कविता शीर्षक –घलेदाई र ख्रीष्टको प्रेम

[ 2 ] February 2, 2014 |

कविता

शीर्षक –घलेदाई र ख्रीष्टको प्रेम

प्रायजसो घलेदाई
गरीरहन्थ्यो ख्रीष्टको प्रेमको चर्चा
सुनाईरहन्थ्यो येशूको कृपा
मानव जातिलाई
येशूले प्रेम गर्नुहुन्छ भन्दै
घुमीरहन्थ्यो वस्ती वस्तीहरुमा
गाउँ टोलका मान्छेहरु
कतिले यो राम्रै कुरा हो भन्थे
यद्यपि घलेदाईको विरोधमा
उठीरहन्थ्यो दलवहादुर
घलेदाईको विरुद्धमा
बुनीरहन्थ्यो षडयन्त्रका तानावानाहरु
कसरी फसाउने
षडयन्त्रका जालो लिएर
खोटी नजरले
कुनै खोट खोज्दै
बाटो ढुकीरहन्थे दलवहादुर
घलेदाई अनेकन्
षडयन्त्रका पर्खालहरु छिचोल्दै
घन्काईरहन्थे ख्रीष्टको मुक्तिको धुन
सुसेल्दै हिंड्थे ख्रीष्टको प्रेमको संङ्गीत
दुःखको पहाड चढीरहदाँ पनि
मुस्कुराईरहन्थे घलेदाई
घृणाको स्वर उर्लिएर आउँदा
ख्रीष्टको प्रेमको आनन्दमा
रमाईरहन्थे अकासमा निर्वाध उड्ने चरा झैं
धेरै प्रश्नं. उठाईरहन्थे
किन घलेदाई
येशूकै भक्ति गरीरहन्छ ?
जिज्ञासाका छालहरु उर्लीरहन्थे मान्छेहरुमा
पिंडाको खातहरु
ओच्छयाएर मान्छे सुतीरहेको वेला
जीवनसँग दिक्दार बनेर
सुःख्खा किनारमा तैरीरहेको बेला
दिल खोलेर ख्रीष्टको शान्ति
घोषणा गर्थे घलेदाई
ख्रीष्टको प्रेम कति महान छ
यस्तै खुशी बाँडीरहन्थे घलेदाई
यसैले त दिलवहादुर
रिसले चुरचुर बनेर
बाधा हाल्थे घलेदाईलाई
यो पागल हो पागल
यस्तै आक्षेपयुक्त लाञ्छानाहरुको लर्को
कति तेर्साउथे कति

सत्य कहिले डग्दैन
सत्य कहिल्यै छिप्दैन
सत्य कहिल्यै हार्दैन
सत्यकै वकालत गरीरहेने घलेदाईलाई
हिलो छयाप्ने धृष्टता गर्दा
धेरै चोटी दिलवहादुर
आफै हावा खाईरहन्थ्यो
समयले फनफन्ती घुमाएर
दिलवहादुर प्रयश्चितको दोभानमा उभिएर
ख्रीष्टको प्रेममा डुबेको क्षण
कम्ती खुशीले उफ्रेन घलेदाई
अचेल घलेदाईसँगै दिलवहादुर
ख्रीष्टको प्रेम बाँडदै हिंडछ गाउँ वस्ती
इतिहासका खण्डित सपनाका
अप्ठेरो डोबहरु टेक्दै हिंडदा
धेरै हण्डर र ठककर खाएको क्षण
सकसमय बन्थ्यो जीवनमा
त्यही उनका तीतो पल
आज कैयन मिठा पल बनेर
साङ्गलो नदी झैं बगीरहेछ
जीवनको मौन चौतारीमा
अचेल घलेदाई गम खाईरहन्छन्
कत्रो प्रेम येशूको
गाउँ वस्ती
हरेक दिन ख्रीष्टको भजनले गुन्जीरहेछ
घलेदाई र ख्रीष्टको प्रेमको
अन्तरसम्बन्ध सबैसँग
घनिभूतरुपले जोडिदैछ…..।
–रेशम कुमार सुनुवार

Facebook Comments

Category: Poetry, कबीता