ललितपुर, नेवाः इसाई साहित्य केन्द्रको चौंथो साधारण सभा गत भदौ ३ गते सम्पन्न भयो। परमेश्वरको वचन समस्त नेवारहरुका बीच नेवार भाषामा पुर्याउने लक्ष्य लिएर स्थापना भएको सो संस्थाको साधारण सभा ललितपुरको क्वाइनोनिया पाटन मण्डली कृपा गृहमा भएको थियो।
सो कार्यक्रममा प्रमुख वक्ताको रूपमा बोल्नु हुँदै पास्टर डा. मंगलमान महर्जनले परमेश्वरको वचनमा ध्यान दियो भने मानिसहरूले आफ्नो जीवन चरित्र ठीक राख्न सक्छ भनि वचनबाट बोल्नुभयो। जग बलियो भएको कुनै पनि इसाईले जस्तो सुकै कठिन परिस्थितिमा पनि आफ्नो विश्वाशलाई बलियोसंग पक्रिराख्छ भन्दै उहाँले बाइबल मानिसको लागि एउटा guide book भएकोले मानिसहरू यसको आधारमा जिउनु पर्छ र यसलार्इ महत्व दिनु पर्छ भन्नुभयो।
उत्त कार्यक्रममा २०७१/२०७२ को आर्थिक विवरण प्रस्तुत गर्दै कोषाध्यक्ष एल्डर विश्व कर्माचार्यले देश परिवर्तन गर्न परमेश्वरको वचनले मात्र सक्छ, त्यसको लागि अरू कुनै उपाय छैन भन्नुभयो। कार्यक्रममा केन्द्रको प्रगति विवरण केन्द्रका संयोजक चक्रलाल महर्जनले प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा पास्टर हाबिल महर्जन, रुबेन महर्जन र भरत महर्जनले नेवार भाषामा भजन सुनाउनु भएको थियो र कार्यक्रमलार्इ मनोरन्जन पार्नुभएको थियो। केन्द्रका सचिव पास्टर मोहन प्रसाद श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको थियो। र सो कार्यक्रममा केन्द्रका अध्यक्ष एल्डर मंगललाल महर्जनले धन्यवाद ज्ञापन गर्नु भएको थियो। सो कार्यक्रममा सहभागीहरूको दर्ता गर्ने कार्य पास्टर प्रेमकृष्ण महर्जनले गर्नुभएको थियो।
धन्यबाद।
नेवा: इसार्इ साहित्य केन्द्र,
थसिखेल, ललितपुर।
फोन नं ५५३६२२५
र्इमेल; nclcnewar@gmail.com
Discussion about this post