| ५ येशूको वंशावली |
|
|
|
| |||
|
धेरै मानिसले बाइबल पढ्दा, विशेष गरी मत्तीको पुस्तक पढ्दा १ अध्यायको १८ पदबाट शुरु गर्छन् तर १-१७ पढ्दैनन्। हामी पनि हेरौं न त मत्ती १: १-१७ मा के रहेछ।
अब्राहम इसहाकका पिता थिए। इसहाक याकूबका पिता थिए, याकूब यहूदाका र तिनका दाज्यू-भाइहरूका पिता, यहूदा फारेस र जाहेरका पिता थिए। तिनीहरूकी आमा तामार थिइन्। फारेस हेस्रोनका पिता, हेस्रोन आरामका पिता, आराम अम्मीनादाबका पिता, अम्मीनादाब नहशोनका पिता, नहशोन सल्मोनका पिता, सल्मोन बोअजका पिता थिए। तिनकी आमा राहाब थिइन्। बोअज ओबेदका पिता थिए। तिनकी आमा रुथ थिइन्। ओबेद यिशैका पिता, यिशै दाऊद राजाका पिता थिए। दाऊद सोलोमनका पिता थिए। तिनकी आमा ऊरियाहकी पत्नी थिइन्। सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता, आसा यहोशापातका पिता, यहोशापात यहोरामका पिता, यहोराम ऊज्जियाहका पिता, ऊज्जियाह योतामका पिता, योताम आहाजका पिता, आहाज हिजकियाहका पिता हिजकियाह मनश्शेका पिता, मनश्शे अमोनका पिता, अमोन योशियाहका पिता, योशियाह यकोनियास र तिनका भाइहरूका पिता थिए। तिनीहरू बेबिलोनमा यहूदीहरूलाई बन्दी बनाएर लगिने समयअघि जन्मेका थिए। बेबिलोनमा बन्दी बनाएर लगिएपछि यकोनियास शालतिएलका पिता थिए, शालतिएल यरुबाबेलका पिता थिए, यरुबाबेल अबिऊदका पिता, अबिऊद एल्याकीमका पिता, एल्याकीम आजोरका पिता, आजोर सादोकका पिता, सादोक आखिमका पिता थिए, आखिम एलिऊदका पिता, एलिऊद एलाजारका पिता, एलाजार मत्तानका पिता, मत्तान याकूबका पिता थिए। याकूब तिनी योसेफका पिता थिए, जसकी पत्नी मरियम थिइन्। यिनै मरियमबाट येशूको जन्म भयो, जो ख्रीष्ट कहलाइन्छन्। वास्तवमै यो खण्ड पढ्दा केहि मजा आँउदैन न केही आत्मिक लाभ नै महसुस गर्न सकिन्छ। त्यसो भए मत्तीले किन आफ्नो सुसमाचारको शुरुमै यो कुरा राख्नुभयो ? त्यसै गरी लुकाले पनी आफ्नो सुसमाचारमा यस्तै खण्ड राख्नुभयो ? आज हामी यही कुरामा ध्यान दिनेछौं । यस खण्डले येशूको पुर्खाहरुको सूची दिएको छ। येशू ख्रीष्टको वंशावली सरकारी दर्तामा थियो। मत्तीमा भएको यो वंशावली येशूका मानविय पिता योसेफको हो। वास्तवमा योसेफ येशूका बुवा हुनुहुन्न तर उहाँको अभिभावक हुनुहुन्छ। त्यसैले येशूको वंशावलीलाई यहाँ योसेफको मुनी राखिएको छ। लुकाको सुसमाचारमा पनि येशूको वंशावली छ। तर यो मत्तीको भन्दा फरक छ। किनभने यो चाँही मरियमको वंशावली हो।
यहूदी चलनमा वंशावलीको धेरै महत्व थियो। त्यसैले यसरी येशूको वंशावलीलाई पनि सुरक्षित राखिएको छ। त्यती मात्र होइन यसबाट थुप्रै आत्मिकी सत्यताहरु पनि पत्ता लगाउन म2त पुग्दछ। मत्तीमा भएको वंशावलीलाई १४/१४ जनाको तीन समूहमा विभाजीत गरीएको छ। अब्राहाम अब्राहाम देखि ख्रीष्ट सम्म आइपुग्दा लगभग २००० वर्ष बितेको थियो। त्यसरी नै दाऊद ख्रीष्ट भन्दा लगभग १००० वर्ष अगाडी थिए भने लगभग ६०० वर्ष अगाडी यहूदीहरुलाई कैदी बनाएर बेबिलोन लगीएको थियो। यसरी येशूको वंशावली हामीले बुझ्न सक्छौं। अब आत्मिकी सत्यतालाई हेर्न कोशिष गरौं। राज्यको प्रतिज्ञा सर्वप्रथम अब्राहामलाई परमेश्वरले गर्नुभएको छ।
अब्राहाम - राज्यको प्रतिज्ञा २००० वर्ष अगाडी परमेश्वरले अब्राहामलाई छानेर स्वर्गको राज्यको प्रतिज्ञा गर्नुभयो। स्वर्गको राज्यसंग सम्बन्धित दोस्रो व्यक्ति दाऊद हुन्। उनी प्रभु येशू आउनु भन्दा १००० वर्ष अगाडी पृथ्वीमा थिए। राज्यको प्रतिज्ञा दाऊदमा आम्सिक रुपमा पूरा भएको थियो। तर इतिहासमा भएको एक दुःखद घटनाले दाऊदको सिंहासन खाली हुन गयो। त्यो घटना इ.पू. ६००मा भएको थियो। विनाशको घटना दाऊदका सन्तानले गरेको खराबीको कारण उनीहरु बन्दी बनाएर बेबिलोन लगिए। यस बेलाको राज्यलाई हामीले दण्डीत राज्य eन्न सक्छौं। तर यसै समयमा परमेश्वरले यशैया अगमवक्ताद्वारा बोल्नुभयो। यी बालक ख्रीष्ट येशू हुनुहुन्थ्यो। जसले स्वर्गको राज्यलाई सिद्धतासाथ स्थापना गर्नुभयो। यस खण्डमा हामीले परमेश्वरको विश्वासयोग्यता स्पष्ट देख्न सक्छौं। परमेश्वरले सधैं आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ। अब स्वर्गको राज्य सम्बन्धी प्रतिज्ञाहरु पूरा भएका केही पदहरुलाई हेरौं। "इस्राएलका परमप्रभु, परमेश्वरको प्रशंसा होस्, किनभने उहाँ आउनुभएको छ, र आफ्ना मानिसहरूलाई उद्धार दिनुभएको छ उहाँले हाम्रा निम्ति आफना दास दाऊदको वंशमा एक शक्तिशाली मुक्तिदाता खडा गर्नुभएको छ। "भाइ हो, हाम्रा पुर्खा दाऊदको विषयमा तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु, कि उनी मरे गाडिए, अनि आजको दिनसम्म उको चिहान छँदैछ। यसकारण एक अगमवक्ता भएका हुनाले, उनले जान्दथिए कि परमेश्वरले शपथ खानुभएको थियो कि उनकै सन्तानबाट ऊनको सिंहासनमा एक जनालाई परमेश्वरले बसाल्नुहुनेछ। अघिबाटै यो देखेर उनले ख्रीष्टको पुनरुत्थानको विषयमा भने कि ऊहाँ न पातालमा छोडिनुभयो, नता उहाँको शरीर नै कुह्यो। तपाईंहरू तिनै अगमवक्ताहरूका र त्यही करारका सन्तान हुनुहुन्छ, जुन करार परमेश्वरले तपाईंहरूका पुर्खा अब्राहमसँग यसो भनेर बाँध्नुभयो, 'तिम्रा सन्तानमा पृथ्वीका सबै परिवारले आशिष् पाउनेछन्।' उहाँले तिनलाई हटाइनुभएपछि दाऊदलाई तिनीहरूका राजा हुन खडा गर्नुभयो। ऊनको विषयमा परमेश्वरले गवाही दिएर भन्नुभयो, 'मैले यिशैको छोरो दाऊदलाई मेरो हृदयअनुसारको मान्छे पाएँ, जसले मेरा सबै इच्छा पूरा गर्नेछ। "यही मानिसको भावी सन्तानबाट, उहाँको प्रतिज्ञाबमोजिम, परमेश्वरले इस्राएलको लागि एक मुक्तिदाता, येशूलाई ल्याऊनुभयो। प्रतिज्ञाहरू अब्राहम र उनको सन्तानलाई दिइएका थिए। धर्मशास्त्रले "सन्तानहरूलाई" भन्दैन, यसले त धेरै मानिसहरूको सङ्केत दिन्छ। तर धर्मशास्त्रले "तिम्रो सन्तानलाई" भन्छ, यसले एउटा मानिसको मात्र सङ्केत दिन्छ, जो ख्रीष्ट हुनुहुन्छ। "म येशूले आफ्ना दूतलाई तिमीकहाँ मण्डलीहरूका निम्ति यो गवाही दिन पठाएको छु। दाऊदका मूल र सन्तान, अनि बिहानको चहकिलो तारा म नै हुँ।" Newer...
Older...
Set as favorite Bookmark
Email This
Trackback(0)
Comments (0)
![]() Write comment
|
|||
| < Prev | Next > |
|---|













