आदरणीय पाष्टर, अगुवाजन तथा विस्वासीहरुमा
अभिवादन्
सहयोगको निम्ति अनुरोध ।
सिन्धुपाल्चोक जिल्लाको मांखा, राम्चे र टेकनपुर तीनवटा गाऊँलाई प्रभावित पार्नेगरि गत श्रावण १७ गते पहाड खसेर गएको पहिरोमा परि गाउँ नै पुरिएपछि सो विपद्मा परि १५६ जनाको मृत्यू भइसकेको र सयौ मानिसहरु घरबार विहीन भएको अवस्था यहाँहरु सबैलाई जानकारी भएकै छ । सोहि घट्नाको अध्ययन अवलोकनकालागि काठ्माडौबाट माननीय लोकमणी ढकाल, डा. महेन्द्र भट्टराई, डा. तीर्थ थापा, रेभ. रत्न राई, पा. बर्णबास श्रेष्ठ र थिर के.सी. को टोली गत श्रावण २२ मा घट्नास्थलमा पुगि स्थानीय मण्डलीका अगुवाहरु, सिन्धु जिल्ला इसाइ समाजका पदाधिकारीहरु र स्थानीय प्रसासनका पदाधिकारीहरु साथै केहि पिडितहरुसँग भेट गरि अवस्थाको बारेमा अध्ययन गरिएको थियो । सोहि अनुसार सिन्धु जिल्ला इसाइ समाजलाई अग्रसर गराइ सहयोगका लागि देशभरिका मण्डलीहरुलाई अनुरोध गर्ने भन्ने सहमति भए अनुसार जिल्ला इसाइ समाज तथा स्थानीय मण्डलीका अगुवाहरु रातदिन पिडितहरुको सहयोग र राहतका लागि खटिरहनुभएको छ । विस्थापीतहरुलाई केहि दिनसम्म लामोसाँघुमा अवस्थित रोफेका निस्सी मण्डलीमा बासको ब्यवस्था समेत गरिएको थियो । हाल सरकारका तर्फबाट सम्पूर्ण विस्थापितहलाई अस्थाइ क्याप बनाइ राख्ने ब्यवस्था भए अनुसार चर्चमा बसिसरहेका विस्थापितहरु पनि क्यापमा फर्किसकेका छन् । हालको आवश्यकतालाई मध्यनजर गर्दा खानेकुरा तथा बस्नको लागि कुनै समस्या नभएको तर पकाउनको लागि ग्यास तथा चुल्होको अति आवश्यकता भएकोले पोखरेली इसाइ समाजका तर्फवाट प्राप्त भएको रु २०,००० (बीसहजार मात्र) बाट तीनवटा ग्यास सिलिन्डर र चुल्हो किनेर प्रदान गरिएको र सोबाट ३० जना लाभान्वित भएको कुरा जिल्ला इसाइ समाजका अध्यक्ष शैलेन्द्र मोक्तानले जानकारी गराउनु भएको छ ।
यसै सन्दर्भमा वितरण गरिएको ३ वटा चुल्हो र ग्यास सबैको लागि प्रयाप्त नभएकोले अझै कम्तिमा ६ वटा जति आवश्यकता भएको कुरा जानकारी गराउनुभए अनुसार सम्पूर्ण मण्डली,संघ सस्था, ब्यक्तीहरुबाट जे जति सहयोग गर्न सकिन्छ तुरुन्त संकलन गरि सिन्धु जिल्ला इसाइ समाजमा पठाउन सके उहाँहरुले तुरुन्त विस्थापित परिवारसम्म पु¥याउनुहुनेछ । साथै सुनकोसी नदी थुनिएर बनेको तालबाट विस्थापित भएकाहरुका लागि पनि स्थानीय मण्डलीहरु मार्फत सहयोगको लागि समन्ववय भइरहेको कुरा जानकारी गराउन चाहन्छौ ।
तसर्थ सम्पूर्ण प्रभुका जनहरुमा सुनकोसी बाढी तथा पहिरो पिडीतहरुका लागि यथासक्य सहयोगको निम्ति हार्दिक अनुरोध गर्दछौ । तपाइसँग संकलन भएको रकम एकमुष्टपारि पठाउनका लागि थिर के.सी लाई मोवाइल नम्बर ९८५११००१२५ मा सम्पर्क गरि रकम जम्मा गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
सेवामा
डा. तिर्थ थापा
कार्यबाहक केन्द्रिय संयोजक
Discussion about this post