| बिना बिजुली, विना इन्धन पनि ढुवानी |
|
|
|
| |||
|
थोरै समयमा, बिना बिजुली, बिना इन्धन, कम श्रमिक वा मजदूरीमा काम गर्न सकिने सजिलो तरिकाद्वारा दैनिक प्रयोजनको लागि प्रयोग हुनसक्ने तरकारी, फलफूल र आवश्यक वस्तुहरु ग्राभिटी रोप-वे द्वारा सजिलैसँग ओसारपसरा गर्न सकिने ढुवानीको व्यवस्था धेरै लाभदायक देखिएको छ। बिना बिजुली, विना इन्धन पनि ढुवानी
![]() नेपालका केही स्थानहरुमा यस्ता लाभदायक प्रविधिहरु पनि छन् । उदाहरणको लागि हेर्न सकिन्छ। राजधानीसँगै जोडिएको धादिङ्ग जिल्लाको बेनिघाट-८ बिशालटारमा आइ.टी.डि.जी.नेपालले ग्राभिटी रोप-वे प्रविधि २०६१/०२/२८ मा निर्माण सम्पन्न गरिदिएको छ। नेपाल जस्तो भौगोलिक विविधताले छोएको देसमा थोरै समयमा, बिना बिजुली, बिना इन्धन, कम श्रमिक वा मजदूरीमा काम गर्न सकिने सजिलो तरिकाद्वारा दैनिक प्रयोजनको लागि प्रयोग हुनसक्ने तरकारी, फलफूल र आवश्यक वस्तुहरु ग्राभिटी रोप-वे द्वारा सजिलैसँग ओसारपसरा गर्न सकिने ढुवानीको व्यवस्था धेरै लाभदायक देखिएको छ। रोप-वे को लम्बाई १•४ कि.मि., ढुवानी क्षमता १२० के.जी., प्रत्यक्षरुपमा १७९ घरधुरी र ४९६ जनसमूह लाभान्वित भएका छन्। जनगाउँ ग्राभिटी रोप-वे उपभोक्ता समूहभाट श्रमदान, जग्गा, ढुङ्गा, काठ र माटो योगदान भएको छ।
यहाँका उपभोक्ताहरु भन्नुहुन्छ, "आदि घण्टा खुट्टाले हिंड्नुपर्ने ठाउँमा रोप-वे द्वारा २ मिनेटमै सामान ओसार्न सकिन्छ।"
Newer...
Older...
Set as favorite Bookmark
Email This
Trackback(0)
Comments (0)
![]() Write comment
|
|||
| < Prev | Next > |
|---|














