Socio-political

सिक्किमीकरणतर्फ ?

[ 1 ] December 22, 2015 |
सिक्किमीकरणतर्फ ?

“भारतमा आउनुस र सगरमाथा चढ्नुस् !” प्रधानमन्त्री नरेन्द्र मोदी चाहन्छन्  भारतका पर्यटन व्यवशायीहरूले यस्तै विज्ञापन केही वर्षपछि गरून् । एक राजनीतिक व्यक्तिले “महान् प्रधानमन्त्री”को रूपमा आफूलाई स्थापित गर्न खोज्नुमा आश्चर्य छैन । तर नरेन्द्र मोदीले महान्  हुने क्रममा एक वर्षअघि  जसरी नेपालीहरूलाई मोहनी लगाएका थिए अहिले तिनीहरूलाई नै सताएका छन् ।   महान् बन्‍ने चाहना […]

Read More

RLF and DC Articulates Nepalese Parliamentarians on Inter-Religious Concerns

[ 0 ] December 22, 2015 |
RLF and DC Articulates Nepalese Parliamentarians on Inter-Religious Concerns

Religious Liberty Forum (RLF) and Dharmik Chautari (DC) Nepal drew attention of parliamentarians on full religious freedom in the country. Nepal being declared as secular country in 2007, now has institutionalized through its new constitution- 2015. DC and RLF again welcomed it as a new progressive constitution.

Read More

Towards Sikkimization?

[ 1 ] November 22, 2015 |
Towards Sikkimization?

“Welcome to India and climb Mt. Everest!” Prime Minister (PM) Narendra Modi would like to see Indian tourism industry making similar advertisements one day. No one can object to a politician’s desire to make a name as a “great” PM. To reach his ambition, Modi the enchanter of Nepalis a year ago has now become […]

Read More

गोफर कसरी पोत्नी ?

[ 0 ] November 17, 2015 |
गोफर कसरी पोत्नी ?

मेरी प्रिया, कसरी आऊँ तिम्रो गाउँ < हाम्रा बाइक गाडाहरूको बिस्कुन लागेको छ, वारिदेखि पारि छरिएको छ । बरू तिमी नै आऊ न, यसो फलफलार, सागपात बोकेर । म मेरो इस्कुटीमा कसरी आऊँ ? चक्कालाई धक्का दिने त्यो के जाति छैन, तेसका बाजे एतिका दिनमा नाम पनि भलियो त्यसमा हाल्ने त्यो तरल पदार्थ । हो […]

Read More

धर्मपरिवर्तन अधिकार कि अपराध?

[ 18 ] August 17, 2015 |
धर्मपरिवर्तन अधिकार कि अपराध?

– Jagadish Pokharel नेपालको संबिधान २०७२ आउने लगभग निश्चित भएको छ । यस संबिधानमा राखिएका र राख्न नसकिएका थुप्रै प्रावधानहरूले आम जनमानसलाई तरंगित बनाएका छन् । धर्मको सवालमा सबैको ध्यान राष्ट्र धर्मनिरपेक्ष वा धर्मसापेक्ष के हुने भन्नेतर्फ गयो । पूर्ण प्रजातान्त्रिक भनिएको देशमा नागरिकको व्यक्तिगत अधिकारलाई कुण्ठित गर्ने गरेर संबिधान ल्याउने तयारी भएको तर्फ भने […]

Read More

संविधानमा अल्पसंख्यक

[ 0 ] July 29, 2015 |
संविधानमा अल्पसंख्यक

संविधानमा अल्पसंख्यक रामप्रसाद पौडेल आठ वर्षसम्म बाँझो जस्तै देखिएको संविधानसभाले बडो लामो प्रसवपछि ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२’ को मस्यौदा जन्माएको छ । आफूले जन्माएको सन्तान प्यारो लाग्ने प्राकृतिक शर्त विपरीत यसलाई जन्माउने संविधानसभाका सदस्यहरु नै मस्यौदा कुरुप भयो, अमिल्दो भयो, यसमा आफ्नो प्रतिच्छायाँ देख्न पाइएन लगायतका गुनासो गर्दै यो आफ्नो सन्तान नै नभएको […]

Read More

नेपालको कुटनीतिक शिक्षाको एक समिक्षा

[ 3 ] April 2, 2015 |
नेपालको कुटनीतिक शिक्षाको एक समिक्षा

  कुटनीतिक शिक्षाको पृष्ठभूमी: एक्काइशौं शताब्दीमा राज्यहरु एक-अर्काबाट पुरै स्वतन्त्र र सार्बभौम भएतापनि ब्यबहारिक हिसाबले अन्तर-निर्भरताको स्थिति बिद्द्यामान छ | एकले अरु राष्ट्रहरुसंगको सम्बन्ध, सहकार्य र चासो प्रति बेखबर हुने स्थिति छैन | विश्व जगतको सवालमा हरेक देशको राष्ट्रिय निर्णय र त्यसको कार्यान्वयनले अन्य देशहरु संगको सम्बन्ध, सह-अस्तित्व, सदभाव र अन्तरनिर्भरतालाई प्रभाव पारिरहेको हुन्छ | […]

Read More

“नयाँ शक्ति” भिडमा आधारित कि ‘ब्रेन’मा?

[ 3 ] March 30, 2015 |
“नयाँ शक्ति” भिडमा आधारित कि ‘ब्रेन’मा?

  अस्तित्वमा रहेका बस्तुहरुले जब आफ्नो कर्म र धर्म निर्बाह गर्न छोड्छन्, तब तिनीहरुको प्रभावशाली अस्तित्वमा संकट पैदा हुने गर्दछ | उक्त संकटले कि त ति बस्तुहरुलाई नयाँ रुपमा रुपान्तरण हुन बाध्य तुल्याउछ कि भने तिनीहरुको अस्तित्व सदा कालको लागि नामेट गराई उक्त ठाउँ उदियमान नयाँ बस्तुलाई उपलब्ध गराउदछ | शक्ति, सत्ता, सामर्थ्य र सम्पत्ति […]

Read More

क्रिकेट कुटनीति तर्फ देश अघि बढोस्

[ 0 ] February 5, 2015 |
क्रिकेट कुटनीति तर्फ देश अघि बढोस्

क्रिकेट कुटनीति तर्फ देश अघि बढोस् -हरिप्रकाश चन्द नामिबियामा सम्पन्न वर्ल्ड क्रिकेट लिग डिभिजन-२ मा शिर्ष टोलीमाथि सानदार जित दर्ता गरेपनि लिग चरणको अन्तिम खेलमा केन्या संगको हार संगै नेपाल डिभिजन-२ मै रहन बाध्य भएतापनि माघ १४ र १५ गते दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषदको कार्यसमितिको बैठकले नेपाललाई डिभिजन-१ बराबरको हैसियतमा आईसीसी वर्ल्ड क्रिकेट लिग […]

Read More

नेपाली क्रिश्चियन इतिहासलाई नियाल्दा

[ 2 ] February 2, 2015 |
नेपाली क्रिश्चियन इतिहासलाई नियाल्दा

तिमीहरू हिजो आएर आज यो देशमाथि हुकुम चलाउन खोज्ने? धेरैपटक मैले यस प्रश्नको सामना गर्नुपरेको छ। नबुझेकाहरूको त बेग्लै कुरा, यहाँ जानेबुझेका मानिनेहरूले पनि पटक पटक क्रिश्चियनहरूमाथि यसरी नै ऐतिहासिकताको प्रश्न उठाउने गर्छन्। उनीहरू भन्छन् कि ५०-६० वर्ष अघि आएका क्रिश्चियनहरूले अरुहरूलेझैं यो देशमा आफ्ना गतिविधिहरू गर्न मिल्दैन। उनीहरूको बुझाइमा हिन्दुलगायत अरु कतिवटा धर्महरू नेपालका […]

Read More

टोक्ने काम कुकुरको, सोच्ने काम मानिसको

[ 6 ] December 25, 2014 |
टोक्ने काम कुकुरको, सोच्ने काम मानिसको

असल कार्य गरे शत्रुले पनि कदर गर्दछ। हिन्दु धर्मालम्बीहरू, बुद्धिष्ट धर्मालम्बीहरू र अन्य धर्मालम्बीहरू हाम्रो शत्रु होइनन्। औलामा गन्न सकिने केही भतुवा हिन्दुवादीहरूले मेडियामा विरोध जनायो भन्दैमा हामीले हरेस खाने कुरै हुन्न। साह्रा हिन्दु मित्रहरूमा उहाँहरूको जस्तो गैह्र जिम्मेवारी स्वभाव छैन। उहाँहरूले बास्तवमा हिन्दु अस्तित्वको वदनाम गरीरहनुभएको छ। आफ्नो स्वार्थ पूर्तीकोलागि कहिले गरीवको काँध चर्ने […]

Read More

आस्थाको विशेषता

आस्थाको विशेषता

रेभ.डा.बाल कृष्ण शर्मा नेपालको इतिहासलाई नियाल्दा हामीले असल र खराब दुबै किसिमका उदाहरणहरू पाउनसक्छौँ । इतिहासको अध्ययनको उद्देश्य पनि असल उदाहरणलाई पछ्याउनु र खराब उदाहरणबाट पाठ सिकी त्यस किसिमका कुराहरूलाई नदोहोर्‍याउनु हो । बुद्धिमान व्यक्तिले अरूहरूका भूलहरूबाट सिक्छ र गलत कुरालाई दोहोर्‍याउने कुरामा ऊ सचेत हुन्छ । उसले गलत कार्य गर्नका लागि आफ्नो स्रोत र […]

Read More

दिलशोभा र मेरो मनमा उब्जिएका खुल्दुलीहरु

[ 1 ] March 9, 2014 |
दिलशोभा र मेरो मनमा उब्जिएका खुल्दुलीहरु

रन्जु मार्ग व्यक्तिगत रूपमा म दिलशोभालाई चिन्दिन तर उनी समाजसेवाको क्षेत्रमा सार्वजनिकनाम कमाइसकेकी व्यक्तित्व हुन् | बिजयकुमारको उनीसगको अन्तरबार्ताले म लगाएत धेरै नेपालीलाई उनको पून्यकर्मकाबारे जानकारी भएको हुनुपर्छ | धेरै मानिसहरूजस्तै मेरो मन पनि यतिबेला दुखिरहेछ दिलशोभामाथि लागेका आरोपहरू सुनेर! सातसमुन्द्रपारि रहेका हामी जस्ता लाखौँ नेपालीहरू पत्रपत्रिकामा आएको समाचारका आधारमा उनलाई तौलिरहेका छौं, आफैसंग प्रश्न […]

Read More

बन्दुक होइन बाइबल

[ 0 ] December 12, 2013 |
बन्दुक होइन बाइबल

येशू ख्रीष्‍टको एक भक्तमाथि हाम्रो प्यारो देशमा कति पूर्वाग्रह हुँदो रहेछ भन्‍ने कुरा बैशाख २२को ‘नेपाल’ मा छापिएको मेरो लेखपछिका  प्रतिक्रियाहरूले देखाए । अरू धर्म मान्‍नेहरूले पनि आफ्ना रचनाहरू यस पत्रिकामा छपाएका हुन् । तर, उनीहरूले त्यस्ता नकारात्मक टिप्पणीहरू सामना गर्नपर्दैन । के हाम्रो देश एक धर्म निरपेक्ष राष्ट्र हो ? यहाँ उपस्थित लगभग दस […]

Read More

भट्टराईसँग मेरो नाता

[ 89 ] October 22, 2013 |
भट्टराईसँग मेरो नाता

नचाहेर पनि डाक्टर बाबुराम भट्टराईसँग मेरो  टाढाको नाता जोडिन गयो । पहिलो कारण थियो सन् २००२ अक्टोबर १७ मा उनका माओवादी कार्यकर्ताहरूद्वारा  मेरा भाइ,  नेपाली सेना छाडेर बसेका मेजर मोहन खत्री, को सिन्धुपाल्चोक जिल्लाको मूडे गाउँमा निर्मम हत्या हुनु । भोलिपल्ट, भतिजाहरूले भाइको लाश उनकै घर-आँगनमा ल्याए, पोष्टमार्टमपछि प्लास्टिकमा पूर्ण रूपले बेह्रिएको ।  भतिजाहरूको अनुरोध […]

Read More

क्रिश्चियनहरुको सामाजिक उत्तरदायित्व

[ 5 ] October 1, 2013 |
क्रिश्चियनहरुको सामाजिक उत्तरदायित्व

Originally Posted at www.youthcircle.org नेपाली भूमिमा जन्मेर पनि जीवित परमेश्वरको प्रिय छोराछोरी भएर जिउने अवसर प्राप्त गर्नु हामी हरेकको निम्ति निकै नै अहोभाग्यको कुरा हो । हाम्रा धेरै मानिसहरुले नपाएको साँचो शान्ति र मुक्तिको निश्चयता आज हामीले प्राप्त गरेका छौं । हामी ख्रीष्ट येशूलाई बिश्वास गर्ने विश्वासी भएकोमा गर्व गर्छौं भनेर सार्वजानिक रुप मै भन्न […]

Read More

क्रिश्चियनहरुलाई बिदेशी धर्म मानेको भनेर बिरोध गर्नु कत्तिको जायज? सटिक तथा तार्किक जवाफ

[ 15 ] September 24, 2013 |
क्रिश्चियनहरुलाई बिदेशी धर्म मानेको भनेर बिरोध गर्नु कत्तिको जायज?  सटिक तथा तार्किक जवाफ

लेखक: अज्ञात के हामीले क्रिस्चियनहरुलाई विदेशी धर्म मानेको भनिरहँदा हामीले दौरासुरुवाल—गुन्यूचोली वा आफ्नो जातीय पोशाक लाइरहेका छौं ? के हाम्रो घरभित्रको टिभी स्वदेशी आविष्कार हो ? के हवाइजहाज स्वदेशी उत्पादन हो ? के तपाईंले चढ्ने मोटरसाइकल स्वदेशी आविष्कार हो ? के हामीले चलाउने कम्प्युटर स्वेदशी आविष्कार हो ? के सबका सब वैज्ञानिक आविष्कारहरु हाम्रै पेवा […]

Read More

आफू डलरले टिल्ल भएर अरूलाई डलरिया भन्न पनि सुहाउँछ र?

[ 10 ] August 14, 2013 |
आफू डलरले टिल्ल भएर अरूलाई डलरिया भन्न पनि सुहाउँछ र?

आजभोली कति मानिसहरूले इसाइ आस्थालाई डलरको आरोप लगाउन थालिएको छ। आफ्नो धर्म पैसामा बेच्ने भनी लान्छाना लगाउन थालिएको छ। पैसामा विक्री हुने आस्था कति सस्तो आस्था है? यो आरोपले उक्त समूहको आस्थालाई कसरी उदाङ्गो बनाउँछ सो म यहाँ व्याख्या गर्न चाहन्न। किनकि उक्त आस्थामा मेरो रतीभरको विश्वास नभएपनि म उक्त आस्थामा हुने मानिसहरूको कदर गर्दछु। […]

Read More

के गरीब iPod हो र सबैले किन्ने?

[ 9 ] July 24, 2013 |
के गरीब iPod हो र सबैले किन्ने?

कतिपय मानिसहरूले इसाइ मतलाई पैसाको आरोप लगाउँछन्। “गरीबलाई बेचेर” जस्ता लान्छानाहरू लगाउँछन्। के गरीव पनि बेच्ने चीज हो र? के गरीब iPod हो र सबैले खोजी खोजी किन्ने? गरीबलाई किनेर कहाँ बेच्न जाने? वास्तव मै भन्ने हो भने गरीबलाई किन्ने बस्तुसँग दाज्न मिल्दैन। तर पनि मैले माने कि गरीब बेच्ने चीज हो, अब भन्नुहोस्  विकसित […]

Read More

मंसिर ४ मा हुन्छ त चुनाव?

[ 0 ] July 12, 2013 |
मंसिर ४ मा हुन्छ त चुनाव?

गिदोन लामिछाने (तारा)          उहिलेको नेपाल र अहिलेको नेपालमा धेरै फरक छ। हुनत हामी नेपालीहरु भएका परिवर्तनहरुलाई स्वीकार्न पनि हिच्किचाउ“छौं यद्यपी मुलुकमा भएका राम्रा र नराम्रा कुराहरु छुट्याउनु पर्छ। वास्तवमा नेपालको वर्तमान अवस्थासम्म आइपुग्न कैयौं उतारचढावहरु भएका छन्। राज्यमा आउने यी सम्पुर्ण परिवर्तनमा यहा“को राजनीतिले नै ठूलो भूमिका खेलेको छ। जब बाइसे चौबिसे राज्यमा भएको […]

Read More