सर्भ नाउ नेपाल (Serve Now Nepal) को सुरुवात

[ 0 ] October 20, 2014 |

ServeNowLogoWithPhraseशोषित पिडित महिला तथा बालबालिकाहरूको पक्षमा साथै समाजमा रहेका अन्य बिबिध समस्याहरुको निराकरण गर्ने उद्देश्यका साथ् “सर्भ नाउ नेपाल” (Serve Now Nepal) नामक गैह्रसरकारी संस्थाको बिधिबत सुरुवात भएको छ । सर्भ नाउ इन्टरनेसनलका प्रमुख डा. लार्स बि. डनबर्ग (Dr. Lars B. Dunberg) ले यहि कार्तिक २ गते संस्थाको केन्द्रिय कार्यालय बालुवाटारको उद्घाटन गर्नुभएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको यस संस्था समाज कल्याण परिषदसँग पनि आबद्द छ । यस संस्थाको मुख्य नारा “सेवा गर्न अबेर नगरौं” (“Serve Now, Procrastinate Later”) रहेको छ ।

सर्भ नाउ नेपालका राष्ट्रिय निर्देशक अर्जुन ढकालका अनुसार संस्थाले धादिङ्ग जिल्लाको पिडा गाविसमा सिलाईकटाई तालिमको सुरुवात समेत गरिसकेको छ । जसअन्तर्गत २६ जना दिदीबहिनीहरूले तालिम लिंदैछन् । आउँदा दिनमा देशका विभिन्न भागहरूमा बिबिध सीपबिकास तालिम, स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रमहरू, जाडो तथा गर्मी याममा अति बिपन्न समुदायमा आवश्यक सामग्रीहरू वितरण गर्दै जाने उद्देश्य रहेको ढकालले बताउनुभयो ।

3

धादिंगमा संचालित सिलाईकटाई तालिम निरीक्षण गर्दै डा. लार्स बि. डनबर्ग लगायत

सिलाईकटाई तालिम उद्घाटन कार्यक्रम

सिलाईकटाई तालिम उद्घाटन कार्यक्रम

Facebook Comments

Category: News & Events, socio-political