Jagadish Pokhrel

Jagadish Pokhrel

Birthday: 15 December
Relationship Status: Single
Languages: Nepali, Hindi and English
Church: NIM Gongabu

Facebook

Author's Website

पूर्वान्चलको चर्चित सुरुंगा गोल्डकपमा चर्च ब्वाइज युनाइटेड बिजयी

[ 1 ] November 6, 2015 |
पूर्वान्चलको चर्चित  सुरुंगा गोल्डकपमा चर्च ब्वाइज युनाइटेड बिजयी

उर्लाबारी मोरंगमा सम्पन्न सुरुङ्गा गोल्ड कप–२०७२ को फाइनलमा रमपम झापा–११ लाई १-० गोलले हराउंदै चर्च ब्वाइज युनाइटेड काठमाडौं  बिजयी भएको छ । बुधबार भएको सेमिफाइनल अन्तर्गतको अन्तिम खेलमा चर्च ब्वाइजले घरेलु टोली कन्काई खेलकुद प्रतिष्ठानलाई ३-० गोल अन्तरले हराएपछि झापा र चर्च ब्वाइजको बीचमा आज फाइनल खेल भएको हो । चर्च ब्वाइजलाई उपाधि दिलाउन सुमन […]

Read More

गोर्खाली जवानहरूको सम्मेलन भव्यताका साथ् सम्पन्न

[ 5 ] October 22, 2015 |
गोर्खाली जवानहरूको सम्मेलन भव्यताका साथ् सम्पन्न

कार्तिक ५, गोरखा, गोर्खाली ख्रीष्टिय युवा एकता संगतिको आयोजनामा बिनय चर्च एघारकिलो गोरखामा जिल्लाव्यापी ख्रीष्टिय जवान सम्मेलन सम्पन्न भएको छ । यहि कार्तिक ३, ४ र ५ गते सम्पन्न भएको उक्त सम्मेलनमा गोरखा जिल्लाका बिभिन्न मण्डलीबाट झन्डै ३५० भन्दा बढी जवानहरूको उपस्थिति रहेको थियो । भूकम्पले गाउँठाउँ अस्तव्यस्त भएका बेलामा पनि टाढाटाढाबाटसमेत् यति ठुलो संख्यामा […]

Read More

झापाका २ वटा चर्चमा बम बिष्फोट

[ 2 ] September 15, 2015 |
झापाका २ वटा चर्चमा बम बिष्फोट

भाद्र २९, २०७२- दमक झापाको २ वटा चर्चमा  सोमबार राति बम पड्काइएको छ । इलाका प्रहरी कार्यलय दमकका अनुसार राति साढे ११ बजेतिर दमक-१० स्थित ज्योति  चर्चमा बम पड्काइएको हो । एउटा बम गेटमा र अर्को भवनको छेउमा पड्काइएको डिएसपि इश्वर कार्कीले जानकारी दिए । कार्कीका अनुसार बमले झ्यालका सिसाहरु फुटेका छन् । यसैगरी खजुरगाछि-९ […]

Read More

इसाईहरूमाथि दुर्ब्यबहार, मलामीमाथि लाठि प्रहार

[ 1 ] September 7, 2015 |
इसाईहरूमाथि दुर्ब्यबहार, मलामीमाथि लाठि प्रहार

संजोग कुमार डंगोल १९ गते शनिवार रातको समयमा मलामी गएका बेत्रावती नुवाकोटका इसाईहरूमाथि केही व्यक्तिहरुले बेत्रावती बजार, गेर्खु ९, (उत्तरगयाधाम) मा दुर्बब्यबहार भएको पिडित बताउँछन् । रातको करिब एघार बजे शव बोकेर घाटतर्फ गइरहेका इसाईहरुमाथि बेत्रावतीका केही स्थानिय व्यक्तिहरुले हातमा लाठि र रड लिएर खेदेका हुन् । शव बोकेकाहरु ज्यान जोगाएर भागेपछि एक जना दल […]

Read More

धर्मपरिवर्तन अधिकार कि अपराध?

[ 18 ] August 17, 2015 |
धर्मपरिवर्तन अधिकार कि अपराध?

– Jagadish Pokharel नेपालको संबिधान २०७२ आउने लगभग निश्चित भएको छ । यस संबिधानमा राखिएका र राख्न नसकिएका थुप्रै प्रावधानहरूले आम जनमानसलाई तरंगित बनाएका छन् । धर्मको सवालमा सबैको ध्यान राष्ट्र धर्मनिरपेक्ष वा धर्मसापेक्ष के हुने भन्नेतर्फ गयो । पूर्ण प्रजातान्त्रिक भनिएको देशमा नागरिकको व्यक्तिगत अधिकारलाई कुण्ठित गर्ने गरेर संबिधान ल्याउने तयारी भएको तर्फ भने […]

Read More

सरकारसँग ख्रीष्टियन महासंघको माग – धर्मनिरपेक्षतालाई अपहेलित नगरियोस्

[ 38 ] July 5, 2015 |
सरकारसँग ख्रीष्टियन महासंघको माग – धर्मनिरपेक्षतालाई अपहेलित नगरियोस्

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले एक पत्रकार सम्मेलन गरेर आफ्ना तिन बुंदे माग यथासिघ्र पुरा गर्न सरकारसँग माग गरेको छ । योगम्बर पार्टी भेन्यु सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा महासंघका महासचिव सी.वि. गहतराजले आफ्ना मागहरू प्रस्तुत गर्नुभएको थियो ।पत्रकार सम्मेलनमार्फत महासंघले सरकारसँग गरेका मागहरू यसप्रकार छन्: १) अब बन्न गइराखेको नेपालको संबिधान २०७२ को संबिधान मस्यौदामा धर्मनिरपेक्षतालाई […]

Read More

भूकम्प पिडितलाई राहत वितरण

[ 0 ] May 2, 2015 |
भूकम्प पिडितलाई राहत वितरण

“सेवा गर्न अबेर नगरौं” (Serve Now, Procrastinate Later) भन्ने नाराका साथ् संचालित गैह्रसरकारी संस्था सर्भ नाउ नेपालले गत शनिवार गएको महाभूकम्पका पिडितहरूलाई राहत उपलब्ध गराएको छ । भूकम्पबाट सबैभन्दा धेरै प्रभावित मध्येका सिन्धुपाल्चोक, गोर्खा, धादिङ्ग र काठमाडौंका बिभिन्न ठाउँहरूमा संस्थाले राहत बाँडेको हो । हालसम्म संस्थाले ५०० भन्दा बढी परिवारलाई २३०० केजी चिउरा, त्रिपाल, चाउचाउ, […]

Read More

देशका बिभिन्न भागमा शैक्षिक सामग्री वितरण

[ 0 ] April 25, 2015 |
देशका बिभिन्न भागमा शैक्षिक सामग्री वितरण

११ बैसाख, चितवन, यस वर्षको शैक्षिक शत्रको सुरूवातसँगै गैरसरकारी संस्था जेन्टल हार्ट फाउन्डेसन (कोमल हृदय प्रतिष्ठान) ले धादिङ, नवलपरासी तथा चितवन जिल्लाका केहि गाउँहरुमा बिभिन्न सामग्रीहरू वितरण गरेको छ । संस्थाले धादिङको पिंडा, नवलपरासीको पिठौली तथा चितवनको जुटपानी गा. वि. स. मा रहेका अति बिपन्न समुदायका १४३ जना बालबालिकाहरूलाई बिहीवार र शुक्रवार गरि शैक्षिक सामग्री वितरण […]

Read More

सीपमूलक तालिम सम्पन्न

[ 1 ] April 17, 2015 |
सीपमूलक तालिम सम्पन्न

बैसाख ०४, धादिङ, पिछडिएका महिला तथा बालबालिकाहरूको हितमा संघर्षरत नाफारहित गैरसरकारी संस्था सेवा अहिले नेपाल (Serve Now Nepal) द्वारा बिगत छ महिनादेखि धादिङ जिल्लास्थित पिंडा गा.बि.स. मा संचालित सिलाईकटाई तालिमको समापन भएको छ । आज सम्पन्न दिक्षान्त समारोहमा धादिङका पिंडा, कुन्पुर र गजुरी गाबिसका गरि जम्मा २१ जना यूवतिहरू दिक्षित भएका छन् । कमजोर आर्थिक […]

Read More

नेपाली क्रिश्चियन इतिहासलाई नियाल्दा

[ 2 ] February 2, 2015 |
नेपाली क्रिश्चियन इतिहासलाई नियाल्दा

तिमीहरू हिजो आएर आज यो देशमाथि हुकुम चलाउन खोज्ने? धेरैपटक मैले यस प्रश्नको सामना गर्नुपरेको छ। नबुझेकाहरूको त बेग्लै कुरा, यहाँ जानेबुझेका मानिनेहरूले पनि पटक पटक क्रिश्चियनहरूमाथि यसरी नै ऐतिहासिकताको प्रश्न उठाउने गर्छन्। उनीहरू भन्छन् कि ५०-६० वर्ष अघि आएका क्रिश्चियनहरूले अरुहरूलेझैं यो देशमा आफ्ना गतिविधिहरू गर्न मिल्दैन। उनीहरूको बुझाइमा हिन्दुलगायत अरु कतिवटा धर्महरू नेपालका […]

Read More

बिपन्न समुदायका बालबालिकाहरूलाई लत्ताकपडा वितरण

[ 0 ] January 4, 2015 |
बिपन्न समुदायका बालबालिकाहरूलाई लत्ताकपडा वितरण

“सेवा गर्न अबेर नगरौं” भन्ने नाराका साथ् सुरु भएको ‘सेवा अहिले नेपाल’ नामक संस्थाले पुर्वी चितवनको जुटपानी ४ स्थित पृथ्वी उच्च मावि सालघारी शाखा लगायत देशका अन्य बिभिन्न ठाउँका बालबालिकाहरुलाई जाडोमा लगाउने कपडा वितरण गरेको छ । सो संस्थाले जम्माजम्मी २८३ जना बालबालिकाहरुलाई ज्याकेट, ट्राउजर र टोपी प्रदान गरेको हो । सेवा अहिले नेपालका राष्ट्रिय […]

Read More

सर्भ नाउ नेपाल (Serve Now Nepal) को सुरुवात

[ 0 ] October 20, 2014 |
सर्भ नाउ नेपाल (Serve Now Nepal) को सुरुवात

शोषित पिडित महिला तथा बालबालिकाहरूको पक्षमा साथै समाजमा रहेका अन्य बिबिध समस्याहरुको निराकरण गर्ने उद्देश्यका साथ् “सर्भ नाउ नेपाल” (Serve Now Nepal) नामक गैह्रसरकारी संस्थाको बिधिबत सुरुवात भएको छ । सर्भ नाउ इन्टरनेसनलका प्रमुख डा. लार्स बि. डनबर्ग (Dr. Lars B. Dunberg) ले यहि कार्तिक २ गते संस्थाको केन्द्रिय कार्यालय बालुवाटारको उद्घाटन गर्नुभएको हो । […]

Read More

१५ वर्ष उमेर मुनिकाहरुको फूटबल प्रतियोगिता २०१४

[ 0 ] October 20, 2014 |
१५ वर्ष उमेर मुनिकाहरुको फूटबल प्रतियोगिता २०१४

अक्टोबर १९, ख्रीष्टियान स्पोर्ट्स फेलोशिप नेपालको आयोजनामा पहिलो पटक १५ वर्ष उमेर मुनिकाहरुको फूटबल प्रतियोगिता हुनेभएको छ ।  प्रतियोगीता अक्टोबर २३ देखि २५ सम्म सि .एस. एफ. स्पोर्ट्स कम्प्लेक्स सातदोबाटोमा गरिनेभएको छ ।  खेलमार्फत स्थानीय मण्डलीमा भएका १५ वर्ष उमेर मुनिका खेलाडीहरुको प्रतिभालाई प्रोत्साहन गर्नु र मण्डली-मण्डली बीच एक आपसमा आत्मीय संगति तथा ख्रीष्टिय एकता कायम गर्दै परमेश्वरको नाउँलाई […]

Read More

हल्लैहल्लाको देशमा अन्जु पन्तबारेको हल्ला

[ 70 ] September 19, 2014 |
हल्लैहल्लाको देशमा अन्जु पन्तबारेको हल्ला

कवि भूपी शेरचनले धेरै बर्ष अघि नै यस देशलाई हल्लैहल्लाको देशको रुपमा चित्रण गरेका थिए । हुन पनि यो देश हल्ला, गाली र तालीले चलेको देश हो । यहाँ सबैलाई ताली चाहिएको छ, तर त्यसका निम्ति गालीबाहेक अरु गर्ने उपाय कसैसँग छैन । बिगत केहि दिनअघि नेपालमा फेरि अर्को एउटा नयाँ हल्लाको जन्म भयो । […]

Read More

अभिमुखीकरण तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

[ 0 ] August 19, 2014 |
अभिमुखीकरण तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

गरिव, असहाय तथा पछाडी पारिएका बालबालिका एबं महिलाहरुको पक्षमा कार्यरत सामाजिक संस्था जेन्टल हार्ट फाउन्डेसनले हालै नवलपरासी तथा चितवन जिल्लामा बिबिध कार्यक्रमहरु सम्पन्न गरेको छ । गत आइतबार र सोमबार (अगस्ट १७ र १८) सम्पन्न भएका दुई फरक फरक कार्यक्रममा चितवन जिल्लाको जुटपानी र नवलपरासी जिल्लाको पिठौरीमा झन्डै १०० भन्दा बढी बालबालिका तथा तिनका अभिभावकहरु […]

Read More

भर्चुअल लभ

[ 4 ] July 11, 2014 |
भर्चुअल लभ

अरुणा छन्त्याल म आफू जन्मजात बोल्न नसक्ने अपांगता भएकी व्यक्ति हुँ | चलनचल्तीको भाषामा भन्नुपर्दा आम मानिसले गिज्याएर वा टीठ्याएर ‘ए’ वा ‘बिचरी’को उद्गारसँगै भन्ने शब्द ‘लाटी’ हो | सानोमा कसैले मलाई ‘ए लाटी !’ भन्यो भने मेरो कन्सिरी यति तात्थ्यो कि त्यो जोसुकै होस् त्यसको पाखुरा क्याप्पै टोकिदिन्थें वा त्यसको कपाल लुछिदिन्थें | मेरो […]

Read More

येशूको सवाल जवाफ

[ 0 ] July 1, 2014 |
येशूको सवाल जवाफ

सुमन राई बाइबलले प्रष्ट बताउंछ कि येशू किशोर अवस्थादेखि नैै वाकपटुतामा प्रखर ठहरिनुभएको थियो (लूका २:४६) । वर्तमान समयमा विश्वासीहरु माझ टड्कारो देखिएको आवस्यकता यो पनि हो कि हरेक प्रश्नको सवाल जवाफ उचित तरिकाले दिन सक्नु । जसका लागि सयौं ठाउंमा आयोजना गरिने विभिन्न लिडरशीपको तालिम तथा क्याम्पहरुमा सहभागी भएर मात्र पर्याप्त हुंदैन, सही खुराक […]

Read More

क्रिश्चियन सेवाकाइ र आर्थिक पारदर्शिताको मुद्दा

[ 33 ] July 1, 2014 |
क्रिश्चियन सेवाकाइ र आर्थिक पारदर्शिताको मुद्दा

जगदीश पोखरेल किन अधिकांश सेवामूलक संस्थाहरु क्रिश्चियन बाहुल्यता भएका देशहरुबाट मात्रै छन् ? किन अरुलाई वास्ता नभएको कुरा क्रिश्चियनहरूले मात्रै अति वास्ता गर्नुपर्ने? कतै यो विश्वभरका सबै संस्कृति मास्ने अनि सेवाकै नाममा आफ्नो पेट भर्ने नियोजित ग्र्याण्ड डिजाइन त होइन? यी प्रश्नहरु आम जनमानसको निम्ति सामान्य प्रश्नहरु हुन्, धेरैका मनमा धेरैपटक उठेका होलान् । हुन […]

Read More

जवान अगुवाहरुको फोरम सम्पन्न

[ 0 ] June 30, 2014 |
जवान अगुवाहरुको फोरम सम्पन्न

असार १६, काठमाडौं, डेभलपमेन्ट एसोसिएट्स इन्टरनेसनल (DAI Nepal) को आयोजनामा ललितपुरको लेले स्थित आनन्दबन लेप्रोसी अस्पतालको तालिम केन्द्रमा हालै एक फोरम सम्पन्न भएको छ। Issachar Initiative Forum नाम दिइएको उक्त फोरममा काठमाडौं ,चितवन र पोखराका बिभिन्न चर्चका गरि जम्मा ४० जना जवान अगुवाहरुको सहभागिता रहेको थियो । असार १३ देखि १६ सम्ममा सम्पन्न भएको उक्त कार्यक्रममा […]

Read More

एकदिनको दैनिकी: ‘हाम्रो यहाँ रहिरहने शहर छैन’

[ 14 ] June 17, 2014 |
एकदिनको दैनिकी: ‘हाम्रो यहाँ रहिरहने शहर छैन’

सुमन राई असार ३, २०७१ । एकाविहानै बाटोमा एउटा महिला रिक्सामा आफ्नो नानीसँग रुँदै मेडिकलतिर दौडिइन् । बच्चालाई के भएको हो थाहा भएन । तरै पनि बच्चा बेहोस थियो । आमा भने–‘छोरा तँलाई के भयो ? तँलाई केही नहोस् है !’ भन्दै रुँदै, बर्बराउँदै थिइन् । केही परसम्मबाट पनि त्यो करुण क्रन्दन सुन्न सकेँ । अर्को घुम्तीमा […]

Read More