छ अनि कुन सभा र कुन मितिमा उसलाई त्यो म्यान्डेट प्राप्त भो त्यसको छानबिन गर्नुपर्छ। न सम्पूर्ण हिन्दूहरूले एउटा व्यक्तिलाई हिन्दूको प्रतिनिधि बनाएको छ, न कुनै दिनर् इर्साईहरूले कुनै व्यक्तिलाई त्यो अधिकार दिनेछ। सबको प्रतिनिधित्व गर्ने व्यक्ति भनेको ख्रीष्टमात्र हुनुहुन्छ। क्याथोलिकहरूको लागि पोप हुन् ती व्यक्ति। तर ख्रीष्ट समुदायहरू सबै आफैआफमा स्वतन्त्र अनि पृथकपृथक धर्म सिद्धान्तलाई प्राथमिकता दिने समुदाय हुन्। कुनै एक व्यक्तिलाई, कुनै एउटा पार्टीई हामी सबैको पक्षबाट झण्डा हल्लाउने अधिकार हामी दिन सक्दैनौं।
हिन्दूहरूमा, मओवादीमा, काँग्रेस अनि एमालेमा ख्रीष्ट विश्वासीहरू छन् अनि राप्रपाआदिका सदस्य र कार्यकर्ताहरू पनि येशूको नाउँमा प्रार्थना गर्नेहरू छन्। त्यो अधिकार उनीहरूलाई आजको कानुन र संविधानले दिएको छ, हिजो बाइबलमाथिको आस्थालाई अपराध भनिएको थियो। नेपालको सीमानामा बाइबल खोस्ने असभ्य काम भएको थियो। हिजोसम्मको अति पुरानो र निम्नस्तरको मानसिकतामा बाँचेको तर मर्दै पनि गरेको पञ्चायती व्यवस्थाले धेरर्ैर् इर्साईहरूलाई पिटे मारे अनि जेलनेल गरेका थिए। तर अझ बढी नेबिसंघ र अखिलहरूले दुःख भोग्नु पर्यो्। हिजोका राजावादीहरूलाई आज कतिको लाज लाग्दै होला। पञ्चायत पछारियो। राजा लघारियो। देश धर्म निरपेक्ष बनेर सबैलाई बराबर गरियो। अर्थात् हिजो र आजमा धेरै ठूलो अन्तर आइसकेको छ। पार्टीचल्ने र चर्च खोल्ने अनि मन्दिर, मस्जिद र गुम्बा जाने र परिचालन गर्ने अधिकार सम्बन्धित सबैलाई मिलेको छ।
एउटा ख्रीष्टवादी व्यक्तिले कुनै पनि मानिसलाई धर्म, जात, लिंग र भुगोलको आधारमा आफूभन्दा फरक नदेख्ने आँखा पाएका छन्। आफ्नो देशवासीलाई होस् वा परदेशीलाई उनीहरूले माया गर्नुपर्छ र बराबर ठान्नुपर्छ भनी बाइबलले आदेश गरेको हुनाले एक ख्रीष्ट अनुयायी कुनै पनि पदमा हुनुमा केही न केही तात्विक भिन्नता हुनेछ। किनभने यो धर्म साँचो अर्थमा लोकतान्त्रिक हुनसक्छ किनभने सबै उसको लागि बराबर छ। एक हिन्दूले आफ्नै धर्मको सिद्धान्तलाई तोडेर मात्र लोकतान्त्रिक विचारधारा अप्नाउनुसक्छ। क्रिस्चियनले सबैको पानी खानुसक्छ र खाएन वा खुवाएन भने उसलाई क्रिस्चियन भनिँदैन।
यसकारण हामीलाई धेरै ठूलो सकस र अन्योल छ। देशले जे खोजिरहेको छ, देश र पार्टी नेताहरूले जनतालाई जे गर्नू र जस्तो बन्नू भन्दैछन् त्यो हाम्रो लागि नौलो कुरो होइन। त्यो त हामीले पचास, साठी वर्षेखि भन्दैछौं र पालन गर्दैर्छौं। किनभने नेपालमा चर्चको इतिहास त्यति नै लामो छ। मेरो बिचारमा सबैलाई ख्रीष्टको विश्वास र मतमा ल्याउने हाम्रो पहिलो कर्तव्य हो। ख्रीष्ट अनुयायीहरूको संख्या बढेर गएको खण्डमा हामीले मतदान र अवधारणा संम्पे्रशनको क्षेत्रमा हस्तक्षेप गरेर देशको मानिसिकतालाई नै एक दिन डोर्या उन सक्ने थियौं। राजनीतिमा अप्रत्यक्ष तर प्रभावकारी भाग लिने र भूमिका खेल्ने एउटा ठूलो मौका निर्वाचनको बेलामा हुन्छ। चर्चले कसरी भोटिंग गर्ने हो भनी अमेरिकी राष्ट्रपतिहरू चारचार वर्षो निर्वाचनको बेलामा निक्कै सोधखोज गर्ने गर्छन्। चर्च जानेहरूको जनसंख्या पार्टीको लागि खतरा पनि हुनसक्छ र मौका पनि हुनसक्छ। जनताको विचार, भावना र सिद्धान्तको खिलाफमा गएर जनताका लिडरहरूले क्रिस्चियन बहुल क्षेत्रमा मानमानी गर्न पाउने छैनन्। निर्वाचनको बेलामा कतिपय कारणहरूलाई स्पष्ट बुझेर अनि बुझाएर कुनै पार्टीई जोडदार मतदान गर्नु हाम्रो निम्ति राजनीतिक हस्तक्षेपको शक्तिशाली विकल्प हो। देश संघीय राज्यको रूपमा जानसक्ने हो भने वास्तवमा हामीले नेपालका कतिपय भौगोलिक क्षेत्रमा ख्रीष्ट अनुयायीहरूको भूमिका गाउँ गाउँको आधारभूत स्तरमा देख्न पाउने छौं। पञ्चायत कालमा पास्टरहरूलाई कतिपय गाउँ पञ्चायतको प्रधान बनाउने उदेकलाग्दो घटना पनि घटेको थियो। तिमीहरू भ्रष्टचार गर्दैनौ, तिमीहरू सफा छौ, भनेर गाउँवासीहरूले उनीहरूलाई जोरजुलुम गरेर पनि उठाएका थिए। त्यो इतिहास दोहेरिन्दैन भनी हामी भन्न सक्दैनौं।
ख्रीष्टलाई पछ्याउनेहरूले सामाजिक कल्याणकारी कामहरू गरेको खण्डमा अनि मिशनेरीहरूले स्थापना गरेका अस्पताल स्कुलहरूको शानदार कीर्तिमानलाई जोगाउने र बढाउने पनि हो भने समुदायको इज्जत बढेर जानेछ। इतिहासको क्रमलाई हेदा नेपालभित्र समाजसेवाको मर्या दित गतिविधिले इर्साईहरूको छबी राम्रो बनाएको छ। ४०/५० वर्षघि नर्सको (त्यस समयको घृणित पेशामा) इर्साईहरू नै अघि सरेर नव निर्मित अस्पतालहरूको सेवालाई जोगाएका थिए। कुष्ठरोगीहरूको घाउ धुने काममा उनीहरू नै अघि बढेका थिए। बिकट गाउँमा स्कुल र अस्पताल पुर्या उने गाह्रो काम ख्रीष्टप्रति समर्पित मिशनेरीहरूले गरको थिए। तर राज्यस्तरको राजनीतिमा हाम्रो इतिहास शून्य नै रह्यो।
मेरो विनम्र आग्रह, देशको भलाइको निम्ति कसैले केही गर्छुहुन्छ भने त्यसलाई बहसको विषय नबनाऔ (गर्छुभन्नेलाई गर्न दिऔं। कि त्यो व्यक्तिले सफलता हासिल गर्नेछ, कि त उसको खुट्टा तानिनेछ, कि त उसको मान मर्दन गरिनेछ कि त उसले गलेर, थाकेर, हारेर भन्नेछ यो मबाट हुँदैन, कि त उसले सिक्दै, पढ्दै, रणनीति बदलँदै आफ्नो उद्देश्य हासिल गरिछाड्ने छ। मान्छेको अन्तरात्माको प्रतिबद्धता ठूलो कुरो हो। मौका र मौसमअनुसार काम गर्नुपर्छ । पावल भन्छन्, समयको पूरा सदुपयोग गर। मण्डलेहरूको मोर्चाको बीचमा त्यसबेलाको बेहाल अवस्थामा प्रहरीहरूको आँखामा धूलो हालेर पोलिटिक्स गर्ने मित्रहरू आज गाउँ उपस्थित हुनुहुन्छ। तपाईहरूले प्रभुलाई चिन्न अघि पोलिटिक्स चिन्नु भएको हो। प्रभुमा आएर पोलिटिक्स छाड्नुभो। यसले हामीलाई के भन्दैछ? प्रभु येशू र चर्चमा अझ राम्रो सिद्धान्त पाइएको हो कि?
अब फेरि तपाईहरू कतिजना पोलिटिक्समा जाने इच्छा राख्नु हुँदैछ। यो आत्माको कुरो हो, प्रतिबद्धताको कुरा हो र राष्ट्र र जनताको माया हो र आफ्नो सीप र वरदानको पनि कुरो हो भने, कसैले तपाईलाई विचलित गर्न सक्दैन। नेपाली चर्चले होसियार गरी सोच्नुपर्ने विषय यही हो। अहिलेको मौसममा हामीभित्रको उर्जा राजनीतिक सलबलहरूमा खर्च गर्ने? कि मानिसहरूलाई येशूको सन्देश पुर्याहउने पुरानो म्यान्डेटमा अझ समर्पित बन्ने? चर्चलाई बलियो बनाउने र यसका आवश्यकताहरूलाई सम्बोधन गर्ने कि राजनीति र राजनीतिक व्यक्तिहरूको वरिपरि समय खर्च गर्ने?
यहाँ कोही पनि विशेषज्ञ छैनन्। नयाँ नेपालको एक संवेदनशील संक्रमणकालका हामी सबै विद्यार्थी र सहयात्री हौं। प्रेम र शान्ति अनि सम्झौताबाट नहुने काम केही छैन। ख्रीष्ट विश्वासीको प्रथम कर्तव्य बाइबल, नयाँ करार पढ्नु हो। त्यहाँ एउट समुदायको बारेमा हामी बारम्बार पढ्छौं। त्यो समुदायको हातमा पनि नयाँ करारका लामा छोटा किताब र पत्रहरू पाउ“छौं। उनीहरूलाई अभिप्रेरित गर्ने सामग्री र शक्तिहरूले नै हामीलाई पनि बोल्नु र डोर्याकउनुपर्छ। किनभने यो देश र जातिको बीचमा बाँचेका र बढदै गएका हामी पनि त्यस्तै समुदायका अर्को समय र पुस्ताका अर्का मानिसहरू हौं। पहिले इश्वरको राज्य खोजौं अनि यी अन्य कुराहरूमा पनि हामीले कुनै भूमिका, कुनै वरदान र कुनै अगुवाइ अवश्य पाउने छौं। Newer...
Older...
|