अब सोच्ने वेला आयो कि ?

[ 8 ] April 6, 2015 |
P. A. Thomas

P. A. Thomas

आजको प्रजातान्त्रिक, धर्मनिरपेक्ष नेपलामा थरी थरीका मण्डलीहरु तथा सिद्धान्तवादिहरु देखा पर्नु र मौलाउन पाउनु केही अनौटो कुरा होइन। तर हिजोको मण्डली, त्यसको स्वभाव तथा कार्यकलापको बारेमा केही थाह भएकाहरुलाई यो अवश्य चिन्ताको विषय हुन सक्छ। भूतलाई बेवास्ता गरी भविष्यतर्फलम्कनु, छलाङ्ग मार्नु वा क्रमभँग ल्याउन खोज्नु अनुत्तरदायी तथा आपत्तिजनक कार्य हुन जान्छ। यसप्रति अध्ययनात्मक तथा आलोचनात्मक रुपमा सजग र सक्रिय हुन समयको माग र चुनौति हो। जसले देख्छ त्यसले बोल्छ, जस्ले सुन्छ, त्यसले गर्न खोज्छ, अन्धोले अन्धोलाई बाटो देखाउन सहज हुँदैन।

नेपालमा मण्डलीहरुको शुरुवात तथा वृद्धि कसैको योजना र कामले नभई परमेश्वरको अग्रसरतामा उहाँले खटाउनुभएका आज्ञाकारी सेवकहरुद्वारा भएको छ। ती सेवकहरु सबै शिक्षित, तालिमप्राप्त वा कसैद्वारा निर्देशित थिएनन्। त्यसैले शुरु देखिनै परमेश्वरको वचन र पवित्रआत्माको अगुवाई र शक्तिमा भर परी काम गर्न बाध्य थिए। बेलायती र भारतीय सेनामा कार्यरत हुँदा ख्रीष्टियन भएका, केही मिशनको प्रभावमा तिनीहरसँगको काममा आएका, कलिम्पोङ्ग र केरलाबाट आएका गरी यी सेवकहरु नेपालमा परमेश्वरको अभियानमा आफैलाई समर्पित गर्राई एकसाथ जुटेर काम गरे। विभिन्न मण्डली परम्पराहरुको खेमाहरुबाट आएका भए तापनि तिनीहरु ती अनेकताको कुराहरलाई महत्व नदिएर नेपालमा बेग्लै खालको मण्डलीहरु तथा सेवा शैलीहरुको थालनी गरे। आफूले परिचित भएका कुराहरु अवश्य तिनीहरुको काम र शैलीमा प्रकट भएको हुन सक्छ तर त्यसलाई मात्र स्थापित गर्ने प्रयास भने भएन। विभिन्न सम्प्रदायहरुको संयुक्त मातहतमा रहेका मिशनहरुले पनि यसलाई र्समर्थन र सहयोग गरे।

त्यस वेला देशको साँगुरो राजनैतिक परिवेश, धार्मिक परम्पराहरुको पकड, कानुनिक बन्देज आदिको बावजुद मण्डलीहरु स्थापित र वृद्धि हुँदै विस्तार भई अगी बढे र कुने विशेष रित रिवाज र परम्पराबिनाको आरधना र सेवा शैलीहरु स्थापित भए। समयको अन्तरालमा आफुले सिक्दै र मान्दै आएका कति कुराहर प्रकट भई स्थापित हुँदै जानु र मण्डली मण्डलीको बिचमा केही फरक प्रकारहरु देखा पर्नु आफैमा अस्वभाविक कुरा थिएन तर अवश्य अध्ययनको विषय थियो। प्रभुभोज, विवाह आदि मण्डलीको विधिहरुमा तथा मण्डली अगुवाहरुलाई गुरुजन, गुरुबा मानि डोग र आदर गर्न लगाउने प्रवृतिमा यी कुराहरु देखापर्न थाले। बाइबलको शिक्षाको आधारमा भन्दा पनि परम्परा तथा सामाजिक मान्यताको आधारमा वा कोही व्यक्ति विशेषको प्रभावमा यी कुराहरु स्थापित हुनु स्वस्थ्यकर थिएन। परमेश्वरशास्त्रिय बाइबल शिक्षाको कमी, परम्पराहरुबारे आलोचनात्मक समीक्षाको अभाव, चलन चल्तिका धार्मिक परम्परा तथा रीतरिवाजहरुका स्वाभाविक प्रभाव आदि यसका कारक तत्वहरु हुन्।

कालान्तरमा यस्ता तवर तरीका र रीत रिवाजहरुलाई बाइबलका टुक्रा टाक्रि पदहरु जोडी ख्रीष्टिय बनाउने प्रयास पनि भएको छ। नयाँ नियमको प्रचार र शिक्षाबाट स्थापित र विकसित मण्डलीहरु आज पुरानो करार तथा यहूदी धर्मको परम्पराहरु र रीत रिवाजहरु -चाँड पर्वहरु समेत अप्नाउन आत्तुर भएका छन्। पुल्पिटहरुमा नयाँ करारको भन्दा पुरानो करारको कहानीहरु, हिरोहरु तथा भजनसँग्रहमा भएका भावनाहरुको प्रचार भएको छ, प्रेरितीय शिक्षाको प्रस्तुति तथा व्यख्या होइन। त्यसैले मण्डलीमा ख्रीष्टिय चरित्र निर्माण -सन्तहरुलाई सुसज्जित पार्ने कामः २ तिमो ३:१६,१७ भन्दा पनि धार्मिक आचरण तथा ओटे भक्तिको विकास भएको छ र ख्रीष्टियनहरुको जीवनशैलीमा परिवर्तनको हाहाकार परेको छ। पहिले अरु सबैसँगै मिलेर सेवा र प्रचार गर्ने अगुवाहरु आजभोली एउटै छुट्टै वर्ग जस्तै आफैलाई अभिषिक्त, आदरणीय गुरुबाहरुको रुपमा प्रस्तुत गरी मण्डलीमा हुने आत्मिक सेवाहरु आफ्नो मात्र र पेवा जस्तो गर्न थालेका छन् – विश्वासी र गुरुजनहरुको आत्मिक स्तर, हैसियत, मान, अधिकार आदि सबै पुरानो करारको पूजारीसँग -कि हिन्दु पण्डित र पूजारी- दाँज्न खोजेको जस्तो छ। पावल र पत्रसहरुले नखोजेको स्थान मान अन्त कहाँबाट खोज्ने – बिस्तारै ख्रीष्टियनहरु दुइ किसिमको हुँदैछन्। साधारण विश्वासीहरु जो आफैमा ख्रीष्टिय आत्मिकता प्राप्त गर्न असक्षम भई गुरुजनहरुको निर्देशन, नियंत्रण र संरक्षणमा डर र कम्पसाथ जिउनुपर्ने बाध्य एउटा समूह हो भने अर्को गुरुजन, गोठालाहरु जो आफैलाई परमेश्वरबाट नियुक्त भई उहाँप्रति मात्र जवाफदेही हुने भनी घोषणा गरी आफुले चाहेको, जानेको जस्तो जिउने र कसैप्रति जवाफदेही हुन नमान्ने समूह। संसारमा काम धन्धा गर्ने र सेवा मात्र नगर्ने विश्वासीहरुलाइ दोस्रो दर्जाको आत्मिकीहरुको हैसियतमा राख्छन् तर तिनीहरुले गर्ने कमाईमा -जस्तैसुकै कमाएको होस्) र सुविस्ताहरुमा धार्मिक हक जमाउँछन् र यति सम्म कि दशाँश र भेटीलाई मण्डलीमा आत्मिय मान्यताको सूचक सम्म बनाउँछन्। मानिस न चोखिने तर कमाइ चाहिँ चोखो हुने १ पावलको जीवन र सेवाको शैली, अरुलाई दिएको मान मर्यादा तथा पत्रसले सँगी गोठालोहरुलाई दिएको अर्ति निर्देशनलाई यस्ताहरुले अवश्य नजर अन्दाज गर्नेगर्छन्। विश्वासीहरु जो जस्तो गरे पनि कहिले सिद्ध नहुने तर गुरुजनहरु जे जस्तो जिए र गरे पनि पदेन सिद्ध र ठीक रहने। हाल मण्डलीहरुमा देखा परेका सम्पत्ति हिनामिना, नैतिक पतन, शारीरिक तथा मानसिक शोषणका मुद्दाहरु, कानूनिक मामिलाहरु, केही आत्महत्याहरु तथा मण्डलीहरु हर्ेदा हेदै टुक्रिने आदिले माथि उल्लेखित वास्तविकतालाई उजागर गरेको छ। जस्ता गुरु उस्तै चेला भने भनाइलाई कायम राखि यस्ता विकृतिहरुलाई गुपचुप राख्ने, मिलाइदिने र साथ दिने केही वरिष्ठ, स्थापित र पण्डित अगुवाहरु पनि नभएको होइन, स्थान, मान र उचित गिफ्ट पाए जे पनि मिलाइदिनेहरु।

मण्डलीमा आदरणीय र गहकिलो प्रकारले गर्नुपर्ने प्रभुभोजको सेवाको कुरा हेरौं। निकै आत्मिक र भव्य विधिको रुपमा गोप्य मन्त्रोच्चारणको साथ चलाउने समूहरु विद्यमान छन् भने, सेवाको बिचमा बिस्कुटको पुरी र पेप्सीको बोतल किन्न पठाउने -त्यति पनि तयारी नगरेको) र त्यो पनि गफ गर्दे बाँड्ने अगुवाहरु पनि नभएका होइनन्। कसैको निम्ति पूजा पछिको प्रसाद जस्तो भएको छ भने कसैको निम्ति साथिहरु मिलेर खाजा खाए जस्तो। यी सबैमा येशूको मृत्युको सम्झना, उहाँ र एक अर्कासँगको अटुट सम्बन्धको ताजगी कहाँ छ? यसबारे बाइबलले के भन्छ, के खोज्छ र कस्तो प्रभाव पार्न चाहन्छ भने कुराको अध्ययन कहिले गर्ने? कसैले गरेको, कहिं देखेको भरमा वा कुनै परम्पराको नक्कलको रुपमा कतिले गर्दैछन् भने कतिले मन परि।

यसरी हर्दा पवित्र विवाहको सेवा अझै विचित्र हुँदैछ। विवाह निश्चयको सेवालाई मगनीको नाम दिई केटी माँग्ने हिन्दु परम्परा र त्यसको प्रक्रियाहरु कायम राख्ने प्रयास भएको छ। पिता, पुत्र, पवित्र आत्माको नाम प्रयोग गर्ने काम मन्त्रोच्चारणको रुपमा चलाए पनि केटीको हात माँग्ने, फलफुल छुने, आफन्तहरुलाई उपहार बाँड्ने आदि कामहरु कसरी मण्डलीमा गरिने सरसल्लाह र विवाह निश्चयमा भित्रिन पुगेको छ – हुँदा हुँदै गुरुजन र अगुवाहरुले विवाहमा गिफ्ट तथा स्युट खोज्ने भएका छन्। विवाहको सेवाको क्रममा पनि एदनको बगैचामा आदम र हब्बालाई परमेश्वरले जोड्नुभएको र यहाँको दुबै जनालाइृ पनि परमेश्वरले जोडेनुहुन्छ भन्दै यसरी सोधिन्छ, ‘यो केटीलाई कसले दिने -‘। त्यस पश्चात केटीको आभिभावकले केटीको हात लिई केटाको हातमा लिन लगाइन्छ। केटीलाई अभिभावकले केटालाई दिने भए पछि परमेश्वरले बाकी के जोड्ने, पास्टरले तिनीहरुलाई के कुराको मञ्जुर गराउने, मण्डलीको सहमति किन सोध्ने र एक अर्काको जिम्मा लिसकेका तिनीहरुलाई फेरी किन करार बाँध्न लगाउने? परमेश्वरको प्रतिनिधि भई मण्डलीको अधिकार प्रयोग गरी विवाह दिने पास्टर कि अभिभावक? परमेश्वरको वचनको अर्ति सल्लाह र दुबैको आपसी जिम्मेवारीको जानकारी दिर्इर्र् ताकैता गरी परमेश्वर र मण्डलीको सामु एक अर्कालाई विश्वासयोग्यताको करार लिन लगाई दुबैको हात मिलाइदिने काम होइन र विवाह? के मरेको धातुको अँगुटिमाथि प्रार्थना गरेर विवाह पक्का हुन्छ र? के विवाह दिने पास्टर अरु सभामा उपस्थित भएकाहरु जस्तै साक्षी मात्र हो र – त्यसो भए साक्षीको हैसियतले श्रीमान श्रीमति भनी घोषणा गर्न सुहाउँछ – हामीले बोल्ने र गर्ने काममा केही मतलब राख्नुपर्दैन र ?

अभिभावकले हात दिएर पनि मञ्जुरी, एक अर्काको सहमति र करार बाँध्नेमा केही अवरोध हुन गए के हुन्छ ? कि त्यो सोधनीहरु केही मतलबको नभई औपचारिकता मात्र हुन्? परमेश्वरको नाम र्व्यर्थमा नलिनु भनी दिनुभएको आज्ञाको सामु यो उपयुक्त ठहरिन्छ र? अभिभावकको मञ्जुरिको जनाउ र घोषणा विवाहमा हुनु आवश्यक छ तर बुवाले बोकेर ल्याएर केटालाई बुझाउने तरिकाको अनुसरण गरी हात दिने काम उचित होइन। विवाहको बारेमा परमेश्वरीय योजना र बाइबलीय सिद्धान्तको अध्ययन र ज्ञानको कमीले र कहिँ कसैले गरेको तरीका अप्नाई गरिने यस्ता विधिहरुले पवित्र विवाहको महत्व तथार् इश्वरीय तार्त्पर्यलाई कमजोर तुल्याउँदैन र ?

बाइबलमा विवाहको शिक्षा के हो – हामीले सुन्दै आए अनुसार एदनको बगैचामा आदम र हब्बाको विवाह परमेश्वरले गनुभएको हो र – आदमबाट निकालिएको हब्बालाई फेरी जोड्नुपर्ने थियो र – केवल सामु प्रस्तुत गराएर हब्बाको हैसियत तथा तिनीहरुको संयुक्त जीवनको प्रकटीकरण मात्र भएको होइन र – उत्पत्ती २:१८ आदम र हब्बाको निम्ति लागु हुन्छ र? कि पछिल्ला पुस्ताहरुका निम्ति? महिमित अवस्थामा रहेको तिनहिरुको विवाह भएको हो भने आउनेवाला महिमामा विवाह हुने छैन भने येशूको भनाइलाई विवाद उठाउँदैन – बाइबलको पहिलो विवाह कयीनको हुनुपर्छ जहाँ दुइ व्यक्तिहरुले स्वइच्छाको रोजाइबाट एक अर्कालाई स्वीकारेका थिए। अहिले पवित्र विवाह परमेश्वरको इच्छा र अगुवाइमा दुइ जना परमेश्वरका सन्तानहरुको बिचमा आपसी सहमति र स्वीकारले मण्डली तथा समाजको मान्यता प्राप्त हुने काम हो।

ख्रीष्टिय विवाह एउटा नयाँ त्रिकोणीय सम्बन्धको स्थापना हो जो यस संसारको जीवनको लागि मात्र लागु हुन्छ। परमेश्वरसँग सम्बन्ध गाँसेको एक जना पुरुष र परमेश्वरसँग सम्बन्ध गाँसेकी एक जना स्त्रीको बिचमा परमेश्वरको अनुग्रह र अगुवाइमा एक आपसमा सहमति भई एक अर्कालाई विश्वासयोग्यतामा स्वीकार गरी परमेश्वरको मण्डलीको स्वीकृति, प्रार्थना र आशिर्वादमा परमेश्वरबाट विधिवत रुपमा स्थापित हुने परिवार हो। त्यसरी परमेश्वर, पुरुष र स्त्री मिलेर एक परिवारको त्रिकोणीय सम्बन्ध कायम हुन्छ। तिनीहरु दुबै एक्लै र संयुक्त रुपमा परमेश्वरप्रति र एक अर्काप्रति उत्तिकै जिम्मेवार र जवाफदेही रहन्छन्। यही कुराहरुको जानकारी, शिक्षा र ताकैता गरी सामाजिक रुपमा तिनहिरुको सम्बन्धको मान्यता घोषणा गर्ने सेवा नै विवाहको सेवा हो। तर्सथ केटीको हात केटाको हातमा जिम्मा लगाउने साँकेतिक काम कहिले र कसरी गर्न उपयुक्त हुन्छ भने कुरा स्पष्ट हुँदैनन् र? परम्परा र अरुको बिना सोच नक्कल गर्ने हाम्रो प्रवृतिलाई सुधार्न अध्ययन र जिम्मेवार सोचको आवश्यकता छ।

यसरी आज भोली मण्डलीहरुमा चलन चल्तिमा आएका सबै रीत रिवाज, तवर तरिका तथा विधिहरुको बारेमा अध्ययन, समालोचना र परमेश्वरशास्त्रसँगको समायोजन अति आवश्यक छ। मण्डली अदृश्य परमेश्वरको सत्य र महानतालाई प्रकट गर्ने निकाय हो, तर्सथ हाम्रा कार्यकलापहरु तथा प्रस्तुति स्तरहिन भई अवमूल्यन हुनुहुँदैन। नत्र भने हामी पनि केवल एक धर्म र पररम्परा मात्र बन्न पुग्छौं। हाम्रो सबै कुरा वचनको सत्यता र परमेश्वरीय योजनासँग समायोजित साथर्ैर् इश्वरीय महिमा र शक्ति झल्काउने हनुपर्दछ। तर्सथ हाम्रा सेवाहरु मानवीय नाटकहरु नभईर् इश्वरीय उपस्थिति तथा सत्यताको प्रकटीकरणको सशक्त र वास्तविक माध्यम बन्नुपर्दछ।

सिद्धान्तको (Dogma)शिक्षा र व्यावहारिक शैलि (Practice)एक अर्काको परिपूरक हुनुपर्दछ। मिसावटको र कपोकल्पित कार्यशैलीहरुले सिद्धान्तको मैलिकता र आधिकारिकतालाई आँच पुर्‍याउँछ र प्रभावहीन बनाउँछ। आज भोलि मण्डलीहरुमा पवित्र विवाहहरुको विच्छेदको खबर किन आइरहेछ? किन विश्वासीहरु मण्डलीप्रति कम आस्तावान हुँदैछ? पास्टर तथा विश्वासीहरुको श्रीमतिहरु भाग्ने भगाउने, छोरा छोरीहरु लुकि लुकि सम्बन्ध गाँस्ने, त्यस पश्चात तिनीहरुलाई भित्रयाउने र चोख्याउने कामहरु आदि किन भइराखेका छन्? यो सबै हाम्रो भित्रि खोक्रोपनाको उपज होइन र? किन आज पिता पुत्र पवित्रआत्माको नामको अधिकार, पवित्रआत्माको शक्तिशाली काम र हस्तक्षेप मण्डलीमा देखा पर्दैन?  पृथ्विमा तिमीहरु जे बाँध्छौ त्यो र्स्वर्गमा बाँध्नेछ भने येशूको भनाई केवल भनाई मात्र हो र? के हामी पनि यशैया अगमवत्ताले भनेझै ओटे भक्ति गरेर हृदयले व्रि्रोहीहरु भएका छौं – जसको कान छ, त्यसले सुनोस् परमप्रभु परमेश्वर मण्डलीहरुलाई के भन्नुहुदैछ।

 

 

Facebook Comments

Category: Bible Study & Teaching, Special