NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here: Home
उपत्यका ख्रीष्‍टिय राजदूत शिविर PDF Print E-mail
User Rating: / 1
PoorBest 
Friday, 31 October 2008 Written by Sunil Giri

पवित्र आत्मामा प्रज्वलित होओ.... रोमी १२:११

विगत वर्षहरु झैं यसपटक पनि उपत्यकाका २१ वटा ए‌.जी.मण्डलीहरूका यूवाहरूको लागि ख्रीष्‍टिय राजदूत शिविर कार्तिक १२-१४ सम्म सम्पन्न भयो।


उपत्यका ख्रीष्‍टिय राजदूत शिविर
कार्तिक १२-१४ निस्सी निवास बौद्ध काठमाडौं

पवित्र आत्मामा प्रज्वलित होओ.... रोमी १२:११

विगत वर्षहरु झैं यसपटक पनि उपत्यकाका २१ वटा ए‌.जी.मण्डलीहरूका यूवाहरूको लागि ख्रीष्‍टिय राजदूत शिविर कार्तिक १२-१४ सम्म सम्पन्न भयो।


उक्त शिविरमा ७५१ जना युवा युवतीहरूको उपस्थिति रहेको थियो। राजदूत शिविरमा विभिन्न व्यवहारिक शिक्षाहरुः अनुशासन र युवा, क्षमा र युवा, सुसमाचार कसरी प्रचार गर्ने, कसरी जीवन साथी रोज्ने, संचार र युवा, लागूपदार्थ विरूद्धको जन चेतना, विवाह , यौन, व्यक्ति बाइबल अध्ययन, आत्मिक र आर्थिक व्यवस्थापन, खेलकूद सेवाकाई यी विषयमा समूहलाई १० भागमा विभाजन गराई छुट्टा छुट्टै सिकाइएको थियो। यस्तो तरिकाले यूवा यूवतीलाई निकै उत्साहित बनाएको थियो। ख्रीष्‍टिय राजदूत शिविरका प्रमुख वक्ता रेभ मिस र रेभ बालकृष्ण शर्मा हुनुहुन्थ्यो। विभिन्न विषयहरुमा सिकाउनेहरुः रेभ. सेत तामाङ, नारायण खडका, पा. नविन सुनुवार, पा.रामबहादुर पुर्कुटी, पा.नरेन्द्र सुब्बा, पा.अब्राहाम श्रेष्‍ठ, अम्वर स्कोटी, ज्योति पुर्कुटी, जोइ फ्लोसेन्स र योहावेस समूह।

विगत वर्षभन्दा यसपालीको राजदूत शिविर केही फरकरुपमा गर्ने जमर्को सफल भएको छ। प्रतिभा प्रदर्शनलाईभन्दा व्यवहारिक शिक्षालाई प्रोत्साहन दिंदै विभिन्न मण्डलीका युवा युवतीहरूले शिविरलाई उत्साहकोसाथ आत्मिकरुपमा बलियो भएको महशुस गरेका छन्। प्रत्येक दिन सिकेका आत्मिक शिक्षालाई छलफल तथा प्रार्थानाको लागि ५० वटा समूहमा विभाजन गरिएको थियो। जसले गर्दा एकअर्काप्रतिको संगति र उत्साह मिलेको थियो।

Newer...
Older...
&lt&lt Previous                    Next >>
Hits: 1512
Comments (1)add comment
other dristrict
written by Uttam b.k , November 11, 2008

bibinna jilla hruma khristiy rajdud sibir sanchalan bayo tara nepal's remot area rukum smabesh ureko bay a ramro hune thiyo




Write comment
smaller | bigger
password
 

busy
Last Updated ( Friday, 31 October 2008 )
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement