Mr. Loknath Manean
|
लोकनाथ मनेन नेपाली साहित्य र संगीत विधाका सुपरिचित व्यक्तित्व हुन्।स्पष्टवादी र समयसापेक्ष लेखक मनेनले समयको ढुकढुकीलाई छामेर थुप्रै कृतिहरूले नेपाली ख्रीष्टियान साहित्यको भण्डार भरिलो बनाउन ठूलो भाग ओगटेका छन्। सृष्टिको सुन्दरता हेरेर परमेश्वरको आँगनमा सबैले समान हैसियतमा रमाउने र रहने भाग पाएको उद्घोष गीतमार्फ गर्ने मनेनलाई नेपाली चर्चले साहित्यिक पायोनियरको हैसियतमा चिन्दछ। कसिला वाक्य संरचनामा बनेका आफ्ना रसिला र गर्विला उपन्यासहरूमा बिग्रन लागेको वर्तमानलाई चोटिलो चुनौती दिने मनेनको साहित्य र संगीत यात्रामा धेरै नवप्रतिभाहरूले आफूलाई खार्ने मौका पाएका छन् । यसरी नेपाली ख्रीष्टियान मण्डलीलाई ठूलो गुन लाउने मनेनको हालसालै प्रकाशित उपन्यास हस्तक्षेपले ख्रीष्टियान मात्रै होइन, बाहिरको बजारलाई पनि हस्तक्षेप गरेको छ । |
|










