आज्ञाकारिताको जीवन

[ 0 ] September 14, 2014 |

आज्ञाकारिताको जीवन
कतिचोटी हाम्रो जीवनमा छनौट गर्नु चुनौतीहरु आईलाग्दछन् । हामीले आज्ञा पालन गर्ने कि नगर्ने भनेको कुरा मान्ने कि नमान्ने भन्ने कुरा चुनौतीपूर्ण हुँदछन् । निश्चय पनि परमेश्वरको राज्यमा आज्ञा पालन गर्नु महत्वपूर्ण हुँदछ । परमेश्वरको राज्यमा अनज्ञकारितालाई पाप भनिएको छ । हाम्रो जीवनमा परमेश्वरको आज्ञा पालन गरेर जिउनु आशिषमय कुरा हो । हामी हरेकले परमेश्वरको आज्ञा पालन गरेर जिउन सके हाम्रो लागि महत्वपूर्ण हुँदछ । आज्ञाकारिताको जीवन हुनु आवश्यक कुरा पनि हो ।
“उहाँको आज्ञा उल्लङ्घन गर्नु तन्त्रमन्त्रको पाप जस्तै हो, र हठी हुनु मूर्तिपूजा गर्नु जस्तै खराब हो । तपाईंले पररमप्रभुको वचनलाई त्याग्नुभयो, यसैले परमप्रभुले पनि तपाईंलाई राजाको पददेखि त्याग्नु भएको छ ।” १ शमूएल १५:२३
यहाँ परमेश्वरको आज्ञा उल्लङ्घन गर्नु तन्त्रमन्त्रको पाप जस्तै हो भनेर भनिएको छ । निश्चय पनि हामीले आज्ञा पालन गरेको परमेश्वर चाहनुहुन्छ । आज्ञा पालन गर्नले हाम्रो लागि नै फाईदा हुने कुरा हो । अनज्ञकारिता गर्नाले प्रायजसो हाम्रो जीवनमा कठिनाई आउँदछन् । जटिल समस्याहरु आउँदछन् । जब हामी परमेश्वरको अधीनमा रहन्छौं, उहाँको आज्ञा पालन गर्छौ, हाम्रो जीवनमा आशिष आउँदछ । यहाँ परमेश्वरको आज्ञा आज्ञा उल्लङ्घन गर्नु तन्त्र मन्त्रको पाप जस्तै भनेर भनिएको छ ।
यो आज्ञा उल्लङ्घन गर्नु भनेको के हो त? स्थापित पद्धति र अधिकारको विरुद्धमा बिद्रोह गर्नु, भनेको नमान्नु, आज्ञा पालन नगर्नु, अधीनमा नबस्नु हो । परमेश्वरको आज्ञा उल्लङ्घन गर्नु अथवा आफ्नो अधिकारको बिरोध गर्नु हो । जब हामी आफ्नै इच्छा अनुसार जे मन लाग्यो त्यही गर्ने कुरामा जोड दियौं भने हाम्रो स्वार्थीपना र घमण्ड पकट गर्दर्छौ ।

शाउल इस्राएलको पहिलो राजा अभिषेक गरिएका थिए । उनलाई अमालेकीहरुसँग लडाईं लड्नुपर्ने समयमा सबै कुरा नाश पार्नु केही कुरा पनि नलिनु भनेर भनिएको थियो । तर उनले परमेश्वरको आज्ञालाई उल्लङ्घन गरे । परमेश्वरको भनेको कुरा मानेनन् । शाउलले मोटा मोटा पशुहरु आफ्ना निम्ति राखे । राजाहरुलाई पनि नाश गरेनन् । उनी परमेश्वरको अधीनमा बसेनन् । परमेश्वरको भनेको कुरा मानेनन् । जसको कारण उनको जीवन र राज्यमा ठूलो श्राप परयो।

यहाँ परमेश्वरको आज्ञा उल्लङ्घन गर्नुचाहिं तन्त्र मन्त्रको पाप जस्तै भनिएको छ । शाउलले परमेश्वरको आज्ञालाई हलुका तरिकाले लियो । यहाँ परमेश्वरको आज्ञा उल्लङ्घन गर्नुलाई तन्त्र मन्त्रको पापसँग जोडिएको छ । वास्तवमा तन्त्र मन्त्रको पाप र परमेश्वरको आज्ञा उल्लङ्घन गर्ने पापलाई एउटै श्रेणीमा राखिएको छ । तन्त्र मन्त्रको पाप भनेको परमेश्वरको अधीनमा नभएर शैतानको अधीन र बन्धनमा पर्नु हो । यसले श्राप र बन्धन ल्याउँछ । जब अदनको बगैचामा जब आदम र हब्बाले परमेश्वरको आज्ञा उल्लङ्घन गरे । तिनीहरु शैतानको बन्धनमा परे । तिनीहरुको जीवनमा भएको आशिष गुमाए । परमेश्वरको आशिष गुमाए । शैतानको अधीनमा परे । अनि मानव जीवनमा श्राप आयो ।
फेरी हठी हुनु मूर्तिपूजा गर्नु जस्तै खराब हो भनेर भनिएको छ । हठी हुनुचाहिं मूर्तिपूजासँग तुलना गरिएको छ । हठी हुनु भनेको आफ्नो जिद्धी गर्नु अधिकारको अधीनमा नरहनु, परमेश्वरको आज्ञा पालन नगर्नु अनि अभिभावकको कुरा नटेर्ने प्रवृत्ति हो । यहाँ शाउल हठी बनेका छन् । परमेश्वरले नगर्नु भनेको काम गरी पठाएका छन् । परमेश्वरको भय मानेका छैनन् । परमेश्वरको आज्ञालाई चासो दिएनन् । उनी अति नै हठी बनेका छन् । यो हठीपना मूर्तिपूजाको पाप जस्तै भनेर भनिएको छ । परमेश्वरको साटोमा अरु नै कुरालाई महत्व दिएको देखिन्छ ।
त्यहाँ दुई प्रकारको अधिकारीहरु हुन्छन् । पहिलो अधिकारी परमेश्वर आफै हुनुहुन्छ भने दोस्रो अधिकारीहरु, सरकार, व्यपारीक अगुवाहरु, अभिभावक, पाष्टरहरु, अगुवाहरु, प्रशिक्षक, आदि अधिकारमा रहेका व्यक्तिहरु हुन्छन् । जब यी क्षेत्रहरुसँग हामी सम्बन्धित छौं भने निश्चय पनि हामी आज्ञा पालन गर्ने अनि अधीनमा रहने कुरा पक्कै हुनुपर्दछ । परमेश्वरले हामीप्रति कदापि नराम्रो चिताउनु हुन्न । हाम्रा पाष्टर, अगुवाहरु, अभिभावकहरुले निश्चय पनि हाम्रो कुभलो चिताउँदैनन । उनीहरुले दिएका सल्लाह सुझाव अनुसार चल्दा निश्चय पनि राम्रो हुनेछ । कतिचोटी हामी हठी बन्दछौं । आफ्नो हठ छोडदैनौं । आफ्नो जिद्धी पनि छोड्दैनौं । परमेश्वरको वचनको कुरा हामी पालन गर्दैनौ । यसो हुँदा हामी परमेश्वरलाई प्राथमिकतामा राखेका हुँदैनौं । अनि गनगन कुरा शुरु हुन्छ । अधन्यवादीको कुरा शुरु हुन्छ । जीवनमा आशिष देख्न सक्दैनौं । श्राप र बन्धनमा हामी पर्न पुग्छौं । किनकि शाउल राजाले परमेश्वरको कुरालाई टेरेनन् । उनी अटेरी बने । उनी हठी बने । त्यसैकारण पनि परमेश्वरले उनको जीवनबाट आशिष र अभिषेक खोस्नुभयो । उनी पिडादायी जीवन जिएको कुरा देख्दछौं ।

कतिचोटी हामीले परमेश्वरको आज्ञा उल्लघंन गर्दछौं । हामी उहाँको बोलावटलाई ईन्कार गरेर उहाँको आज्ञालाई उल्लंघन गरीरहेका हुन्छौं । वस्तावमा हामीले परमेश्वरले दिनु भएको निर्देशनलाई पछयाउनु पर्दछ । हामी परमेश्वरले देखाउनु र दिनुभएको निर्देशन अनुसार नचल्नाले अटेरी बनेर पाप गरीरहेका हुन्छौं । यस्तो अवस्था हामी विश्वासीको जीवनमा आउनुचाहिं दुःखद कुरा हो । जे कुरा परमेश्वरले निषेध गर्नुभएको छ, त्यही कुरा गरेर हामी उहाँको आदेश पालन गर्दैनौं । हठी बनेर पापको दल दलमा फस्दछौं । एउटा १५ वर्षको विश्वासी केटीले राम्रो केटा देखेर विवाह गर्न कसिएछ । तर त्यो अभिभावक खुशी छैनन् । उनको विवाह गर्ने उमेर पुगेको छैन । कानुन अनुसार पनि वाल विवाह हुने देखिन्छ । परमेश्वरको जन भएको नाताले त झन यो अर्को गम्भीर विषय वस्तु हो । सबैतिरबाट हुँदैन यो समय तिम्रो विवाह गर्ने उमर होईन भनेर सबैले सम्झाउँदा पनि नटेरी भागीदिएछिन् । अन्तिममा उनको स्वस्थ्य परिपक्व नभएको अनि उनका हरेक कुरा परिपक्व नभई सकेकोले जीवनभरी दुःख र समस्यामा पिरोलिनु परयो। उनको हठी अनि अटेरी स्वभावको कारण पछि उनको वैवाहिक जीवन पनि टुट्न पुग्यो ।

शाउल राजाले परमश्वरको वचनलाई त्यागेका थिए । वस्तावमा शाउल राजाले परमेश्वरको वचनलाई त्योगेका थिए भनेर बताईएको छ । एउटा परमेश्वरको जन राजा भएँ भन्दैमा उसले घमण्ड गर्नुको कुनै कारण थिएन । उसले परमेश्वरको वचनलाई त्याग्नु हुदैनथ्यो । जे कुरा शाउलको निम्ति अति आवश्यक र महत्व थियो त्यही कुरा त्यागीदिएकाले उनको जीवनमा ठूलो संकट आएको थियो ।

परमेश्वरको वचनमा शंका गर्नु हुँदैन । किनकि परमेश्वरको वचनमा शंका गर्नु पनि दुःखद कुरा हो । आदम र हब्बाले परमेश्वरको वचनको कुरामा शंका गरे । परमेश्वरले भनेको करा शंका गरेर उनीहरुले परमेश्वरको आदेशलाई मानेनन् । अन्त्यमा उनीहरु पापमा फसे । एक त मानिसमा घमण्ड आयो भने पनि परमेश्वरको कुरा मान्दैनन । आप्mनो पाष्टर, अगुवा अनि अभिभावकको कुरा सुन्दैनन । उनीहरुले जे मन लाग्यो त्यही गर्दछन् । आज्ञा उल्लङ्घन गर्दछन् ।
कतिजना मानिसचाहिं उनीहरुको विगतका तीतोपना र बदला लिने भावना भएकोले पनि बिद्रोही अनि उल्लङ्घनको आत्माले काम गर्दछ । क्षमा दिने आत्माको कमीले गर्दा पनि उल्लङ्घनको आत्माले काम गरीरहेको हुन्छन् । मानिसमा कतिचोटी स्वार्थीपना भएकोले पनि अटेरी आत्माले काम गरीरहेको हुन्छ । परमेश्वरको वचनलाई हामीले त्याग्नु हुदैन । परमेश्वरको वचनलाई हाम्रो जीवनको मूल बनाउनु पर्दछ ।

त्यसैले परमेश्वरले पनि शाउललाई राजाको पदबाट त्याग्नु भयो । परमेश्वरको आज्ञा नमान्ने हठी अनि बिद्रोही शाउलमा जुन अभिषेक राजाको निम्ति गरिएको थियो परमेश्वरले त्यो पदबाट पनि त्यागीदिनु भयो ।

जब शाउलले परमेश्वरको आज्ञा उल्लङ्घन गरे त्यहाँ नराम्रो परिणाम आई लाग्यो । उनले परमेश्वरको आशिष गुमाए । उनले परमेश्वरको अभिषेक गुमाए । उनलाई परमेश्वरले राजाको पदबाटै त्यागी दिनुभयो । उनका जीवन कालभरी कहिल्यै शान्ति भएन । उनलाई परमेश्वरको आत्माले छोडेपछि दुष्ट आत्माले पनि दुःख दिईरहेयो । घरीघरी उनलाई दुष्ट आत्माले सताएको करा देख्दछौं । आज्ञा उल्लङ्घन गर्ने अनि हठी हुनेहरुको परिणाम कहिल्यै पनि सुःखद भएको देखिदैन । जब ईस्राएलीहरुले अविश्वास शंका र गनगन गरे । मोशा अनि परमेश्वरको विरोधमा उत्रिए । परमेश्वरको प्रतिज्ञा र वचनमा शंका गरे । ती पुस्ता सबै उजाडस्थानमा मरे । जब कोरहहरु मोशाको बिरुद्धमा उठे, परमेश्वरको कुरालाई टेरेनन् । अटेरी र हठी बने । जमीन फाटेर ती कोरह जो उल्लङ्घनका आत्माले ग्रसित बनेका थिए, सबैलाई जमीनले निलीदियो । (गन्ती १६:१–४०) शाउलले पनि जब परमेश्वरको आज्ञा उल्लङ्घन गरे । उनले उनको जीवनमा चर्को मूल्य चुकाउनु परयो। उनमा केवल परमेश्वरको आत्माले छोडेको मात्रै होईन । मनासिक रूपमा समस्या ग्रस्त पनि बने । डाहा र तीतोपनले भरिए । उनको जीवन दाउदलाई खेदैरै बिताए ।

जब हामीले परमेश्वरको आज्ञा उल्लङ्घन गर्छौ । बिद्रोही बन्छौं । तुरुन्तै परमेश्वरसँगको सम्बन्ध तोडिन्छ । तपाईंको जीवनमा भएको खुशी, शान्ति, र आन्द हराएर जान्छ । परमेश्वरप्रति शंका आउँदछ अनि मूर्ख गल्तीहरु गरी पठाउन सकिन्छ । तपाईंको शरीरमा शायद कष्ट भोग्नु पर्दछ । जब मानिसहरु आज्ञा उल्लङ्घन गर्दछन् तिनीहरुले अस्वस्थ्य निर्णयहरु गरी पठाउँछन् ।
हाम्रो पनि छनौट गर्नु पर्ने कुरा यही हो कि हामी अधीनमा रहने अनि आज्ञा पालन गर्ने कि आज्ञा उल्लङ्घन गर्ने अनि बिद्रोही बन्ने? जे कुरा गर्छौ त्यही नतीजा हामीले भोग्छौं । यदि हामीले आज्ञा पालन गरेको खण्डमा परमेश्वरको आशिष पाउँदछौं । परमेश्वरको राज्यमा हामी जनाले आज्ञाकारी जीवन व्यातीत गर्न सकौं ।
–रेशम कुमार सुनुवार

 

Facebook Comments

Category: Articles, Special