NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
बिना बिजुली, विना इन्धन पनि ढुवानी PDF Print E-mail
User Rating: / 1
PoorBest 
Friday, 31 October 2008 Written by Sarju Rijal

थोरै समयमा, बिना बिजुली, बिना इन्धन, कम श्रमिक वा मजदूरीमा काम गर्न सकिने सजिलो तरिकाद्वारा दैनिक प्रयोजनको लागि प्रयोग हुनसक्ने तरकारी, फलफूल र आवश्यक वस्तुहरु ग्राभिटी रोप-वे द्वारा सजिलैसँग ओसारपसरा गर्न सकिने ढुवानीको व्यवस्था धेरै लाभदायक देखिएको छ।


बिना बिजुली, विना इन्धन पनि ढुवानी


प्राकृतिक श्रोत भएको देसमा बिकासका कामहरु देख्दा हामीलाई आश्चार्य लाग्छ। आश्चार्य लाग्नु पनि स्वभाविकै हो किनकि अहिलेसम्म हामीले देशमा दिगो विकास गर्नुपर्छ, संरचनाको काम गर्नुपर्छ भन्ने नेताहरुको भाषणमा मात्रै सुनेकाछौ‌ । विकासको काम देख्‍नै पाएका छैनौ ।  विकास गर्नकोलागि श्रोतहरु छन् जनशक्ति पनि छ तर विकास गर्नलाई तरिका पुर्‍याउन नसक्नु, बुद्धि लगाउन नसक्नु, आर्थिक श्रोत पुर्‍याउन नसक्नु आदि बुद्धिजीवी नेताहरूको समस्या हो। हरेक विकासका काम अरु कसैले गरिदिनुपर्छ भन्ने मानसिकता बोकेर बसेकाहरुलाई विकासका संरचनालाई र प्रविधिहरूलाई तोडफोड गर्नमा भने कसैले सिकाउन पर्दैन । बिगत वर्षहरूदेखि यस्ता क्रियाकलाप देखिदै आएको त सबैलाई थाहै छ।

 

नेपालका केही स्थानहरुमा यस्ता लाभदायक प्रविधिहरु पनि छन् । उदाहरणको लागि हेर्न सकिन्छ। राजधानीसँगै जोडिएको धादिङ्ग जिल्लाको बेनिघाट-८ बिशालटारमा  आइ.टी.डि.जी.नेपालले ग्राभिटी रोप-वे प्रविधि २०६१/०२/२८ मा निर्माण सम्पन्न गरिदिएको छ। नेपाल जस्तो भौगोलिक विविधताले छोएको देसमा थोरै समयमा, बिना बिजुली, बिना इन्धन, कम श्रमिक वा मजदूरीमा काम गर्न सकिने सजिलो तरिकाद्वारा दैनिक प्रयोजनको लागि प्रयोग हुनसक्ने तरकारी, फलफूल र आवश्यक वस्तुहरु ग्राभिटी रोप-वे द्वारा सजिलैसँग ओसारपसरा गर्न सकिने ढुवानीको व्यवस्था धेरै लाभदायक देखिएको छ। रोप-वे को लम्बाई १•४ कि.मि., ढुवानी क्षमता १२० के.जी., प्रत्यक्षरुपमा १७९ घरधुरी र ४९६ जनसमूह लाभान्वित भएका छन्। जनगाउँ ग्राभिटी रोप-वे उपभोक्ता समूहभाट श्रमदान, जग्गा, ढुङ्गा, काठ र माटो योगदान भएको छ।


ग्राभिटी रोप-वे संचालन गर्ने तरिका गुरूत्वाकर्षण शक्तिको प्रयोग गरी माथिबाट गह्रौ वस्तु तल झार्ने र तलको हलुका वस्तु माथि सजिलैसँग ओसार्ने काम गर्छ।


रोप-वे निर्माणमा प्रयोग गरिका सामाग्रीहरुः
फ्लई ह्‍विलः काष्‍ठ आइरन
ब्रेकः काठको सु-ब्रेक
घिर्निः एम.एस.मेटल
तारः ट्रयाक केवलः स्टिल तार (१० मि.मि. ब्यासको स्टिल कोर)
हलिङ केवलः स्टिल तार (८ मि.मि. ब्यासको जुट कोर)
यूरोपियन क. द्वारा लागत रु. ८६३,१७५।– मा सम्पन्न।

यहाँका उपभोक्ताहरु भन्नुहुन्छ, "आदि घण्टा खुट्टाले हिंड्नुपर्ने ठाउँमा रोप-वे द्वारा २ मिनेटमै सामान ओसार्न सकिन्छ।"


नेपालका विकट ग्रामिण क्षेत्रहरुमा यस्ता प्रविधिहरु अपनाएमा देसलाई विकसित बनाउन धेरै समय कुर्नुपर्दैन।

Newer...
Older...
Trackback(0)
Comments (0)add comment

Write comment
smaller | bigger
password
 

busy
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement