NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here:
ख्रीष्टिय मण्डलीमा विवाह ३ PDF Print E-mail
User Rating: / 3
PoorBest 
Thursday, 14 August 2008 Written by Mr. P. A. Thomas
विवाह चाहिं एउटा विशेष सम्बन्ध हो जसबाट परमेश्वरले सम्बन्धित दुई जना व्यक्तिहरूको जीवनबाट इच्छा गर्नुभएको असल योजनाहरू पूरा गर्न चाहनुहुन्छ (एफिसी २:१०) र तिनीहरूको जीवन र साक्षीबाट आफ्नो चिनारी स्रसारमा प्रस्तुत गर्न चाहनुहुन्छ (मत्ती ५:१६)।

क्रमश...

विवाह र यौन सम्बन्ध पवित्र कसरी हुन्छ ?

ख्रीष्टियानहरूका जीवनको सबै पक्षहरू परमेश्वरको अधिनतामा रहनुपर्दछ किनभने येशूख्रीष्टमा परमेश्वरले हामीलाई किन्नुभएको छ (२कोरिन्थी ५:१५)।उहाँले हाम्रो आत्मामात्र नभई प्राण र शरीर समेत किन्नुभएको छ र यो एउटा सैद्धान्तिक सत्य मात्र नभई कानूनिक तथा आनुभाविक सत्य पनि हो।हामी विश्वास गरेर मात्र ख्रीष्टियान भएका छैनौं नयाँ जन्मद्वारा उहाँका सन्तान भएका छौं र त्यसकारण येशू हाम्रो मुक्तिदाता मात्र नभई प्रभु हुनुभएको छ।स्वर्ग जान खोज्ने र पाप क्षमाको मात्र कुरा गर्ने आजभोलीको लोकप्रिय सुसमाचार प्रचारले यी सत्यताहरूलाई केही हदसम्म ओझेलमा पारेका छन् र यो दुःखदायी कुरा हो।

येशूले भन्नुभयो, "मलाई प्रभु प्रभु भने सबै स्वर्गको राज्यमा पस्नेछैनौ, तिनीहरूमात्र जो मेरो पिताको इच्छा पूरा गर्दछ"। पिताको इच्छा थाहा पाउन के गर्नुपर्छ भनी रोमी १२:१,२ मा पावलले भनेका छन्, जहाँ आफ्नो शरीरलाई जिउँदो बलिदानको रुपमा अर्पण गर्ने कुरा छ।त्यसरी हिब्रू १२:१,२ मा आफ्नो सामु राखेको दौड येशूलाई हेरेर दौड्ने कुरा छ।यी सबै त्यो वेला मात्र सत्य हुन्छ जब शरीर, मन र प्राणको सबै पक्ष तथा कामहरू पवित्र आत्माको अगुवाई, सल्लाह र नियंत्रणमा हुन्छ।तसर्थ हाम्रो जीवनका सबै पक्षहरू तथा काम-काजहरू जस्तै पढाई, जागीर, खान-पान, व्यापार, किनमेल, यात्रा, विवाह, श्रीमान श्रीमतिको शारीरिक सम्बन्ध, परिवार, बच्चाहरूको पालन-पोषण आदि सबै येशूको प्रभुत्वमुनि र पवित्र आत्माको अधीनतामा आउनुपर्दछ।तबमात्र सार्थक ख्रीष्टियन जीवन जिउन सक्दछ।

धर्म र संसारको जीवनलाई अलग किसिमले हेर्ने र अलग राख्ने हाम्रो परम्परागत सोचले यो कुरा पचाउन सजिलो हुँदैन र त्यसले गर्दा अक्सर हामी परमेश्वरको निम्ति समय, पैसा, काम आदि छुटयाउने कुरा गर्दछौं।यस्तो शिक्षा मण्डलीहरूमा पनि व्याप्त भएको छ जसले गर्दा ख्रीष्टियान जीवन मण्डली तथा सँगति केन्द्रित हुन थालेको छ र बिस्तारै धर्मको रुप धारण गर्दैछ।

धेरैको सोचमा विवाह, यौनक्रिया, बच्चा जन्माउने आदि कुराहरू नितान्त व्यक्तिगत, निजि तथा गोप्य कुराहरू हुन्।यदि यो सत्य हो भने पवित्र विवाह कसरी हुन्छ जो मण्डलीहरूमा गरिन्छ ? आजभोली स्त्री र पुरुषको जस्तैसुकै सम्बन्धलाई पनि चोख्याउने प्रक्रियाको रुपमा विवाह हुनथालेको छ, र यो डरलाग्दो कुरा हो।बाइबलमा पवित्र भने शब्द अलग गरिएको र परमेश्वरसँग सम्बन्धित हुने कुराहरू जनाउनको निम्ति प्रयोग गरिएका छन्।त्यसरी हो भने पवित्र विवाह परमेश्वरसँग सम्बन्धित कुरा हो।ख्रीष्टियानहरूको निम्ति विवाह केटा र केटीको कुरा मात्र नभई गम्भीर रुपमा परमेश्वरसँग सम्बन्ध राख्ने कुरा हो।तर्सथ विवाह को योजना, निर्णय कार्यान्वयन आदि सबै येशूको प्रभुत्वमुनि र आत्माको अगुवाईमा हुनुपर्दछ।

पुरुष र स्त्री दुबैको शरीर परमेश्वरले बनाउनुभएको हो र यसकारण शरीर पवित्र छ।तर पापको कारणले गर्दा भ्रष्ट र कुरुप भएको शरीरलाई येशूले पवित्रआत्माको बासस्थानको रुपमा पुनःनिर्माण गर्दै हुनुहुन्छ।यो पुनःनिर्माणको काम एकै चोटी पूरा हुने नभई एउटा नितान्त र वृद्धि हुँदै जाने प्रक्रिया हो।तर्सथ विवाहित जीवनमा लोग्ने र स्वास्नीको जीवनका सबै पक्षहरू तथा यौनक्रिया समेत पवित्र र परमेश्वरमा ग्रहणयोग्य हुनुपर्दछ।यी सबै कामहरू वचनको सत्यतामा प्रार्थनासाथ गर्नुपर्ने कुराहरू हुन्।तबमात्र पवित्रता कायम हुन्छ।

विवाह चाहिं एउटा विशेष सम्बन्ध हो जसबाट परमेश्वरले सम्बन्धित दुई जना व्यक्तिहरूको जीवनबाट इच्छा गर्नुभएको असल योजनाहरू पूरा गर्न चाहनुहुन्छ (एफिसी २:१०) र तिनीहरूको जीवन र साक्षीबाट आफ्नो चिनारी स्रसारमा प्रस्तुत गर्न चाहनुहुन्छ (मत्ती ५:१६)।विवाहको साक्षी परमेश्वर आफै हुनुहुन्छ (मलाकी २:१४) र तिनीहरूबाट पवित्र सन्तानको चाहना राख्नुहुन्छ (१कोरिन्थी ७:१४)।आमा बाबुको जीवन र साक्षी नै सन्तानहरूको निम्ति नमुना, प्रेरणा तथा मार्ग निर्देशन हुनजान्छ।तसर्थ एउटा नमुना दायक, परमेश्वरको इच्छा र वचन अनुसारको र आदरणीय विवाहलाई मात्र ख्रीष्टिय विवाह मान्न सक्दछ।

हाम्रा जीवनलाई हामी कहिले पनि आफ्ना सन्तानहरूबाट सधैंको निम्ति लुकाउन सक्दैनौं, र ति नै तिनीहरूको जीवनको गोरेटोको निर्धारण गर्छ।इसाक, दाऊद तथा सुलेमानको पारिवारिक जीवन हाम्रो निम्ति चुनौति प्रस्तुत गर्छ।आज भोली केही मण्डली अगुवाहरूका सन्तानहरूमा देखिने छाडापन तथा अन्योलको कारण पनि यही नै होइन र ? यदी अर्कौ पुस्तालाई परमेश्वरको ज्ञानमा र भयमा डोर्‍याउन चाहनुहुन्छ भने परिवारको पवित्रीकरण बाहेक अरु उपाय छैन र यसको निम्ति ख्रीष्टिय विवाह दुई जना ख्रीष्टियनहरूको बीचमा परमेश्वरको इच्छा र मण्डलीको सहमतिमा भएको हुनुपर्छ।परमेश्वरले पापहरूलाई क्षमा दिनुहुन्छ तर पापले गर्दा हुन गएका दाग र क्षतिलाई अनुशासन र चेतावनीको रुपमा रहन दिनुहुन्छ।

एक जना वरिष्ट पास्टरले एक पटक यसरी भन्नुभयो, "के गर्ने, हाम्रो एक जना भाई एक जना अविश्वासी केटी लिएर भागेछ, मलाई भनेको भए म त कुरा मिलाइदिन्थे"।कति सजिलो? विवाह त कुरा मिलाउने कुरा मात्र भएछ ? भागेर फर्कनेहरूलाई भोज राखी चोख्याउने तथा शारीरिक सम्बन्ध भइसकेकाहरूलाई पवित्र विवाह गराई मण्डलीमा मान्यता दिने बाध्यताका खेलहरू पनि यदाकदा सुनिन थालेका छन्।यस्तो धारणाहरूको प्रभावमा जवानहरूले विवाहबारे कस्तो सोच राख्ला तपाईं आफै विचार गर्न सक्नु हुन्छ।तसर्थ विवाह, यौन सम्बन्ध आदि विषयहरूमा आधिकारीक र बाइबलीय शिक्षा तथा सोचको विकास आजको गम्भीर आवश्यकता हो।यसलाई कार्पेटमुनि लुकाउने प्रयास आत्मघाती तथा विनाशकारी हुन्छ।याद गर्नुहोस, बाइबलमा सबभन्दा बढी उल्लेखित मानवीय पक्ष विवाह र यौन सम्बन्ध नै हो।परमेश्वरको निम्ति यो यतिका महत्वको विषय थियो भने मण्डलीमा उहाँको दासहरूले यो विषयमा किन कम्जुसी गर्नुपर्ने भएको छ? कि जानकारी र अध्ययनको कमी? वा आफ्नै जीवनको प्रकरणहरू लुकाउने प्रयास?

Older...
Trackback(0)
Comments (1)add comment
your Artical is very good
written by Uttam b.k , November 25, 2008

p.a thomas your artical is very batter
church in marriege this artical impresed me and I have been crazy withy your artical

report abuse
vote down
vote up

Votes: +0


Write comment
smaller | bigger
password
 

busy
 
Next >
Home | Sitemap

hits since June, 2006
Advertisement