| सबैकी गुरुआमा |
|
|
|
| |||
|
जतिसुकै गाह्रो अवस्था भएतापनि पहिलाको समयमा परमेश्वरको सुसमाचार प्रचार रोकिएन। अहिले धेरै राम्रो काम भएको छ प्रभुको अनुग्रहमा उहाँको महिमा भएको छ। सबैकी गुरुआमा सबैले गुरुआमा भनेर चिनिने ९७ वर्ष पुगेकी प्रेमी गुरुङ, रामघाट मण्डली पोखराको संस्थापक पनि हुनुहुन्छ। उहाँसँगको भेटमा टंक सुबेदी, डा.महेन्द्र भट्टराई, सरिता थापा केही कुराकानी गर्दै र चिया पिउदै गर्दा भएका कुराहरु मेरो लागि आशिष्मय, चाखलाग्दा र परमेश्वरको सेवा गर्नको लागि थप उत्साहजन भएको मैले पाँए। कुराहुने क्रममा गुरुआमाले भन्नुहुन्छ, "सानोमा मेरो बाजे एतैको हो रे म उतै जन्मे रे मेरो बाजेको घर इलाम पशुपतिनगर थियो रे। पहिला राणाहरुको शासन हुँदा पशुपतिनगरमा बस्न पाइदैनथ्यो। म २० वर्षको उमेर हुँदा हामी त्यहाँबाट निस्केर पोखरातिर आएको हो रे। म पल्टनमै हुर्के।" डा.भट्टराईले तपाईलाई अहिले कस्तो लाग्छ भनि प्रश्न गर्दा गुरुआमा भन्नुहुन्छ, "जतिसुकै गाह्रो अवस्था भएतापनि पहिलाको समयमा परमेश्वरको सुसमाचार प्रचार रोकिएन। अहिले धेरै राम्रो काम भएको छ प्रभुको अनुग्रहमा उहाँको महिमा भएको छ। सुरुमा अस्पतालका बिरामीहरुबाट सुसमाचार भयो। हामी त्यसै सुसमाचार सुनाउन पाएका थिएनौं। हामी साइनिङ अस्पतालबाट आएको भनेपछि मात्र हाम्रो कुरा सुन्थे , हामीले सुसमाचार सुनाउथ्यौं। भूत लागेको, बोक्सी लागेको, क्यान्सर भएकोलाई भजन गाएर उनिहरुको साथी हुन्थ्यौं। घर घरमा गएर सुसमाचार सुनाउँथ्यौं। पञ्चायत भएपछि गाह्रो थियो। आइमाइ सुत्केरी भएपछि सालनाल खसाउन बञ्चरो बाँधेर बसेको अवस्था थियो। हामी साइनिङ अस्पतालबाट आएको भनेपछि सेवा गर्ने सुसमाचार सुनाउने गर्दथ्यौं। डा. भट्टराई सोध्नुहुन्छ, आइटीनको बारेमा केही सुन्नुभएको छ कि? जस्तोसुकै परिस्थिति वा अवस्था भएपनि परमेश्वरले आफ्नो महिमा उहाँको जनहरुसँग लिनुहुन्छ। उहाँको काम निरन्तर भैरहन्छ । Newer...
Older...
Set as favorite Bookmark
Email This
Trackback(0)
Comments (0)
![]() Write comment
|
|||
| < Prev | Next > |
|---|













