“सेवा गर्न अबेर नगरौं” (Serve Now, Procrastinate Later) भन्ने नाराका साथ् संचालित गैह्रसरकारी संस्था सर्भ नाउ नेपालले गत शनिवार गएको महाभूकम्पका पिडितहरूलाई राहत उपलब्ध गराएको छ । भूकम्पबाट सबैभन्दा धेरै प्रभावित मध्येका सिन्धुपाल्चोक, गोर्खा, धादिङ्ग र काठमाडौंका बिभिन्न ठाउँहरूमा संस्थाले राहत बाँडेको हो ।
हालसम्म संस्थाले ५०० भन्दा बढी परिवारलाई २३०० केजी चिउरा, त्रिपाल, चाउचाउ, दालमोठ, बिस्कुट आदि सामानहरू वितरण गरिसकेको छ ।
राहत वितरणको काम निरन्तर जारि रहने र केहि दिन भित्रैमा अति आवश्यक ठाउँहरू पत्ता लगाएर स्वास्थ्य शिविरहरू आयोजना गरिने संस्थाले जनाएको छ ।
Discussion about this post