NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
तपाईको.....म्यारिज.... ? PDF Print E-mail
User Rating: / 7
PoorBest 
Tuesday, 09 September 2008 Written by Pratibha Sarojini Manean

 गएको वर्ष बहिनीको विवाह पछिको एक प्रसंग। मेरो घरको फोन बज्छ।  अनि मैले हलो भन्दा, ओहो आज तिमी माइती आ छौ ?  भनि एक परिचित स्वरले धेरै प्यार सहित बोल्छन्।  होइन आन्टी, म जेठी।


 हाम्रो नेपाली समाजमा उमेर पुगीसकेका अविवाहिताहरूलाई विवाह किन नभएको भनी चासो राख्ने प्रचलन हदैसम्म छ।म पनि एक अविवाहिता महिला भएकोले मलाई पनि समाजको जिज्ञासाका अनेक रोचक प्रहारहरू आउँछन्।मेरी ८६ वर्षीय बाजेले भन्नुहुन्छ, नातिनी हात खुटा नबाँध्ने ? अर्को मित्र डि भि परेर विदेश लाग्न अघि फोन गर्दै ल है अब तिम्रो भोज चाँहि नभ्याउने भो भन्दै विदावारी हुन्छन्। मलाई बाटोमा भेट्दा घरको बाआमा र विवाहित बहिनीकोबारे भलाकुसारी गरी सकेपछि, तिम्रो लागि पनि प्रार्थना गरिरहेकै छौ है, धाप मार्दै आश्वासन दिन्छन्। अलि सोझा केटाहरूहरूले कुरा गर्दै गएपछि राम्रै मनले पिलिज डोन्ट माइन्ड सिस्टर तर तपाईको..... म्यारिज ..... - हाम्रो अर्को चलन छ। अलि अप्ठयारो कुरोलाई चोट नपुग्ने गरि मिलाएर भन्दा अंग्रेजी शव्दको प्रयोग गर्ने।म्यारिज विवाह। डेथ मृत्यु। रक्सीले टिल भएको व्यक्तिलाई अलि ड्रिङ्स गर्नुभएछ।

गएको वर्ष बहिनीको विवाह पछिको एक प्रसंग। मेरो घरको फोन बज्छ।  अनि मैले हलो भन्दा, ओहो आज तिमी माइती आ छौ ?  भनि एक परिचित स्वरले धेरै प्यार सहित बोल्छन्।  होइन आन्टी, म जेठी।

ए सरी है कस्तो तिमीहरू दिदीबहिनीको स्वर एउटै। म फिस्स हाँसिदिन्छु।त्यसपछि शुरु हुन्छ माफ लिने दिनेको दोहोरी, मेरो लागि प्रार्थना गरिदिने बाचा अनि कुनै दिन भोज खाने आशा।

विवाहबन्धनलाई बढी प्राथमिकता दिने हाम्रो समाजमा अविवाहिताहरूलाई यस्ता सहानुभुतिहरू आउनु स्वभाविक हो। तर यस्ता प्रश्नहरू पश्चिमी मुलुककाहरूले त्यति गर्दैन्न् रहेछन्।उनीहरूको सभ्याताले र सायद खस्किन्दै गरेको वैवाहिक सम्बन्धले यसो गर्न दिदैन। तर हाम्रो संस्कृतिले कुनै हिच्किचावटविना नै सरल तरिकाले अनुमति दिन्छ। मेरो यसमा कुनै गुनासो छैन।तर म आफैले चाँहि मानिसको प्राइभेट टिकाटिप्प्णी कम्ती नै गर्छु बरु कस्तो विचार राख्ने व्यक्ति रहेछ भनेर चिन्न या पन्छिन चाँहि मनपर्छ।कति मोटाएछौ ?  कति दुव्लो अनि अनुहारमा कस्तो पोतो आएछ भन्ने गर्दिन। मलाई मानिसको शारिरिक बनावट र उसको अनुहारमा आएको दागहरूको आधारमा परिचय आदानप्रदान गर्न मनपर्दैन्।

एकपल्ट त झनै मेरो एकल जीवनको चाखलाग्दो वार्तालाप छ। ठुलो डिनरमा मेरो स्कुले जीवनदेखि मलाई चिन्ने आमाको साथीले धेरै वर्षाद देखेर छक्क पर्नुभयो।म उहाँभन्दा कदमा पनि एक फिट नै अग्ली भएकी रहेछु। गफगाफको शुरुमा नै प्रश्न तेर्साइहाल्नुभयो।त्यसपछि छाँगैबाट खस्नुभयो मेरो लगनगाँठो अहिलेसम्म जुढेको छैन भनी सुनेर। आन्टीले पाखुरामा समातेर अलि पर लानुभयो। अनि बढो वास्ता फिक्रीले खुसुक्क,  प्रतिभा तीस भएपछि चाँहि कन्सिभ गर्न (गर्भधारण) गाह्रो होला है अहिलेदेखि नै विचार गर्न थाल। उहाँको चिन्तालाई थम्थमाउँदै म खानाको लाइनतिर लम्के। मेरो गर्भले ल्याउनसक्ने भविष्यका सम्भावनाहरूभन्दा पनि त्यो बेला मेरा लागि भोको पेट नै प्यारो थियो।

यस्तै छ समाजको कति रितितिथी।राम्रै मनले भनेका होलान् मन दुखाईहाल्नु हुँदैन। वादविवाद गर्न व्यर्थ छ।किनकी मैले जसरी आफुलाई हेर्छु यसरी सबैले हेर्दैनन्। मेरो परिचय अविवाहितामात्र होइन। तर किन मेरो अरु परिचयहरूसँग समाजको सरोकार त्यति नभएको। साँचो बोल्ने हो भने अविवाहिताहरूलाई घरि घरि यसरी जिस्काईरहेको त्यति मनपर्दैन। अनि अझै साँचो बोल्ने हो भने उनीहरूलाई विवाह नगर्ने चाहना नभएको पनि त नहोला नी। हामी साथी साथीहरू आफनो विवाहको दिनमा कुन साडी लगाउने नलगाउने एक अर्कालाई सुनाउने गर्र्छौ।साडीको निर्णय त हामी स्कुले केटाकेटी हुँदै अर्रुर् इर्साई दिदीहरूको विवाहमा बाआमाले हातमा समातेर भोजहरूमा गए बखतदेखि नै हो।  झनै भरखर स्कुल पढदा हिन्दु छरछिमेकको विवाहमा बाजागाजासहित माइतीबाट विदा लिएर रातो पहिरणमा रुदैगरेकी दुलहीको गाडीलाई पिछ्याउदै हामी पनि परसम्मै पुग्थयौं। त्यो बेला म सम्झन्थे किन रोई विचरा आफु त हाँसी हाँसी जाने हो।विवाहको चाहना जिस्काउनेलाईमात्र हैन जिस्काई खप्नेलाई पनि हुँदो रहेछ। त्यसकारण म जस्तो अलि सन्का मान्छे कसरी हो सक्दो बिचलित नहुने प्रयास गर्छ।

तर केही महिना अघि, एउटा घटनाले चाँहि मेरो र म जस्तै धेरैको परिचयमाथि भएको प्रहारलाई मैल सधैं जस्तै सामान्य प्रकारले लिन चाँहिन। घटना यस्तो थियो। मेरी आमालाई शनिवार मण्डलीमा एक दाईले सोध्नु भएछ, आज प्रतिभा खोइ नी ? विचरा दाई सानी छोरीलाई मोटरसाइकलमा अगाडि राखेर विदा हुन तयार भईसकेको अडिएर सोधीखोजी गरेछन् मेरो जवाफमा, छोरी त यात्रामा दुई दिनमा फर्किहाल्छे।मेरो आगमनको प्रतिक्षामा आमा अलि बढी नै भावुक।

ओहो बहिनी त फेरि यात्रा है। कति यात्रा गर्नुहुन्छ म त भन्छु यस्ता घुमन्ते केटीहरू सायद अविवाहित रहेकै राम्रो। काम यात्रा काम यात्रा बरु सिंगल (अविवाहित) रहयो।

केही दिनपछि घर पुगे।बेलुकी घरमा पुगेपछि अस्ती मण्डलीमा को आएथे, कसको वचन थियो सोधे। मेरो जिज्ञासाको जवाफमा शनिवार मेरो अनुपस्थितीको साह्रै महसुस गरेर एक दाईले मलाई सोध्नु भएको अनि मेरो अविवाहिताको स्टाटस जीवनभर उपनाउनु बरु वेश हुने सुझाव सल्लाह सुने। पछि आमालाई मैले हजुरले के भनेर उत्तर दिनुभयो त भनी सोधे।उसले कामकाजी महिलाहरूको बारेमा त्यति नै बुझेको रहेछन् भन्ने सामान्य जवाफ पाए। रातीको भोजन पछि म सँधै कोठामा केही लेखपढ गर्छु अनि त्यस्तै केही घटना छ भने दैनिकी लेख्ने गर्छु हाँसो रोदन, सपना, यथार्थ, जीवनका घटनाहरूप्रति मेरो प्रतिक्रिया डायरीको पानामा कैद गर्छु तर कहिले चाँहि हप्तौं केही लेख्ने मनै हुदैन र म पुरानो लेखिसकेको डायरीको पानाहरू पल्टाउदै पढछु।ती कैद गरेको विचार अनुभवहरू स्वतन्त्र कैदीहरू जस्तै मेरो कोठामा नाँच्न थाल्छन् र आफनो विगतलाई हिज जस्तै गरि सम्झन्दै म अनुभवका छालहरू प्रति पुन मोहित हुन्छु। दंग पर्छु अनि भावुक पनि।घर पुगेको रात पनि मेरो यात्राको थकानको बाबजुद केही लेखेकी रहेछु जुन मैले केही दिन अघिमात्र हेर्दैथे।

मार्च ११, २००८,  रातीको ८:२५, मगंलबार। कति दिनपछि फेरि आफनै खाटमा लोटिन पाए। एयरपोर्टमा सस्तो टयाक्सी खोज्दा खोज्दा हैरान। टयाक्सीको रेटले आकाश छुइसक्यो......। ......... मानिसले मानिसलाई वास्ता गरेर सोध्नै पर्दैन।म आफै पनि कति पल्ट बोल्नु पर्छ भनेर औपचारिक रुपमा केही सोध्ने गर्छ। डिनरमा आमाले सुनाउनु भयो कि मलाई अस्ती शनिवार एकजनाले सोध्नुभएछ रे।म घरैमा पो सुतिरहेको छ कि भन्ने लागेर कतिपल्ट सोध्छन् तर राम्रै मनले होला।जे भएपनि सोध्ने व्यक्तिले म यात्रामा छ भनि थाहा पाएर  गणितिय संख्या निकाली म अविवाहित रहेको नै ठिक भनी भनेछन्।त्यति विचलित भइन।यो डायरीलाई किन डाँटनु। आमालाई नराम्रो लाग्यो कि भनी साधे, लागेन रे।बाबालाई सोध्नु पर्दैन सानै देखि तिमीहरूको सिमा फराकिलो गर भन्थे अनि अरु धेरै कुरा।हामी दुवै छोरीहरूलाई विवाहको बारेमा २५ वर्षपछि मात्र सोचेको राम्रो है भन्नुभएथ्यो।तर अहिले त अलि ज्यादै पो भएछ कि क्या हो ?  जे होस मलाई शनिबार त्यस्तो भन्यो भनी सुन्दा मेरो केही प्रतिक्रिया हुन त स्वभाविक नै हो।

मैले केही बेर सोचे शनिबार ८ मार्च  परेछ।महिला दिवस।त्यहि दिनको उपलक्ष्य पारेर ढिलै भएपनि कसैलाई आशिष त दिनैपर्यो। मेरो सुखी अविवाहीता जीवनको कामना गर्ने दाईको घरकी श्रीमति र छोरीहरूलाई सम्झे।मेरो आमाको कानले सुनेको कुरा त्यो छोरीले सुनी त्यसमा गुनासो छ।मैले सानै देखि जसरी विवाहको साडीको कल्पना गर्थे उनले पनि गरिन होली।अहिले बुवाको मोटरसाइकल चढदै कुरा सुन्छन्। भोलि गएर त आफनो स्कुटर किन्ने कि भनी विचार गर्नुपर्यो।जीवनका सम्भावनाहरू र सपनाहरूलाई कुनै दिन त छान्नै पर्छ।त्यसबेला छान्दा जिम्मेवारीले ल्याएको फराकिलो सिमानाहरू पार गर्न थाल्ने कि घुमन्ते संज्ञा पाइन्छ भनी बरु विवाह नै रोज्ने।विवाहमात्र रोज्ने यस बालकलाई जीवनका सिमाहरू एकदम कुन्ठित भयो। अनि हामी जस्तो अविवाहितहरूले धेरै सामना गरि सिमाहरू तोड्दै, जीवनमा विवाह वाहेक अरु धेरै इच्छा आकांक्षाहरू पनि पुरा गर्न पाउने भयौं तर विवाह गर्न चाहि अलि गाहै हुने भो ?

यस्तो टिकाटिप्पणीको प्रचलनसँग लड्न हुँन्न भनेर आफैलाई सम्झाउदै आए पनि हल्का फुल्का विरोध जनाउन चाँहिरहेको छु ?  दाईलाई के भनु ? नेपालको चारदिवारभित्र जन्मयो, हुर्कियो, कामसमाल्यो, बिहेवारी अनि अब बच्चाहरू। यस्ता धेरै दाईहरूले ती हुर्कन्दै गरेका छोरीहरूलाई यी चारदिवार नै रहेछ संसार भन्ने पाठलाई अन्जानमा सिकाइरहन्छन। विदेशमा काम गर्ने श्रीमानहरूलाई कुरेर महिनौ पर्खने श्रीमतीहरूको वेदना सम्झेन्न्।  रोज्ने अधिकार र स्वतन्त्रता पाओस केटीहरूले। त्यतिमात्रै होइन याबेसले जस्तो ढुक्क भएर पुकारार गर्न सकोस। म्यारिजको स्थान, उँचाइ चौडाईलाई क्यारियरभित्र पनि अटाउन सकिन्छ। त्यी दुवै एकअर्काका वाधक हुनै पर्दैन। एउटै रथका दुई पाँग्रा हुन भन्छ संमाजले। त्यहाँ अलि मनमिल्यो, केहि हदसम्म कसैले बलिदान गर्यो भने क्यारियरले ल्याउने मौका नौलो छितिजहरूमा बढीभन्दा बढी विवाहित महिलाहरूले पनि आँट गर्नसकोस्। कतिपल्ट बलिदान महिलाले नै बढी गनुपर्ला .....। अब सुत्नतिर लाग्नुपर्ला भोलि विहानै फेरि गहौं ल्यापटप भिरेर अफिस लाग्नु पर्छ......। गुडनाइट।

यतिका दिन यो पढ्दा ठीकै लेखेकी अलि बढी नै बुझ्न खोजेकी जस्तो लाग्यो। जे होस लेखिसकेको कुरा हो। मलाई विवाहित महिलालाई, कामकाजि महिला भन्दा अलि तल्लो स्थानमा राख्न मनपर्दैन।मेरी आमाले पनि विवाह पछि आफनो देश छोडेर श्रीमान र छोरीहरूको पालनपोषनमा आधा जीवन दिनुभयो। यस्तो बलिदानले म जस्तै  धेरैलाई आमाले ठुलो गुण लाउनुभयो। विवाहित र अविवाहत दुवैको यो समाज र परिवारमा एउटा अतुल्य स्थान छ।गएको वर्षको अर्को यात्रा याद आयो।त्यो त झन एक महिनाको थियो। चार शनिवार आफनो चर्च आउने चान्स भएन।यात्रामा ख्याती प्राप्त इर्साई लेखक रिक वारणको किताव पढेको थिए।त्यो किताबमा पढेका सबै कुरा सम्झना छैन तर एउटै मात्र वाक्य मेरो मनमा गाडेर बसेको छ।एक ठाँउमा लेखकले यस्तै के भनेका थिए , मानिसले पढाई,  डिग्री, सफल व्यवसायिक जीवन, विहेवारी, असल ख्रीष्टिय जीवन अप्नाएर समाजले तोकेको मापदण्ड या standard मा पुग्न कोशिष गर्छ र पुग्छ पनि।तर यी सबै गरेर पनि यदि उसले परमेश्वर सृष्टिकर्ताले उसकोलागि चाहानुभएको उदेश्य पुरा गर्नबाट उ चुक्यो भने के अर्थ ?

कामको व्यस्ततामा म्यारिज गर्न बिर्सेलास् नी भन्नेहरू पनि छन्।तर मेरो लागि राखिएको उदेश्य चाँहि म कहिले र्बिसन चाहँदिन।हालमा पनि तीन महिनाको लागि काम लिएर काठमाडौंबाट पोखरा सरेकी छु।यात्रा मेरो उदेश्य होइन।जिम्मेवारीले ल्याएको एउटा यथार्थ हो।सजिलो जिम्मेवारी पनि म अपनाउन सक्छु जस्ले मलाई घरैमा राख्छ अनि शनिवार कसैले मेरो अनुपस्तिथी महशुस नगरोस्।तर मेरो भागमा परमेश्वरले यहि पारिदिनुभएको छ।यसको योग्यको हुन हर दिन प्रयास गर्छु यात्रा त जारी छ।जहाजमा या बसमा।जीवनमा या मेरो डायरीका पानाहरूमा।सपना या मेरो रुचिहरूमा।साथीसँगको विहेवारीको ठटयौलीहरूमा।बरु मण्डलीका दाईहरूले विवाह भन्दा बढी हामी युवाहरूलाई परमेश्वरले राख्नुभएको उदेश्य बारे पनि सोधपुछ कहिले काँहि गरे हुन्थयो। म्यारिज त होला नी !

 

Newer...
Older...
Trackback(2)

1. zxnoyzbd
zxnoyzbd

2. cnyfimdc
cnyfimdc

Comments (2)add comment
thanks for your articles
written by ishwar neupane , October 22, 2008

good morning!
thanks for this articles!
this article is very importnt for our youth generation.there is a good message for readerwe are expected to u like that must usefull article.

report abuse
vote down
vote up

Votes: +0

...
written by Mukunda Adhikari , September 18, 2008

The article is good enough for this new generation christian youth. I like the last sentence quoted from the book of write a writer. It has given the new thoughts to the christian people.
report abuse
vote down
vote up

Votes: +0


Write comment
smaller | bigger
password
 

busy
 
< Prev   Next >
Home | Sitemap

hits since June, 2006
Advertisement