कविता शीर्षक :इश्वर मरेका छैनन

[ 0 ] September 14, 2014 |

कविता
शीर्षक :इश्वर मरेका छैनन

यो पृथ्वीको
अनेकन् गोलाद्र्धमा
युद्धको आगो सल्किएर
मरीरहेको छ मानवता
कतै धर्मको नाममा
कतै जातको नाममा
कतै भाषाको नाममा
त कतै सीमानाको नाममा
मान्छेले मान्छेको
गरीरहेको छ निर्मम हत्या
गुमाईरहेका छन् मान्छेले
बाँच्न पाउने अधिकार
विषम परिस्थितिको आगोमा पिल्सिएर
यही पृथ्वीमा
मान्छे बनीरहेछन् परिचयविहिन
बनीरहेछन् कतै देशविहिन
अशान्त मन लिएर
उठीरहेछन् प्रश्नंहरु
के इश्वर मरी सक्यो?
धेरै मानिसहरु
कवि र दर्शानिकहरु
पिंडाको खातमा उभिएर
गरीरहेछन् इश्वर मरेको घोषणा
पहिलो विश्व युद्धमा
संसार डढेलो सल्केयो
दोस्रो विश्व युद्धमा
भयनाक विनाश भयो
चरम निराशा
चरम अशान्तिको गहिरो खाडलमा डुबेर
नित्सेले पनि भने
मरी सके इश्वर
मान्छेले
दुःखको पहाडमा उभिएर
बनाए शायद एउटा दृष्टिकोण
र ठाने कि मरी सके इश्वर
वर्तमान
समयको डीलमा उभिदाँ
युद्ध, हिंसा
हत्या, अपराध
आमनवीयताका पहाडहरु
कति छन् कति
जीवनको पिडादायी
मनोदशामा उभिएर
फेरी भनिदैछ
इश्वर मरी सके
ए मान्छे
तिम्रा मनका ढुक ढुकीलाई छामी हेर
इश्वर मरेका छैनन
तिमीले फेर्ने सास
अनि तिमीले बाँचेको धर्ती हेर
इश्वर मरेका छैनन
निर्वाध अकासमा उड्ने
चराको गीत सुन
मधुर ध्वनी सुसेल्दै
बग्ने नदीको सङ्गीतलाई सुन
इश्वर मरेका छैनन
मान्छेको पाप
अनि अधर्मले पो
खाडल खन्यो इश्वर र मान्छे बीच
त्यसैको परिणाम
मान्छेले गर्छ मनमा शून्यताको अनुभव
र रित्तो ठान्छ मनमा आपूmलाई
र मृत घोषणा गर्छ इश्वरको
जब सम्म मान्छे
बसीरहन्छ पापको दलदलमा
महामारी
चलीरहन्छ युद्धका विनाशक हुरी
र बसीरहन्छ इश्वर मरेको दृष्टिभ्रम पालेर
ए मान्छे
तिम्रो छातीमा हात राखेर भन
निस्कन्छु म पापको दलदलबाट
र आउँछु
इश्वरको चरणमा
किनकि इश्वर मरेका छैनन
तिम्रो हृदयमा
तिम्रो जीवनमा
आउन चाहन्छन् इश्वर
र बन्न चाहन्छन् तिम्रो साहारा
मान्छेले जे भने पनि
इश्वर मरेका छैनन
किनकि उहाँ मरेको होईन्
तर जिउँदा इश्वर हुनुहुन्छ….।
–रेशम कुमार सुनुवार
काठमाडौं ।
resham_sunuwar@yahoo.com

 

 

Facebook Comments

Category: Literature, Poetry, कबीता