येशू ख्रीष्टको चाहना ( संसारबाट फर्क अब )

[ 10 ] November 8, 2013 |

पिता,पुत्र,पबित्र आत्मा,मान्नलाई त मान्छौ तिमी !
बिश्वासीको आँखा छलि,के-के तान्छौ-तान्छौ तिमी !!
घरि-घरि गबाही दिन,पुलबिटमा जान्छौ तिमी !
असल बाटो छोडि किन? खराब बाटो छान्छौ तिमी !!
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!

अनगिन्ति मेरा बचन,पल्टाई हेर बाइबल भित्र !
नोकर होइन तिमीलाई मैले,भनेको छु असल मित्र !!
येशू ख्रीष्टको सन्तान भनि,बाइबल पनि बोक्छौ तिमी
आफ्नै भाई बैनीको घोक्रो समाई,पिठियु ठोक्छौ तिमी !!
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!

निदाएको भान गर्छौ,कति चोटी जगाउ मैले !
तिम्रो पाप बोकी क्रूसमा,कति रगत बगाउ मैले !!
ठुलो पाप छ तिम्रो एउटा,बिश्वासीमा लुकेको छ !
ब्यभिचारको तिम्रो पापले,कोर्राको घाउ दुखेको छ !!
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!

जीबनको पुस्तकमा सबै कुरा लेख्छु मैले !
किन तिमी बुझ्दैनौ खै?सारा कुरा देख्छु मैले !!
तिमी पुरुष स्त्रीहरु ब्यभिचारले मात्तेका छौ !
आज फेरी बचन सुन्दा भित्र भित्रै आत्तेका छौ !!
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!

भजन,कोरस गाउछौ अनि,बचन पनि बाडछौ कहिले !
फरिसी झै मनको ढोका,बन्द गर्छौ तिमी जहिले !!
देखावटी होइन तिमी,असल सेबक हुनु पर्छ !
जुन बचनलाई बाडछौ तिमी,तिमीलाई पनि छुनु पर्छ !!
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!

कस्को लागि छेडीएथे,कोखा.पाउ,र हातहरु !
तिम्रै लागि प्रार्थनामा,बिते मेरा रातहरु !!
रगतले पखाल्नेछु,मप्रतिका घातहरु !
फेरी मेरो बाटो हिड,दिन्छु तिमीलाई साथहरु !!
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब !
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!

सम्झ तिमीले संसारलाई,कस्तो प्रेम दिएकोथें !
तिम्रै लागि कष्टहरुको,घुटका मैले पिएकोथें !!
जस्तो मैले प्रेम गरें,तिमीले त्यस्तै गर्नु पर्छ !
अन्धकारलको बस्तीतिर,ज्योती तिमीले छर्नु पर्छ !!
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!

आदम,हब्बा,कयिन बाट,दियाबलस फर्केकोछ !
कति बेला मौका पाउला,भनि तिमीलाई पर्खेकोछ !!
मेरो नाम लिई,इन्कार गर दुष्ट सैतान टाढा जान्छ !
त्यसकै आज्ञा मान्यौ भने,नर्क भित्र तिमीलाई लान्छ !!
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!

सिंह जस्तै गर्जेकोछ,बिश्वासीलाई थर्काउन !
धेरै कोशिस गर्छ त्यसले,संसार तिर फर्काउन !!
नर्क तिर होइन अब,सियोन तिर बाटो मोड !
दियाबल टाढा जान्छ,त्यसको सबै बन्धन तोड !!
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!

फुस्कि सक्यो हाम्रो नाता,अब पनि फेरी जोड !
प्रेम गरि क्षमा गर्छु,फेरी पाप गर्न छोड !!
जीबनको अन्त्य सम्मै,बिश्वासी भई बस तिमी !
बाटो,सत्य,जीबन मै हुँ,स्वर्ग भित्र पस तिमी !!
अझै पनि भन्छु तिमीलाई,संसार बाट फर्क अब
होइन भने दण्ड पाउन,अन्तिम दिनलाई पर्ख अब !!

असल दाखको बोट म हुँ,तिमी हाँगा बन्नु पर्छ !
मुक्त्तिदाता अरु छैन,येशू ख्रीष्ट हुन भन्नु पर्छ !!
माग तिमीलाई दिइनेछ,ढकढक्याउ त उघार्ने छु !
धार्मिकताको दाहिने हातले,तिमीलाई फेरी सुधार्ने छु !!

(प्रदीप छिनाल :-सी.एन.आई.ए. आर्मी फोर्स,आबुधाबी,दुबई)
मिति: २०७० कार्तिक २१ गते बिहिबार

Facebook Comments

Category: Poetry, कबीता