कमला हमाल
भाद्र ०१, नेपालगंज, कोहलपुर एरिया खिष्टियन युवा संगतीको १४ औ बार्षिक समारोह कोहलपुरस्थित आनन्द एजी मण्डलीमा भब्यताका साथ सम्पन्न भएको छ । २०५७ सालमा स्थापना भएको समितिले खिष्टियन युवाका विचमा विभिन्न आत्मीकी जागृतीका साथमा युवा लक्षित बिबिध कामहरू गर्दै आएको छ । दुई तीन वटा मण्डली र १०-१५ जना सदस्यवाट सुरु भएको समितिले कोहलपुरमा भएका मण्डली बिचमा काम गर्दै आएकोमा अहिले बाँके जिल्लाका सम्पुर्ण मण्डलीका युवाहरूलाई समेट्न सफल भएको समितिका सदस्य पास्टर हरीहर चौधरीले वताउनुभएको छ ।
संगतिका वक्ता रेभ. पास्टर राम वहादुर थापाले अहिले युवा पुस्ताको र आमाबुवाको विचमा सम्वन्ध टाढीइरहेको अवस्थामा यस किसीमका संगतीले युवापुस्तालाई परिवारसंगको सम्वन्ध प्रगाढ गर्नमा सहयोग पुग्ने वताउनुभयो । उहाँले युवाहरुले आफ्नो जवान अवस्थामा ५ वटा कुरामा सचेत रहनुपर्ने वताउनुभएको छ । वोलिवचन, आचरण, प्रेम, विश्वास र शुद्धतामा ध्यान दिए आत्मिकी रुपमा सफल हुने उहाँले वताउनुभयो।
संगतिमा बाँके जिल्लाका ३० भन्दा वढि मण्डली र ७०० भन्दा बढी युवाहरूको उपस्थीती थियो ।
Discussion about this post