Bible Study & Teaching

व्यक्तिगत वृद्धि (१)

[ 0 ] October 22, 2016 |
व्यक्तिगत वृद्धि (१)

शनिवार, अक्टोबर २२, कार्तिक ६ ‘बुद्धि तेरो हृदयमा प्रवेश गर्नेछ, र ज्ञानचाहिँ तेरो प्राणको लागि आनन्ददायी हुनेछ।’ —हितोपदेश २:१० व्यक्तिगत वृद्धिले पदोन्नति गराउँछ। रोकिनुहोस् र तपाईंको मण्डली, तपाईंको संस्था, वा तपाईंका साथीभाइको समूहमा हेर्नुहोस्। व्यवस्थापन विशेषज्ञ डव्ल्यु. एडवार्डस डेमिङले भनेकाछन्, ‘ज्ञान बाध्यात्मक छैन … न ता बाँच्नु नै।’ ठूलाठूला व्यापारिक संस्थान तथा कार्यालयहरूको संस्कृतिमा, जति […]

Read More

पवित्र ! पवित्र ! पवित्र !

[ 0 ] October 21, 2016 |
पवित्र ! पवित्र ! पवित्र !

शुक्रवार, अक्टोबर २१, कार्तिक ५ ‘सर्वशक्तिमान् परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ।’ —यशैया ६:३ परमेश्वरलाई देखेपछि यशैयाले लेखे, ‘मैले परमप्रभुलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखेँ। उहाँको वस्त्रको छेउले मन्दिरै ढाकेको थियो। उहाँको मास्तिर सराफ स्वर्गदूतहरू खडा थिए— प्रत्येकका छ–छ वटा पखेटा थिए। दुई वटा पखेटाले तिनीहरूले आफ्नो मुख ढाकेका थिए, दुई वटाले आफ्ना खुट्टा […]

Read More

उहाँले तपाईंलाई पनि त्यही कुरा भन्दैहुनुहुन्छ

[ 0 ] October 20, 2016 |
उहाँले तपाईंलाई पनि त्यही कुरा भन्दैहुनुहुन्छ

बिहीवार, अक्टोबर २०, कार्तिक ४ ‘येशू आएर तिनीहरूका माझमा उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति !”’ —यूहन्ना २०:१९ आफ्नो पुनरुत्थानपछि येशूले गर्नुभएका पहिला कामहरूमध्ये एक चाहिँ उहाँलाई त्यागेर भागेका चेलाहरूलाई खोज्न जानु थियो। ‘हप्ताको पहिलो दिनको साँझ, जब यहूदीहरूको डरले चेलाहरू ढोकाहरू बन्द गरेर भित्र बसेका थिए, येशू आएर तिनीहरूका माझमा उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, […]

Read More

उहाँको समय तालिका

[ 0 ] October 19, 2016 |
उहाँको समय तालिका

बुधवार, अक्टोबर १९, कार्तिक ३ ‘जबसम्म तिनको सपना पूरा भएन, तथा परमप्रभुको वचनले योसेफको चरित्र प्रमाणित गरेन।’ —भजन १०५:१९ परमेश्वरले उहाँको आफ्नै समय तालिकाअनुसार काम गर्नुहुन्छ। जब तपाईंले त्यो कुरा स्वीकार गर्नुहुन्छ, तपाईंले आफू अहिले हुनुभएको स्थानमा आनन्द गर्नुहुनेछ अनि उहाँले चाहनुभएको स्थानमा पुग्नुहुनेछ। साथै, परमेश्वरले तपाईंका सबै प्रश्नको उत्तर नदिन सक्नुहुन्छ; कम्तिमा पनि तपाईंले […]

Read More

पछुतोमा आफ्नो जीवन खेर नफाल्नुहोस् !

[ 0 ] October 18, 2016 |
पछुतोमा आफ्नो जीवन खेर नफाल्नुहोस् !

मंगलवार, अक्टोबर १८, कार्तिक २ ‘हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ।’ —विलाप ३:२३ के तपाईं आफूले बर्बाद गरेको समय, गुमाएको अवसर, गरेका पापहरू, अनि आफूले नष्ट गरेका सम्बन्धहरूका बारेमा पछुतो गर्दै जिइरहनुभएको छ? यसले तपाईंलाई बुद्धि सिकाउँदैन र अर्को पटक योभन्दा राम्रो गर्ने तपाईंको दृढतालाई उत्प्रेरित गदैन भने, पछुतो समयको बर्बादी मात्रै हो। अनि तपाईंको […]

Read More

इमानदारिताको लागि एउटा प्रार्थना

[ 0 ] October 17, 2016 |
इमानदारिताको लागि एउटा प्रार्थना

सोमवार, अक्टोबर १७, कार्तिक १ ‘धन्य हुन् तिनीहरू, जसको आचरण निर्दोष छ, जो परमप्रभुको, व्यवस्थामा चल्दछन्।’ —भजन ११९:१ यदि तपाईंले दाऊदलाई उनले एक दिन उरियाहकी पत्नीसँग व्यभिचार गर्नेछन्, र त्यो कुरालाई ढाकछोप गर्न तिनका पतिको हत्या गराउनेछन् भन्नुहुन्थ्यो भने, सायद उनले यसो भन्थेहोलान्, ‘यस्तो कहिल्यै हुनेछैन !’ तथापि त्यस्तै भयो। क्षमापाएपछि र पुनस्र्थापित गरिएपछि, त्यसको […]

Read More

तपाईंसँग जे छ त्यसैबाट सुरु गर्नुहोस्

[ 0 ] October 16, 2016 |
तपाईंसँग जे छ त्यसैबाट सुरु गर्नुहोस्

आइतवार, अक्टोबर १६, असोज ३० ‘यत्तिले के पुग्ला र ?’ —यूहन्ना ६:९ येशूले पाँच हजार भोका मानिसहरूलाई खुवाउनुभन्दा ठिक पहिले चेलाहरूले येशूलाई के भने, विचार गर्नुहोस्ः ‘यहाँ एउटा ठिटो छ, त्यससँग जौका पाँच रोटी र दुई माछा छन्। तर यति धेरैका निम्ति यत्तिले के पुग्ला र ?’ कथा यत्तिमै सिद्धियो त ? होइन, ‘येशूले रोटी […]

Read More

अप्ठ्यारा मानिसहरूसँग काम गर्नु

[ 0 ] October 15, 2016 |
अप्ठ्यारा मानिसहरूसँग काम गर्नु

शनिवार, अक्टोबर १५, असोज २९ ‘कुनै आदर र कुनै अनादरका … भाँडाहरू … हुन्छन्।’ —२ तिमोथी २:२० एलिया अगमवक्तालाई खाना खुवाउन परमेश्वरले एउटा कागलाई प्रयोग गर्नुभयो, जसलाई यहूदी संस्कृतिमा ‘अशुद्ध’ पंक्षी मानिन्थ्यो। नहेम्याहले अन्यजातिका राजाको आर्थिक सहायताद्वारा यरूशलेमको पर्खाल पुनर्निर्माण गरे। मुख्य कुरा के हो भनेः परमेश्वरलाई सीमित नतुल्याउनुहोस्। कहिले कहीँ सामान्यतया हामीले इन्कार गर्ने […]

Read More

‘बुद्धिका वचन’

[ 0 ] October 14, 2016 |
‘बुद्धिका वचन’

शुक्रवार, अक्टोबर १४, असोज २८ ‘थाकेकोलाई सम्हाल्ने वचन जान्न सकूँ भनेर परमप्रभु परमेश्वरले मलाई सिकाइको बोली दिनुभएको छ।’ —यशैया ५०:४ सङ्कट आउनुभन्दा पहिल्यै, परमेश्वरले ‘बुद्धिका वचन’ दिएर तपाईंलाई तयार पार्न सक्नुहुन्छ। उहाँले यशैयाको लागि यसो गर्नुभयो। तपाईंले भन्नुहोला, ‘तर यशैया त अगमवक्ता थिए।’ हो, तर परमेश्वरले उनलाई सुरुमा बोलाउनुहुँदा, उनले विरोध गरे, ‘म एक पापी […]

Read More

बिहानै गर्नुपर्ने पहिलो काम (२)

[ 0 ] October 13, 2016 |
बिहानै गर्नुपर्ने पहिलो काम (२)

बिहीवार, अक्टोबर १३, असोज २७ ‘हे परमप्रभु, बिहानै तपाईंले मेरो स्वर सुन्नुहुन्छ ।’ —भजन ५:३ उहाँ हामीसँग बिहानै बोल्नुहुन्छ भनी परमेश्वरले धर्मशास्त्रमा यसरी किन बारम्बार भन्नुभएकोहोला ? आखिर, उहाँले चाहनुभएको कुनै पनि समयमा उहाँ हामीसँग बोल्न सक्नुहुन्छ। यसका पछाडि दुई वटा कारण छन्ः १) उहाँ तपाईंको जीवनमा पहिलो स्थान पाउन चाहनुहुन्छ । तपईंको कुनै पनि […]

Read More

बिहानै गर्नुपर्ने पहिलो काम (१)

[ 0 ] October 12, 2016 |
बिहानै गर्नुपर्ने पहिलो काम (१)

बुधवार, अक्टोबर १२, असोज २६ ‘उहाँले मलाई बिहानैपिच्छे जगाउनुहुन्छ र उहाँको इच्छा सिक्न मेरो समझ खोलिदिनुहुन्छ ।’ —यशैया ५०:४ परमेश्वरको वचनबाट यहाँ एउटा उत्तम प्रतिज्ञा छः ‘थाकेकोलाई सम्हाल्ने वचन जान्न सकूँ भनेर परमप्रभु परमेश्वरले मलाई सिकाइको बोली दिनुभएको छ । उहाँले मलाई बिहानैपिच्छे जगाउनुहुन्छ । सिक्नेलाईझैँ ध्यानसित सुन्न उहाँले समझ खोलिदिनुहुन्छ । परमप्रभु परमेश्वरले मेरो […]

Read More

‘बेचैन, रिसाहा, र असन्तुष्ट’

[ 0 ] October 11, 2016 |
‘बेचैन, रिसाहा, र असन्तुष्ट’

मंगलवार, अक्टोबर ११, असोज २५ ‘मलाई त्यही पानी दिनुहोस् र म कहिल्यै तिर्खाउनेछैनँ ।’ —यूहन्ना ४:१५ मादक पदार्थ पिउने लत लागेका व्यक्तिहरूलाई त्यो लतबाट छुटकारा पाउन सहायता गर्ने संस्था ‘अल्कोहोलिक एनोनिमस’ का बाह्र चरणको कार्यक्रममा, यस्ता छुटकारा चाहनेहरूलाई के सिकाइन्छ भने उनीहरू ‘बेचैन, रिसाहा, र असन्तुष्ट’ भएभने उनीहरू आफूलाई मन पर्ने लागु औषधमा फर्केर जाने […]

Read More

‘फर्कनु … सेवा गर्नु … प्रतीक्षा गर्नु’

[ 0 ] October 10, 2016 |
‘फर्कनु … सेवा गर्नु … प्रतीक्षा गर्नु’

सोमवार, अक्टोबर १०, असोज २४ ‘जीवित र साँचो परमेश्वरको सेवा गर्न तिमीहरू मूर्तिहरूबाट … फक्र्यौ … अनि स्वर्गबाट आउनुहुने उहाँका पुत्रको प्रतीक्षा गर्दछौ ।’ —१ थेसलोनिकी १:९–१० थेसलोनिकेका विश्वासीहरूलाई लेखेको कुरा पढौँः ‘तिमीहरू हाम्रा र प्रभुका अनुकरण गर्ने भयौ, किनकि पवित्र आत्माले दिनुभएको आनन्दसाथ तिमीहरूले धेरै कष्टमा वचन ग्रहण गर्‍यौ। यहाँसम्म कि माकेडोनिया र अखैयामा […]

Read More

मण्डलीमा अगुवा बन्नको लागि योग्यता

[ 0 ] October 9, 2016 |
मण्डलीमा अगुवा बन्नको लागि योग्यता

आइतवार, अक्टोबर ९, असोज २३ ‘यदि कुनै मानिसले (अगुवा बन्ने) चाहना गर्छ भने …’ —१ तिमोथी ३:१ बाइबलले मण्डलीमा अगुवा बन्नका लागि निश्चित योग्यताहरू तोकेको छ । ‘अगुवाचाहिँ कसैले दोष लगाउन नसक्ने, एउटै पत्नीका पति, संयमी, समझदार, सम्मानित, अतिथिसत्कार गर्ने, सुयोग्य शिक्षक होऊन, मतवाला र रिसाहा होइन तर तिनी विनम्र, झगड़ा नगर्ने, धनको लोभ नगर्ने, […]

Read More

परमेश्वरको ताड़ना ग्रहण गर्नुहोस्

[ 0 ] October 8, 2016 |
परमेश्वरको ताड़ना ग्रहण गर्नुहोस्

शनिवार, अक्टोबर ८, असोज २२ ‘म … हप्काउँछु र ताड़ना दिन्छु ।’ —प्रकाश ३:१९ हामी विनम्र हुनु आवश्यक परेको रूपमा परमेश्वरको ताडनाले हामीलाई विनम्र तुल्याउँछ । उहाँले त्यसो गर्नुहुँदा, हामीसँग तीन वटा विकल्पहरू हुन्छन्ः १) उहाँको विरुद्धमा विद्रोह गर्नु । २) आफ्नो कुरा पुष्टि गर्न खोज्नु र बहाना बनाउनु । ३) उहाँको ताडनालाई ग्रहण गर्नु […]

Read More

‘परमेश्वर हुनुहुन्छ’ (७)

[ 0 ] October 7, 2016 |
‘परमेश्वर हुनुहुन्छ’ (७)

शुक्रवार, अक्टोबर ७, असोज २१ ‘उहाँले आफ्नो उच्च स्थानबाट पहाड़हरूमा पानी बर्साउनुहुन्छ, उहाँका कार्यहरूका फलबाट पृथ्वी तृप्त हुन्छ ।’ —भजन १०४:१३ पृथ्वीमा भन्दा बाहेक अन्यत्र बह्माण्डमा हामीले कतै पनि प्रशस्त पानी किन पाउँदैनौँ भन्ने बारेमा कहिल्यै विचार गर्नुभएको छ ? आजको मितिसम्म, हाम्रा सबै दूरदर्शक यन्त्रहरू र अन्तरिक्ष यात्रीहरूले यो कुरालाई समर्थन गरेकाछन्। पानी अचम्मको […]

Read More

‘परमेश्वर हुनुहुन्छ’ (६)

[ 0 ] October 6, 2016 |
‘परमेश्वर हुनुहुन्छ’ (६)

बिहीवार, अक्टोबर ६, असोज २० ‘तपाईंले सबैलाई जीवन दिनुहुन्छ ।’ —नहेम्याह ९:६ परमेश्वरको सृजनशील क्षमताको बारेको अर्को आश्चर्यकर्मको बारेमा विचार गरौं: नाइट्रोजन चक्र । नाइट्रोजन एकदमै निस्क्रिय हुन्छ— यदि यस्तो हुँदैनथ्यो भने नाइट्रोजन अरू विभिन्न तत्वहरूसँग मिश्रण हुँदा निस्कने विष्‌ले  हामी सबै नष्ट भइसक्थ्यौं। तथापि यसको निस्क्रियताको कारण, हामीले नाइट्रोजनलाई स्वाभाविक रूपमा अरू तत्वहरूसँग मिश्रण […]

Read More

‘परमेश्वर हुनुहुन्छ’ (५)

[ 0 ] October 5, 2016 |
‘परमेश्वर हुनुहुन्छ’ (५)

बुधवार, अक्टोबर ५, असोज १९ ‘चन्द्रमाले ऋतु ठहराउँछ ।’ —भजन १०४:१९ यहाँ एउटा उदेकको कुरा छः चन्द्रमाविना यो ग्रहमा बस्न हाम्रो लागि असम्भव हुने थियो। अनि यदि कसैले चन्द्रमालाई यसको कक्षबाट हटाइदिने हो भने, सबै जीवन अन्त्य हुने थियो। यसले सागरहरू र किनारहरू सफा गर्ने काम गर्छ। चन्द्रमाले सृजना गर्ने ज्वारभाटाहरू नहुने हो भने, हाम्रा […]

Read More

‘परमेश्वर हुनुहुन्छ’ (४)

[ 0 ] October 4, 2016 |
‘परमेश्वर हुनुहुन्छ’ (४)

मंगलवार, अक्टोबर ४, असोज १८ ‘पृथ्वी मैले नै बनाएको हुँ र त्यसमा मानिसहरूलाई मैले सृष्टि गरेको हुँ ।’ —यशैया ४५:१२ किन हामीले आजसम्म अन्य कुनै ग्रहमा जीवन भेट्टाउन सकेकाछैनौं, तर हाम्रो ग्रह भने हामीलाई जीवित राख्ने र हाम्रा आधारभूत आवश्यकताहरू पूरा गर्ने प्रकारले बनेको छ भनी कहिल्यै विचार गर्नुभएको छ ? यो कुराले तपाईंलाई अचम्मित […]

Read More

‘परमेश्वर हुनुहुन्छ’ (३)

[ 0 ] October 3, 2016 |
‘परमेश्वर हुनुहुन्छ’ (३)

सोमवार, अक्टोबर ३, असोज १७ ‘परमप्रभु …पृथ्वीका … सृष्टिकर्ता हुनुहुन्छ ।’ —यशैया ४०:२८ हामीलाई यो कुरा विश्वास दिलाइए तापनि, विज्ञान र धर्मशास्त्र एक–अर्काको विपरित भने छैनन् । यो ब्रह्माण्डको उदेकको सन्तुलन र सुव्यवस्थित क्रमलाई दर्शाउने क्वान्टम फिजिक्स अर्थात् सबैभन्दा साना कणहरूको अध्ययन गर्ने भौतिकशास्त्रको सुरुआतपछि, बाइबलमा विश्वास गर्ने वैज्ञानिकहरूको संख्या ह्वात्तै बढेको छ। तपाईंलाई थाहा […]

Read More