Loknath Manaen

Loknath Manaen

लोकनाथ मनेनः ख्रीष्टिय कला र साहित्यका बहुप्रतिभावान व्यक्तित्व

Author's Website

ईश्वर कहाँबाट आए ?

[ 3 ] December 28, 2015 |
ईश्वर कहाँबाट आए ?

लोकनाथ मनेन   घामको अस्तित्व महत्वपूर्ण लाग्छ मलाई । उ अस्ताउँदा र उदाउँदाको क्रममा सेकेन्ड, मिनेट, घन्टा गर्दै हप्ता, महिना, वर्ष र शताब्दीहरू बन्दै जान्छन् । सम्राट, राजा, कमारा, जमिन्दारहरू आउँछन्, हराउँछन्, सभ्यता, असभ्यता झुल्किन्छन्, मेटिन्छन् । भाषा, बोली उदाउँछन् भारी मिश्रणमा पर्छन् । युद्ध, जोखिम, बाढी, अनिकाल, प्रकोपहरूले बसाइ सराइको अविराम क्रम चलिरहन्छ । […]

Read More

श्रद्धेय कमल थापाज्यू,

[ 53 ] July 27, 2015 |
श्रद्धेय कमल थापाज्यू,

श्रद्धेय कमल थापाज्यू, असल नेपाली नागरिक, कुशल नेता, वर्तमान राप्रपा अध्यक्ष (बोद्धार्थ, अन्यान्य समग्र इच्छुक पाठकलाई) श्रद्धेय कमल थापाज्यू, राजा महेन्द्रको समयदेखि कानुनबाट मात्र होइन तर कानुनलाई लत्याउने प्रहरी अनि न्यासँगत कुरा गर्न नचाहने गाउँलेहरूबाट चर्च र येशूभक्तहरू विभिन्न गैरकानुनी गाली, गलौज, यातना, खेदो, कुटपिट, असभ्य व्यवहार बोली दशकौं भोग्दै, लुक्दै, समातिँदै, थुनिन्दै राजा वीरेन्द्रको […]

Read More

सोचौं

[ 1 ] July 19, 2015 |
सोचौं

अभिषेकले त्यसबेला वास टुटाउँछ जब प्राथमिकताले आफ्नो स्थान गुमाउँछ। अगुवा त्यो बेला सेलाउँछ जब मनमा दश हजार कुरा खेलाउँछ । एक किताब, एक परमेश्वर, एक वचनको मान्यतामा दनदनी आगो लाग्छ – अनेक किताब, अनेक, विचार र अनेक चिन्ताले तिमीलाई सताउन लागेपछि । दृढ विश्वास, दृढ भरोसा अनि दृढ प्रार्थनाको इतिहास, अभ्यासमाथि मौन महाभुकम्प गइसकेपछि मन्दिरमा […]

Read More

आजभोलिका कुरा

[ 5 ] December 15, 2014 |
आजभोलिका कुरा

English Translation – Some Matters of Concern अरजेन्ट समयको नजीक हामी पुगिसकेको भान भइरहेछ । ख्रीष्ट विश्वासी, दिदी, बहिनी, दाजु, भाइ– प्रार्थना, पश्चाताप, प्रशंसा, पठनको अनिवार्यतालाई हामीले थाहा गरिरहनुपर्छ है सधैं । ‘वचनको पठन’ त्यही हो प्रथम प्राथमिकता । मण्डलीमा सबैभन्दा नेगलेक्ट भएको कुरो पनि त्यै हो । बाइबल अध्ययनविना ऊ को हो, म के हुँ, […]

Read More

जागिर होइन गाली खाइयो

[ 26 ] October 14, 2014 |
जागिर होइन गाली खाइयो

कम्पनी पनि ठूलो अरे अनि तलब पनि ठूलो अरे । इन्टरभिउमा गाको । चटक्क सजेको अफिसको गोलाकार टेबुलको एक छेउमा मलाई बस्न भन्नुभो । थुप्रै जना साबहरू मलाई अन्तर्वाता लिन बस्नुभाथ्यो । सबै जना सुट र टाइमा । राम्रै भएछ म पनि टाइ बाँधेरै गाको । उनीहरूमा हुकूमीपन थिएन । मन्द हाँसोमा नै स्वागत गर्नुभो […]

Read More

अञ्जुको आँधी परमप्रभुको हुकुम

[ 39 ] September 10, 2014 |
अञ्जुको आँधी परमप्रभुको हुकुम

लोकतन्त्र आएदेखि देशमा केही अस्थिरता र असुरक्षाको भावना छाएको छ । राजा लगायत, धर्म लगायत सबै विषयमा नयाँ सोचले प्रवेश गरेको छ । सबै मानिस बराबर हो अनि महिला पनि उत्तिकै सम्मानित प्राणी हुन् भन्ने “नयाँ विचार” हरू अचानक सामना गर्नुपर्दा आम मानिसले कहिल्यै नसोचेको, नकल्पेको धक्का महसुस गर्न पर्यो । जीवनभरि घृणित भनेको र […]

Read More

जिन्दगी कुछ भि नही…

[ 4 ] September 7, 2014 |
जिन्दगी कुछ भि नही…

विसञ्चो छु । के भो मलाई ? होश हराजस्तै । काम गर्न नसक्ने, मन नलाग्ने । सानु काम नि ठूलो लाग्ने । कुरा खेलिरहने । भविष्यसँग पनि डर लागिराको । बरबराइरहन्छु । कुन्नि के कुन्नि के । पत्रिका पढ्ने आँट छैन । नेपालको अख्तियार दुरोपयोग आयोगले धेरै धेरै कागज पत्र उठाइसक्यो, जफत गर्यो । प्रमाण […]

Read More

साधु गिरीश

[ 1 ] August 8, 2014 |
साधु गिरीश

Read More

बोल्नुहोस् पिता

[ 5 ] July 7, 2014 |
बोल्नुहोस् पिता

“कुनै मानिससँग नडराओ।” “पिता, धन्यवाद। व्यवस्था १को १७ पद। आहा। धन्यवाद। ‘मान्छेको डर एउटा पासो जस्तै हो, हितोपदेश २९:२५। पिता तपाईलाई हृदयको धन्यवाद त्यो २५ पदमा जोडिएको वाक्य ‘’परमप्रभुमा भरोसा राख्ने मानिस सुरक्षित रहन्छ”। यो पद तपाईले हितोपदेशमा मेरो लागि सजाइदिनुभो। त्यतिले पुग्छ क्यार। गजब पुग्छ। तर लोभी मन हेर्नुन अर्को पद अलिकता चियाउनु मन […]

Read More

वरपर, तलमाथि

[ 38 ] June 27, 2014 |
वरपर, तलमाथि

कनफिउज । जीवन तलमाथि, तलमाथि । चर्च हलमा प्रवेश । छेउकी टिन एजर नानीको अभिवादन र मुस्कान । धन्यवाद । तलमाथि भइराको जीवनमा राहत । सत्यको र शान्तिको खोजीमा फनफनी । ए बाबा रिङ्गाटो लागिसको फनफनीले । खानुकै कुरा । जागिर खाने, तलब खाने, डलर खाने, गउत खाने, पचाङ्ग खाने, तुङ्गबा खाने, खाँदै नखाने, अलिअलि […]

Read More

मुटुमाथि ढुङ्गा . . .

[ 9 ] February 10, 2014 |
मुटुमाथि ढुङ्गा . . .

मुटुमाथि ढुङ्गा . . . लोकनाथ मनेन नौलो नेपाली बाइबल छाप्ने र वितरण गर्ने काम भरखर शुरु भएको थियो। इश्वी १९७७तिर। बाइबल सबै ठाउँ पुग्नुपर्छ सबैले पढ्नुपर्छ भन्ने शिक्षा चर्चको शिक्षा हो र बाइबलको आफ्नै शिक्षा पनि हो। बाइबल सबैले पढ्न पाएका थिएनन्, पुगेकै थिएन। त्यस बेलाको सानो चर्चमा यो मान्छे भारतको, यो बिहारको, दक्षिण […]

Read More

भन्थीन मेरी उनी ..हैन .. बत्तमीज दिल !

[ 2 ] January 22, 2014 |
भन्थीन मेरी उनी ..हैन .. बत्तमीज दिल !

लोकनाथ मनेन Action शब्द को उच्चारण गराउने अक्षर नेपालीमा छैन Appleको  पनि हालत त्यस्तै छ । तर हामीले एकशन लिनै पर्छ र एपल पनि खानुपर्छ । समयलाई हेर्ने, देख्ने, चिन्ने काममा ढिला गर्नुहुन्न । Action लिनुहोस् । पहिले पहिले देशमाथि हतियार धारीहरूकै आक्रमण भइरहन्थे । बाजेको पालामा । सबलाई डर हुन्थ्यो । चनाखो भएर दिन […]

Read More

बापमाख्रीवि ले एअसग

[ 14 ] September 13, 2013 |
बापमाख्रीवि ले एअसग

समय छैन । सब आत्तिराछन् । बिजी । घरी के घरी के । यो छोटो आर्टिकल पढ्न भ्याउनुभो भने म छक्क पर्नेछु । इमेल, फेसबुक, एसएमएस, ट्विटरहरू सबले भन्दैछ छोटोमा छिटो छिटो भन्नू, इसक्यापमा भन्नु, नक्सामा बोल्नू, भिजुवलमा भन्नु, टाइम छ्रैन । नेपाल चर्च डट कममा केही भन्नु मन लाग्यो । अनुमति माग्छु । उफ […]

Read More

राजनीतिमा हाम्रो भूमिका?

[ 0 ] March 5, 2013 |
राजनीतिमा हाम्रो भूमिका?

ख्रीष्ट अनुयायी जुनै देश, समय र परिस्थितिमा बाँचेको भए पनि ऊ वर्तमानको घडी र चाँडै भविष्यमा आउने प्रभुको दिनको बीच भागमा बाँचेको हुन्छ। उसले केही गर्छ, गर्नुपर्छ अनि दिन आएपछि चुपचाप मर्नुपर्छ। पृथ्वीमा उसको गतिविधिको लेखाजोखा स्वर्गमा भएको जीवनको पुस्तकमा राखिएको हुन्छ। प्रभु येशू ख्रीष्टले भन्नुभएको थियो होशियार रहो जागा बस र प्रार्थना गर। किनकि […]

Read More

अन्तिम लेख . . .

[ 0 ] January 19, 2013 |
अन्तिम लेख . . .

पृथ्वीको सबै सम्बन्ध, झैझमेला सामान र नाता, कागज पुस्तक पत्र, गितार, किबोर्ड, कम्प्यूटर, मोबाइल र जिम्मेवारीहरू थन्काएर अब जानुपर्छ भनी मलाई सूचना आयो भने म के गर्न चाहन्छु? अब तेरो मगजले काम गर्दैन, लेख्ने हातले पनि काम गर्दैन भनी मलाई केही बेर वा केही दिनको म्यादमात्र प्राप्त भयो र त्यस्तो अनुमानित स्थितिको सन्दर्भमा के गर्छौ […]

Read More

गोठमा दैलो छैन

[ 2 ] December 24, 2012 |
गोठमा दैलो छैन

“हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ । हाम्रा निम्ति एउटा छोरो दिइएको छ ।” यो वाक्यमाथि अब विश्वले सोचविचार गर्ने र मनन गर्ने सिजन आइरहेको छ, “हाम्रा निम्ति” को अर्थ घमण्डी यहुदीहरूको लागि आफ्नै निम्ति भन्ने थियो । ”हाम्रो निम्ति हो, कहाँ दुनियाभरको लागि ?” भनी उनीहरूले येशूलाई स्वीकार गर्न चाहेका छैनन । पापी, […]

Read More

सरल कंचन १३

[ 0 ] August 27, 2012 |
सरल कंचन १३

सरल कंचन १३ A Nepali Christian magazine by Loknath Manean. August 2012/27

Read More

मेरो सपना

[ 0 ] August 13, 2012 |
मेरो सपना

नादिनाले उसलाई ठाडो प्रश्न गरी, “तिम्रो जाति हिब्बी हो?” “हो।” “तिम्रो नाउँ एदान हो?” “हो।” नादिना त्यसपछि मुसुक्क हाँस्छे। ती पुरुषतिर मदिराको कचौरा उचालेर तिरमिर आँखाले हेर्छे। एदान उसलाई निर्निमेष हेरिरहन्छ, केही नबुझी। यो हिब्बी जातिको मान्छे यहाँ आएको दुई, चार वर्षै भो। कम्ती बोल्छ। बोल्नुमा उसलाई कोही बेला बाधा हुन्छ। शब्द अड्कन्छ। आज  यो […]

Read More

भेटघाट भो, भेटघाट भएन

[ 0 ] August 3, 2012 |
भेटघाट भो, भेटघाट भएन

मैले अस्ति एलियालाई भेटें। घुम्न गाको थिएँ त्यतातिर। एलिया बस्ने शहरतिर। को हुन् त एलिया भन्ने जिज्ञासा र चासो मनभरि थियो। जीवनभरि सुनेको एलिया, एलिया भनेर। भेट भो। खाजा खाँदै कुराकानी भो। मलाई छक्क लाग्यो। उहाँले भन्नुभो, पन्ध्र किलो बिउ जाने खाडल खनेर, बाह्रै गाग्रा पानी खनाएर सबै दाउरा पानीमा डुबाएको साँचो हो रे। म […]

Read More

एफिसीले औंल्याएका वास्तविकताहरू

[ 0 ] June 24, 2011 |
एफिसीले औंल्याएका वास्तविकताहरू

(ट्रान्सफरमेशन फेलोसिपको फोरममा मार्च १२, २०११ मा आशा चर्चमा प्रस्तुत मिडिया पेपरमाथि आधारित) मिडियमको अर्थ नै माध्यम । माध्यम साधन हो, साध्य होइन। कुनै काम वा मिसन पूरा गर्नको लागि प्रयोग गरिएको सञ्चार औजार । ख्रीष्ट अनुयायीले म मिडियाको प्रयोगमा लाग्छु र ख्रीष्टको सन्देश बताउँछु भन्नु स्वागतयोग्य कुरो हो । सान्दर्भिक, युगानुकूल सोच । रेडियो, […]

Read More