NepalChurch.com - Nepal Church
Advertisement
Advertisement
You are here: Home arrow Events arrow सुसमाचार प्रचार धादिङ्ग
सुसमाचार प्रचार धादिङ्ग PDF Print E-mail
User Rating: / 1
PoorBest 
Tuesday, 05 August 2008 Written by Nar Bahadur Ghale

हाम्रो प्रभु येशूलाई भोट दिएर जिताउनु पर्दैन उहाँ संसार माथि विजय भई सक्नु भएको छ।अब हामीले मत होइन हृदय दिनुपर्छ अनि उहाँले हामीलाई मुक्ति, छुटकारा, चंगाई दिनुहुन्छ

धेरै महिना अगाडिदेखिको प्रार्थना र योजनापछि धादिङ्ग जिल्लाको तीन गा‌.वि.स. मा सु-समाचार प्रचार पत्रपत्रिका बाँड्ने सु-अवसर परमेश्वरले दिनुभयो।यस सु-समाचार प्रचारमा परमेश्वरले हामीलाई अचम्म प्रकारले मौका दिनुभएको अनुभव गरेका छौं।चैत्र २८ गतेको संविधान सभाको चुनाव पछि बैशाख ५,६,८ र ९गते मात्र तीन गा.वि.स.मा प्रचार गर्ने योजना बनाएका थियौ‌ ।

तीन गा‌.वि.स. दार्खा, सत्यदेवी, गुम्दीको चुनाव रद्ध भई बैशाख ७ गते मात्र सम्पन्न भएको थियो। यो समयमा तीन गा‌.वि.स.मा चुनावको चहलपहल भयो।यस्तो समया प्रचार गर्न अप्ठ्यारो हुन्छ होला भन्ने पनि हामीलाई लागेको थियो तर पनि हामीले प्रार्थना गरेर सबै व्यवस्था मिलाइ सकेका थियौं। सबै कुरा परमेश्वरमा भरोसा राख्दै प्रचारमा निस्कियौं। हामीले सोचेको भन्दा फरक वातावरण प्राप्त भयो।चुनावको लागि खटिएका सयौं प्रहरी, कर्मचारीहरूलाई पनि प्रचारमा भेट्न पायौं।विभिन्न पार्टीबाट प्रतिनिधित्व गर्दै आउनु भएका राजनीतिक कार्यकर्ताहरूलाई पनि पत्रपत्रिका बाँड्ने र सु-समाचार सुनाउने मौका पायौं। चुनावको बुथमा काम गर्नलाई आउनु भएका कर्मचारीलाई पनि पत्रिका बाँड्ने मौका पायौं। यी तीन गा‌.वि.स. का प्रत्येक घर घरमा पसि येशू ख्रीष्टमा विश्वास गर्न र पत्रिका अध्ययन गर्नलाई अनुरोध पनि गरेका थियौ‌।

खेतबारीमा गएर काम गर्ने मानिसहरूलाई भेटगरी बाईबल पत्रिका दिएर प्रचार गर्‍यौ, सयौं नयाँ करार बाईबल र हजारौं पत्रिकाहरू पनि बाँडेका थियौ।यस क्षेत्रमा पार्टीहरू झगडा भएको कारण एउटाले अर्को बुथ क्याप्चर गरेको आरोपमा मत पेटीका जलाउने फाल्ने गरेकोले चुनाव दोह्रोरिन पुगेको थियो। यस्तो अवस्थामा गाउँमा केही भइहाल्ने होकि भन्ने ठूलो त्रास पनि थियो।झै झगडा मारपिट हुने सम्भावना देखिएकोले धेरै सुरक्षा प्रहरी खटाएको थियो। हामीले महत्वपूर्ण शान्तिको सन्देश हात हातमा दिंदा समाजको निम्ति महत्वपूर्ण भयो भन्ने लागेको छ।कतिले येशूलाई पनि भोट माग्न आएको हो कि भनेर भने कतिले तपाईंहरू कुन पार्टीलाई भोट माग्न आएको भनेर सोधे।हाम्रो प्रभु येशूलाई भोट दिएर जिताउनु पर्दैन उहाँ संसार माथि विजय भई सक्नु भएको छ।अब हामीले मत होइन हृदय दिनुपर्छ अनि उहाँले हामीलाई मुक्ति, छुटकारा, चंगाई दिनुहुन्छ भनेर सुनाउने मौका पायौ‌। कति राजनीतिक कार्यकर्ताले हामीसँग भोट मागे हामीले प्रभुले दिनुभएको अवसरलाई प्रयोग गर्दै प्रचारको अन्तिम दिन गुम्दी गा‌.वि.स.मा सु-समाचारका सिडि चक्काबाट फिल्म देखायौं भने धेरै जना मानिसहरू भेला गराएर वचनबाट, गीतबाट पनि प्रचार गर्‍यौं। धेरै जना विरामी भएका र भूतात्माबाट ग्रसित भएकाहरूलाई प्रार्थना सेवाको काम भयो।त्यही दिन बेलुका एकजना दाजु जस बहादुर गुरुङ्गबाट प्रचार टोलीको लागि खाने, बस्ने व्यवस्था मिलाउनु भएको थियो। उहाँलाई हामीले धेरै धन्यवाद दिनै पर्छ।

हामी १५०० देखि ३००० को बिचमा सुसमाचार सुनाउन सफल भयौं। आशा छ, त्यस दिनको प्रचारले विस्तारै धेरै आत्माहरू बाँच्नेछ र हामीले देख्‍न र सुन्न सक्ने छौं।

 

Newer...
&lt&lt Previous          
Trackback(0)
Comments (1)add comment
God bless you Nar bahadur
written by Ps Philip Khanal , August 06, 2008

Dear Brother Nar Bahadur,
I just appreciate your works for the Kingdom of God. I give praises to the Lord for your wonderful reports. I beleive the Lord Jesus will give them salvation as you are sharing the Gospel.
It's just wonderful to know that there are still some people going to preach the Gospel in "Dhading", not merely sitting just in front of a Computer and chatting or writing about a "vision" on evangelism!
May the Lord bless you mightily.

Ps Philip Khanal
Himalayan Christian Church,
Ranibu Bus Park, Kusunti
Lalitpur.
Phone: 9841-452419
01620-5081
Email: This e-mail address is being protected from spam bots, you need JavaScript enabled to view it

report abuse
vote down
vote up

Votes: +0


Write comment
smaller | bigger
password
 

busy
 
< Prev
Home | Sitemap

hits since June, 2006
Advertisement