कविता, :सोम वहादुर

[ 1 ] January 14, 2014 |

कविता

शीर्षक :सोम वहादुर

सोम वहादुर

हरेक दिन र साँझ

जब रक्सीको नशामा चढदै जान्थे

अनि वस्ती थर्काउने गरी हल्ला गर्थे

केही वर्षअघि

केराबारी वस्तीमा

एउटा वहस चलीरहन्थ्यो

कति धोक्छ यो सोमे सोमरस?

चलेको थियो एउटा भनाई

यो सोमे बोल्यो कि

सोमरस बोल्यो ?

 

निकै साल अघि

उ वस्ती छोडेर शहर आयो

सपनको खोजीमा

थुप्रै थुप्रै सपनाहरु देखाउने

मान्छेको भीडहरुमा

कुहिरोभित्र हराएको काग झैं हराए

शहरभरी सोम वहादुर

 

विदेश पठाउँछु भन्ने एजेन्टले

देखाएको ठुला सपना

घरको कुना कानीमा लागेका

माकुरे जालो लागे झैं

उनको नयनमा रिङ्गी रहेयो

छिमेकी साहूको ऋण काढेर

हान्निएर पुग्यो सोम वहादुर

खाँडीको तातो मरुभूमि

भने जस्तो कहाँ हुन्छ सबैको सपनाहरु पुरा

सोम वहादुरको सपना

माथि उडदै गएको चङ्गा जस्तै

चटक्क चुँडिएर

कता विलायो कता

 

रित्तै हात फर्कियो सोम वहादुर

जीवनमा गरेका अनगिन्ती

संघर्षको डोबहरु टेक्दै

थाक्नुसम्म थाक्यो

र केरावारी वस्तीमा हरेक साँझ

छिर्न थाल्यो भट्टीभित्र

सस्तो रक्सीको गिलास चढाउँदै जाँदा

कति पिउँथे कति

जब वस्तीभरी मान्छे सुत्न थाल्थे

शुरु हुन्थ्यो उसको अनिदो रात

जति जति रक्सीमा लठ्ठिन्थे

उ हल्ला गर्दै वस्ती उचाल्थ्यो

उ चिच्याउँथ्यो रातभरी

गुनगुनाउँथ्यो बैरागी धुन

कहिले झगडा मच्चाउँथ्यो परिवारसँग

आजित थिए

उनका परिवार

 

 

जब वस्ती सुत्थ्यो

सोम वहादुरको रात शुरु हुन्थ्यो

जब वस्ती उठ्थ्यो

सोम वहादुरको निद शुरु हुन्थ्यो

कहिले कहिं साथीभाईले सोध्दा

कति धेरै पिएको

जवाफ हुन्थ्यो

मैले पिउँछु साथी पीर भुल्न

पिउदा पिउदै

रक्सीको ओभर डोज भएर

झण्डै संसार छाडे सोम वहादुर

 

केही वर्ष भो

सोम वहादुर रक्सी पिउन छाडेको

जब उ येशूको पछि लागी

आप्mनो जीवनको पीर बिसाए

र जिउन थाले

एउटा उद्धेश्ययुक्त जीवन

हरेक दिन

उसका ख्याउँटिएका शरीर

गुलावी पूmल फक्रिए झैं

एउटा स्पूmर्ती लिएर चम्कियो

अचेल सोम वहादुर

हर दिन

येशूको प्रेम गीत गुनगुनाउँछन्

शान्त छन् सोम वहादुर

दिल खोलर हाँस्छन् आनन्दले

बाँडछन् ख्रीष्टमा पाएको खुशी

र छर्छन् स्वर्गीय आनन्दका किरणहरु

अचेल केरावारी वस्तीमा हल्ला छैन

सुनसान छ हरेक रात

अचेल वस्ती भरी

एउटा वहस चलीरहेछ

कसरी वदलिए सोम वहादुर

कत्रो पविर्तन उनको जीवनमा …..!!!

–रेशम कुमार सुनुवार

Facebook Comments

Category: Poetry, कबीता