वेशीसहर लमजुङ नवशान्ति चर्चमा क्रिसमस डेमा लमजुङ ख्रिष्टीयन युथ सोसाइटीले विविध सांगितक कार्यक्रमहरु प्रस्तुत गरेका थिए। क्रिसमसको अवसरमा बिगतका वर्षरुदेखि नवशान्ती मण्डलीले बृद्ध बृद्धाहरुलाई सम्मान गर्दै आएको छ। यसैगरि मण्डलीले बिगत देखि मण्डलीमा स्वयम् सेवकको रुपमा काम गर्दै आएका अगुवाहरुलाई पनि मायाको चिनो प्रदान गरेको छ। मण्डलीमा घरेलु सँगती, जवान तथा बालबालिकाहरुको बिचमा सेवाकाई गर्दै आएकाहरुलाई ख्रिष्टमस उपहार प्रदान गरेको हो।
ख्रिष्टमसको पूर्व सन्ध्यामा नवशान्ती मण्डलीमा हाजिर जवाफ प्रतियोगिता पनि सम्पन्न भएको थियो।
Discussion about this post