संविधानमा अल्पसंख्यक

[ 0 ] July 29, 2015 |
Ram Prasad Paudel

Ram Prasad Paudel

संविधानमा अल्पसंख्यक
रामप्रसाद पौडेल

आठ वर्षसम्म बाँझो जस्तै देखिएको संविधानसभाले बडो लामो प्रसवपछि ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२’ को मस्यौदा जन्माएको छ । आफूले जन्माएको सन्तान प्यारो लाग्ने प्राकृतिक शर्त विपरीत यसलाई जन्माउने संविधानसभाका सदस्यहरु नै मस्यौदा कुरुप भयो, अमिल्दो भयो, यसमा आफ्नो प्रतिच्छायाँ देख्न पाइएन लगायतका गुनासो गर्दै यो आफ्नो सन्तान नै नभएको आशंका साथ आलाप गर्न थालेका छन् । यदि संविधानसभाका सदस्यहरुले गरेको गुनासोलाई सही मान्ने हो भने हामीले चुनेर संविधान लेख्न पठाएका संविधान सभाका सदस्यहरु निरीह भएको र अरु कसैको इसारामा संविधान लेखिँदै गरेको अनि संविधान लेखनमा मुट्ठीभरका माननीयहरु हावी भएको निश्चित हुन आउँछ ।

मस्यौदा सरसर्ती हेर्दा केही कुरा सन्तोषजनक देखिए पनि अधिकांस बुँदाहरुमा कुनै न कुनै समूहको दुर्गन्ध ह्वास्सै आएको देख्न पाइन्छ । मधेसी, जनजाति, दलित, महिला र अल्पसंख्यकहरु पछि पारिएका छन् । उनीहरुका लागि यो संविधान ‘कागलाई पाकेको बेल’ जस्तै भएको छ । यसै प्रशंगमा एउटा चर्चित किस्सा जोड्न सान्दर्भिक ठान्दछु । लामो समय विदेश बसेका बाबु घर फर्केपछि खुशी हुँदै उसका लालाबालाहरु कराउँदा रहेछन् हाम्रो बाउ आए, हाम्रो बाउ आए…..। त्यति नै बेला बालबालिकाहरुको सातो लिँदै आमाचाहिँले हकारिछन् “आए त आए तिमेरका बाऊ मेरो लागि लाए, तिमेरका लागि के आए… ?” अनि त बालबालिकाहरु तैं चुप मै चुप । हो यो संविधान पनि विदेशिएको बाउ घर फर्किएर आएको जस्तै भएको छ । “संविधान, संविधान ∕” भनेर भैलो खेल्ने दलित, जनजाति, मधेसी, महिला, सिमान्तकृत र धार्मिक अल्पसंख्यकहरु ती बालबालिका जस्तै चुप लाग्न बाध्य पारिएका छन् । बाउ, आमाको लागि आए जस्तै यो संविधान पनि ठूलाबडाको लागि आएको छ ।

यस लेखमा यो पङतीकार धार्मिक अल्पसंख्यकहरु कसरी जिल्लाराम पारिए भन्ने कुरामा केही तीतो ओकल्न चाहन्छ । मस्यौदाले धर्म निरपेक्ष मुलुकको अन्तरिम व्यवस्थालाई तीन बल्ड्याङ खेलाएर धार्मिक स्वतन्त्रता नामको ‘नयाँ जोगी’ प्रतिस्थापन ग¥यो । धार्मिक स्वतन्त्रता शब्द आफैंमा यति मीठो ललिपप थियो कि सुन्नेहरु सुरुमा त द∙ै परे । हामी धार्मिक अल्पसंख्यकहरु पनि द∙ प¥यौं । तर खास कुरो अर्कै थियो । धर्म निरपेक्ष शब्दलाई संविधानमा राख्दा राज्यको आफ्नो कुनै धर्म नहुने वा राज्य धर्मबाट अलग रहनुपर्ने वा गेरुवा लगाएर राज्यको ढुकुटीमा दाईं गर्न नमिल्ने (संविधानतः) भएका कारण बडो चलाकी गरी धर्मभीरुहरुले धार्मिक स्वतन्त्रता नामको नयाँ प्रपोगाण्डा रचेका थिए । अन्तरिम संविधानले धर्म निरपेक्ष घोषणा गरिसक्दा पनि कुनै अमुक धर्मप्रति आशक्त देशका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र गन्यमान्यहरु भोटो देखाउने, कछाड देखाउने… लगायतका क्रियाकलापमा तल्लिन हुने मुलुक हो यो । संविधानका संरक्षकहरु नै संविधान विरुद्धका क्रियाकलापमा तल्लिनरहँदा संविधान लागु गराउने ठेक्का पाएको सर्वोच्च अदालत र अन्य अदालतहरु चुँ सम्म बोल्न सकेनन् न त आम नागरिकको मसिहा सम्झने नागरिक समाजले नै यो विषयमा मुख खोल्न सक्यो । चाहेको भए आफ्नो अख्तियारीको दुरुपयोग गरेको भनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यो विषयमा औंला ठड्याउन सक्थ्यो ।  तर कसैले केही गरेनन्, कारण नियम लागु गराउने निकायका टाउकेहरुबाट धर्मको ख्याक उत्रिसकेको थिएन ।

यतिखेर वैचारिक धरातल गुमाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु धर्मको सि∙ो ठेक्का लिएको अभिनय गरिरहेको छ । ‘पुच्छरमा प्रजातन्त्र झुण्ड्याउँदैमा प्रजातन्त्र बुझेको हँुदैन’ भन्ने कुरा उसका बिज्याईं र हर्कतहरुबाट प्रष्टै हुन्छ । होइन भने उसले ‘नेपालीलाई नास्तिक बनाउन सकिन्छ तर स्वतन्त्रतापूर्वक अर्को धर्म अवलम्बन गर्न दिन सकिँदैन’ भनेर संविधानसभामा तमासा देखाउने थिएन । लोकतान्त्रिक नेपालको प्रजातान्त्रिक पार्टीले देखाउन सक्ने यो भन्दा लाजमर्दो हर्कत अरु के होला र ? राप्रपा र तिनका मलामी काँग्रेसीहरुले बुझ्नुपर्ने कुरा के हो भने हिन्दु धर्म पनि तिनीहरुको आफ्नै धर्म होइन । इशापूर्व १५औं शताब्दिमा युरोपबाट आएर भारत कब्जा जमाएका आर्यन (इरानीहरुको पुर्खा) हरुले त्यहाँका आदिवासीहरुमाथि आधिपत्य कायम गर्न प्रतिपादन गरेको एउटा दर्शन हो (धर्महरुको शुरुवातः डा. थोमस ह्वाङ पृष्ठ १४७) । अमुक नामको त्यो दर्शन सिन्धुघाटी हुँदै नेपाल प्रवेश ग¥यो र ‘हिन्दु’ हुन पुग्यो । अरुलाई विदेशी भनेर सत्तोसराप गर्ने पाखण्डहरुले हिन्दु संस्कारलाई कसरी स्वदेशी प्रमाणित गर्न सक्छन ? म चुनौती दिन चाहन्छु । स्वतन्त्र जन्मिएको बालकलाई लंगौटी भिराइदिदैमा हिन्दु धर्मावलम्बी हुन सक्दैन । कुनै पनि व्यक्तिले आफूले जान्ने बुझ्ने भएर कुन धर्म संस्कार आफ्नो निम्ति अनुकुल छ त्यसलाई स्वीकार गर्न पाउनुपर्छ । कसैले नास्तिक नै हुने इच्छा गर्दछ भने पनि ऊ नास्तिक हुन स्वतन्त्र छ । तर गर्भमा आकार ग्रहण गर्दै गरेको भ्रुणलाई हिन्दु कित्तामा कित्ताकाँट गरी मेरो बगाल ठूलो छ भन्नु रत्तिभर पनि बुद्धिमत्ता ठहर्दैन ।

इसाईहरुले आफ्नो सन्तानलाई १५÷१६ वर्ष पुगेपछि इसाई संस्कार अवलम्बन गर्ने नगर्ने विषयमा स्वतन्त्र निर्णय गर्ने अधिकार दिन्छन् । १५÷१६ वर्षका नहुञ्जेल र धार्मिक रीति अनुसार बप्तिस्मा नलिउञ्जेल उनीहरु इसाई परिवारमा हुर्किए पनि इसाई हुँदैनन् । हे हिन्दु संस्कारका व्यापारीहरु हो ∕ हिम्मत छ भने तिमीले शत्रु मानेको इसाईहरुबाट स्वतन्त्रताको कुरा सिक । यदि हिम्मत छैन भने अरुलाई कुण्ठित पार्न कानुनी व्यवस्था गर्नुपर्छ भन्ने तिम्रो बाल हठ त्याग र आफ्नो विवेक प्रकट गर ।

अब विषय लोकतान्त्रिक नेपालको संविधान २०७२ तिरै मोडौं । मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले धार्मिक स्वतन्त्रताको हकलाई कमल थापाले खोजे अनुसार नै ब्याख्या गरिने भनेर धुप धुँवार गरेपछि ‘प्रजातन्त्रको प्रेत’ केही साम्य भएजस्तो देखिएको छ । तर एक खर्बको बद्लामा हिन्दु राष्ट्र माग्ने ‘बडे भैया’ को रबैयाले फेरि एकपटक नेपालमा धार्मिक हिंसाको सम्भावनालाई बलियो बनाइदिएको छ । आफ्नो देशमा चुँक्क बोल्न नसक्ने भारतीय स्यालहरु नेपाललाई हिन्दु राष्ट्र कायम गरी आफ्नो निहीत स्वार्थपूर्ति गर्न तल्लिन देखिन थालेका छन् । यस्तै पारा रहिरहने हो र भारतीय अभीष्टलाई साथ दिँदै जाने हो भने भारतका नरेन्द्र मोदी आफ्नो अवकास पछिको जीवनमा हिन्दुराष्ट नेपालको राजा बनेर नआउलान् भन्न सकिँदैन । युरोपियन मुलुकका राजदुतहरुले संविधानमा धार्मिक स्वतन्त्रताको हकलाई सुनिश्चित गर भन्ने सल्लाह दिँदा ‘विदेशी हस्तक्षेप भयो’ भनेर सुरुवाल भिज्नेगरी चिच्याउनेहरु भारतले सिधै नेपाललाई हिन्दु राष्ट्र बनाऊ भनेर आदेश दिँदा पहेँला दाँत देखाएर ङिच्च हाँस्दै घोप्टा जु∙ा मुसार्छन् र भन्छन् “जो हुकुम मालिक ∕”

यो पराधीनता कहिलेसम्म ? यहाँको नेताहरु कहिलेसम्म परिचालित भइरहने ? के स्वचालित हुन सक्ने विवेक हाम्रा नेताहरुमा छैन ? आफ्नो देशको संविधान आफ्नै देशको जनताका लागि बनाउने हो कि मालिकहरुलाई खुशी पार्न ? यदि आफ्नो देशको जनताका लागि बनाउने हो भने चेत खोल र सम्झ, यो देशमा आधाभन्दा धेरै महिलाहरु बस्छन् । उनीहरुको हक अधिकार सुनिश्चित गर । यो देशमा दलितहरु वर्षौंदेखि हिन्दु वर्ण व्यवस्थाको भारीले थिचेर कुँजो बन्न लागेका छन्, तिनलाई स्वतन्त्रताको स्वास फेर्ने मौका देऊ समानताको अनुभूति गर्न देऊ ।

आदिवासीहरु आफ्नै भूमिबाट लखेटिने र आफ्नै ठाउँमा अल्पसंख्यक हुने अवस्थामा छन् उनीहरुको संरक्षण गर, सम्मान गर । जनजातिहरु देशको पक्षमा वर्षौंदेखि विदेशी भूमिमा वीरता प्रदर्शन गरिरहेका छन् तिनीहरुलाई विदेशीलाई जस्तो ब्यवहार नगर । तिनको भाषा, धर्म, रहनसहन र भूमिको सम्मान गर । मधेसीहरु पूर्व मेचीदेखि महाकालीसम्म देशको सीमाको पर्खाल बनेर उभिएका छन् । उनीहरुलाई आफ्नै दाजुभाई ठान, उनीहरुमाथि शंका नगर, नहेप र सम्मान गर । यही माटोमा किराँतहरु छन्, प्रकृति पूजकहरु छन्, मुस्लिमहरु छन्, सिखहरु छन्, बहाईहरु छन्, इसाईहरु छन् बौद्धमार्गीहरु छन् अनि सबैभन्दा धेरै हिन्दुहरु छन् । ती सबैलाई सम्मान गर । धर्म फेर्न चाहनेलाई फेर्न देऊ, जात फेर्न चाहनेलाई फेर्न देऊ, कसैले भाषा र भुगोल फेर्न चाहन्छन् भने पनि रोकतोक नगर । पार्टी र विचार फेर्नेहरुलाई जसरी तिमीहरु अबीर मालाले स्वागत गर्छौ त्यसरी नै धर्म, संस्कार, भाषा, भुगोल र जात फेर्न चाहनेहरुलाई पनि स्वतन्त्रता देऊ । तिमीले बुझ्नै पर्ने कुरा के हो भने, यो माटो सबैको साझा हो, तिम्रा बाउको किपट होइन ।

हामी अल्पसंख्यकहरुलाई यो संविधान मेरो पनि हो भन्ने अवसर देऊ, यो देश मेरो पनि हो भन्न सक्ने वातावरण देऊ । हामीले अरु ठूलो कुरा केही खोजेका छैनौं । हामीलाई अलग्गै राज्य चाहिएको छैन । हामीलाई एक भाषा र एक धर्म चाहिएको छैन । हामी निरंकुशता होइन स्वतन्त्रता चाहन्छौं । संविधानसभा भित्र देखिएको बाल हठले फेरि समाजमा विखण्डन नआओस् । तिमीले बुझेकै छौ होला मानिसको लागि सबैभन्दा ठूलो कुरा नै स्वतन्त्रता हो…स्वतन्त्रता खोसियो भने मान्छेले जे पनि गर्न सक्छ । हामी पनि गर्न सक्छौं ।

हाडिखोला २ मकवानपुर

 

Facebook Comments

Category: Socio-political