अभिमुखीकरण तथा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

[ 0 ] August 19, 2014 |

गरिव, असहाय तथा पछाडी पारिएका बालबालिका एबं महिलाहरुको पक्षमा कार्यरत सामाजिक संस्था जेन्टल हार्ट फाउन्डेसनले हालै नवलपरासी तथा चितवन जिल्लामा बिबिध कार्यक्रमहरु सम्पन्न गरेको छ । गत आइतबार र सोमबार (अगस्ट १७ र १८) सम्पन्न भएका दुई फरक फरक कार्यक्रममा चितवन जिल्लाको जुटपानी र नवलपरासी जिल्लाको पिठौरीमा झन्डै १०० भन्दा बढी बालबालिका तथा तिनका अभिभावकहरु अभिमुखीकरण र जनचेतनाका कार्यक्रममा सहभागी भएका छन् । यस कार्यक्रममा लैंगिक भेदभाव, चेलीबेटी बेचबिखनको सम्भावित जोखिम, बालश्रम  शोषण आदि बारेमा सिकाउने काम भएको थियो । संस्थाका अध्यक्ष अर्जुन ढकालका अनुसार एक्काइसौँ शताव्दीमा आइपुग्दा समेत गाउँठाउँमा छोरीचेलीहरुलाई स्कुल नपठाए पनि हुने मान्यता जिवितै रहेको, उनीहरुलाई पढ्न पाउने अधिकारबाट बन्चित गराई चरम बालश्रम शोषण गर्ने गरिएको तथा परिवारको आर्थिक विपन्नताका कारण चेलीबेटीहरु बेचबिखनको सिकार हुनेगरेकाले यसप्रकारका अभिमुखीकरण तथा जनचेतनाका कार्यक्रमहरु गर्नुपरेको हो ।

फाउन्डेसनले गतबर्षदेखि यी ठाउँमा आफ्टर स्कुल प्रोग्राम नामको नौलो कार्यक्रम पनि संचालन गरिराखेको छ । यस कार्यक्रम अन्तर्गत हाल ९५ जना बालबालिकाहरु लाभान्वित भइराखेका छन् । स्कुल गएर फर्किसकेपछि संस्थाले नियुक्त गरेका शिक्षक/शिक्षिकाले बालबालिकाहरुलाई उनीहरुको नियमित पाठका साथसाथै गृहकार्य गर्नमा समेत सहायता गर्ने गर्दछन् । यस कार्यक्रम संचालन भइसकेपछि लाभान्वित बालबालिकाहरुको शैक्षिक स्तरमा उल्लेख्य सुधार आएकोमा यहाँका अभिभाबकहरु खुशी छन् । यस आफ्टर स्कुल प्रोग्राम अन्तर्गतका ९५ बालबालिकाहरुलाई आवास्यक शैक्षिक सामाग्रिहरुका साथसाथै खाजा पनि वितरण गरिएको छ । यसप्रकारका कार्यक्रमहरु आगामी दिनमा देशका अन्य क्षेत्रमा पनि बिस्तार गरिने संस्थाका अध्यक्ष ढकालले बताउनुभएको छ ।20140817_11100020140818_084356

Facebook Comments

Category: News & Events, socio-political