महल ठड्याउने कसम खाएका उनीहरू

[ 3 ] January 29, 2015 |

बि. पी. खनाल

 

B. P. Khanal

B. P. Khanal

समयले कोल्टो फेर्‍यो
अभियान थालिने भो, एउटा भिमकाय महल बनाउने,
सबै अटाउन सक्ने, सबैको र सबैसबैको ।
विचार भो, टुाडिखेलमै ठड्याउने,
र, ठहर गरियो, संविधान नामको महल उठाउने ।
उता रोल्पाको वनबाट दशकअघिदेखि,
यता झापालीहरू, उता भोजपुरे, भिमानेहरू,
यता पहाडेहरू, उता मधेसीहरू, उता भूमिपुत्र मैथिला र थारूहरू,
उता मङ्गलसेन र दाङ पल्ठाउादै
उता गाउाबस्ती थर्काउादै र उता शहरशहर हच्काउादै
माथि र तल, वर र परदेखि,
कोही प्रगतिगामीहरू, कोही प्रतिगामीहरू,
चल्मलाए, जुर्मुराए, संविधान नामको महल बनाउन ।

 

बारुद, बम र बञ्चरा–खूर्पाहरूको भरमा
भाटाहरूको न्याय अलाप्दै
पाता कसी अपहरण गरी, धावा बोली, ठोकी ठोकी
तराईका गोमन र पहाडका सााबेहरूलाई
लतार्दै लघार्दै, लतार्दै लघार्दै
नारायणहीटीका अजिङ्गरहरूलाई बिस्थापित गरी
चुनाव, तनाव अनि क्रमभङ्गका चक्रब्यूहमा
धम्की, घुर्की र जालसााजीका बाबजुद पनि
अभियानमा झुत्तिएका छन् ती,
बोल्दैछन्, चल्दैछन् – संविधान नाउाको एउटा महल ठड्याउन ।

 

थानकोट–मातातीर्थमा एदाकदा झुल्किनेहरू,
चम्पादेवी चहार्ने तिनीहरूलाई जाहेर भो
महल ठड्याउने, त्यो पनि टुाडिखेलमै,
कस्तो महत्वाकांक्षी अभियान थियो त्यो,
कतै आफ्नै नाउा जोडियोस्, नयाा बन्ने महलका भित्ताहरूमा,
झ्याल–ढोका र आागनतिरका आवागमन आदिले
आफ्नो नाउा फलाकून्, श्रेय दिऊन् र जय भनून् ।
अभियानको नेतृत्व अरुले चप्काउनु हुन्न है,
सजग तिनीहरू, तर हिस्रिक्क परे ।
किनभने, कीर्तिपुरेहरूले अघि नै उछिनी सकेछन् ।

 

नागार्जुनकाहरू अजिङ्गरको प्रवेशपछि साउतिमा बोल्छन्
डर छ, कतै अजिङ्गरको स्वार्थपोस्ने साधन नबनियोस्
र त, ती आउन्नन् रे, खबर पठाइसके ।

 

रानीबारी र म्हेपीकाहरू उतै बिनाकाम अल्मलिए
लठ्ठ छन् ती, मदहोश खानपीनमा
त्यसैले तिनको सहभागीता नहुने भो ।

 

तर, स्वयम्भूकाहरू किञ्चित थाकेनन्,
विष्णुमति जंघारतर्दै, पचलीघाटको बाटो ती अघि बढे ।

 

समयले निकास पायो,
अभियान थालिइसक्यो, सबैलाई जुरुक्क उठाउने,
एकजूट गराउने, गोलबन्द बनाउने र राष्ट्रिय पर्वमा सरिक गराउने
सबैलाई हुने, सबैको हुने, सबैको आफ्नै र सबैसबैको ।
विचार फैल्याइयो, सबैलाई सुनाइयो
अब काठमाण्डौं जाने र संविधान नामको महल बनाउने ।

 

आचेट्ने–घाचेट्ने जमाना गयो — अब सबैलाई समेट्ने
सन्देश प्रसारित भो, सर्व–सहभागीताको निम्ति
तर, चोभारेहरू कहिल्यै समेटिइन्नन् रे,
निराश छन् ती, यसपटक पनि लोप्पा खुवाइने आशड्ढामा
त्यसैले तिनको बिद्रोह हुने छााट् छ,
अर्थात् ती आउन्नन्, राष्ट्रिय अभियानमा
चीत्त बुझेको छैन, किन जानुपर्ने टुाडिखेल ?
शासकको सत्तामा जनताको राज ?
हुनै नसक्ने कुरो, ती सशंकित छन्
त्यसैले छुट्टै राज्य चाहियो —
सक्छौ भने त्यस नयाा महलमा अलग्गै कोठा देओ,
हैन भने हामी यतै राज्य शुरू गर्छौँ। तिनले समाचार पठाए ।

 

त्रिपुरेश्वर र थापाथलीकाहरूको कुरो बेग्लै छ,
छुट्टै पहिचान बनाइसकेका उनीहरू,
वनलाई विस्थापित गरी, कंक्रिटहरूबीच अभ्यस्त भैसकेका
पेशा र दिनचर्यामा आमूल परिवर्तन ल्याएर
लूटपाट्, तोडफोड्, आक्रमण र बन्द
रातारात अनि दिनदहाडै आक्रमण ढुकीढुकी
पैदलयात्रीहरू तिनका निशानामा फास्छन्
दुईपांग्रेहरू झडपमा पछारिन्छन्,
चारपांग्रेहरूमाथि बुर्कुसी, ख्याल रमाइलो छ र ?
अलग्गै छबिमा स्थापित तिनीहरूमाझ
खबर पुर्‍याइयो, नयाा महल निर्माणको
आव्हान भो, सशक्त र हार्दिक संलग्नताको निम्ति
त्यसैले ती संगठित् छन्, एकजूट छन् – अब महल ठड्याउने ।

 

बुर्लुक्क उफ्रिए थापाथलीकाहरू
दलीय एकता भो त्रिपुरेश्वरकाहरूसित
र, ती होम्मिए अवसरको राजनीतिमा
यो एकता अतुलनीय छ, नेतृत्व झनै निर्बिकल्प र अप्रश्ननीय,
सीधै ती अघिबढे – जङ्गीअड्डाको बाटोगरी, उफ्रिउफ्री, फड्किफड्की
पुगे शहीदगेट, र झुम्मियो हूल, दिवस मनाउन ।
धन्य ती शहीदहरू, आफै बलि भैदिएर यिनका दिन फर्काइदिए ।
त्यसो र त बिके प्लाष्टिकका नक्कली फूलहरू
र, झरे घडियालका आासु बरर, र, पड्किए ताली परर ।
एउटा बुर्लुक्क उफ्रियो भाषण गर्न,
तिनै शहीदका कााधपछिबाट दुईखुट्टा छातीमा झुड्ण्याएर
दुवै हातले आाखा छोपिदिएर शहीदका
बोल्यो नेता – भो तिमी शहीदहरू, अब आाखा चिम्ल, चिम्लेरै सपना हेर,
हामी छौं, त्यो सपना साकार पारिदिन ।

 

समयले पूर्णता लियो,
अभियान पूरा हुने भो, एउटा भिमकाय महल बनिने भो,
सबै अटाउनेछन्, समेटिइनेछन्, लेखिइने छन् सबैका नाउाहरू
विचार पक्का भो, राजधानीमै सर्लक्क ठड्याउने ।
तर बिबाद भो, महलको मूल ढोकाको पाले को बन्ने ???
अभियान थियो ठूलै बनाउने, अंशबण्डामा टुक्रिने भो,
कसको नाउामा दर्ता गर्ने ? लालपूर्जा कसको हुने ?
को ? को ? को ? अर्थात्, कसले श्रेय पाउने ???
त्यत्रो अभियान थालियो,
उत्रो बुाता, बर्कत् र धन खर्चियो
घिसारियो, पछारियो अनि लघारियो
के सबै पानी–पानी भो ?
अभियानरूपी यात्रीबाहनमा खचाखच यात्रु बोकेर
लक्ष्य भेदी अघिबढेका तिनीहरूको दलसामु प्रस्ताव अकस्मात आयो –
भो, तिमीहरू ड्राइभर बन्न सक्दैनौ
स्टेरिङ हाम्लाई सुम्प र चूपचाप बस ।
त्यसैले बहिस्कार, बिमति र बिद्रोह भो,
अब त्यो अभियान तुहियो,
खबर्दार, कोही अघिसर्ला, कसैले महल बनाउनुहुन्न,
नबन्ने भो, नबन्ने भो, नबने भो —
थालियो भत्काउन बरू,
नियति उनीहरूको त्यही थियो ।

Facebook Comments

Category: Literature, Poetry, socio-political, कबीता