मंसिर ४ मा हुन्छ त चुनाव?

[ 0 ] July 12, 2013 |

गिदोन लामिglamichhaneछाने (तारा)

         उहिलेको नेपाल र अहिलेको नेपालमा धेरै फरक छ। हुनत हामी नेपालीहरु भएका परिवर्तनहरुलाई स्वीकार्न पनि हिच्किचाउ“छौं यद्यपी मुलुकमा भएका राम्रा र नराम्रा कुराहरु छुट्याउनु पर्छ। वास्तवमा नेपालको वर्तमान अवस्थासम्म आइपुग्न कैयौं उतारचढावहरु भएका छन्। राज्यमा आउने यी सम्पुर्ण परिवर्तनमा यहा“को राजनीतिले नै ठूलो भूमिका खेलेको छ। जब बाइसे चौबिसे राज्यमा भएको नेपाल र त्यसपछि पृथ्वीनारायण शाहको एकीकरण पछि इतिहास लेखिंदै आएको छ। १८३१ भन्दा अघिको नेपाल र अहिलेको नेपालबीच तुलना गर्दा हामीले सन्तुष्टि हुनुपर्ने धेरै कारणहरु छन्। त्यतिखेरको कविला युग र पछि समुन्नत राष्ट्रमा विकास भएको हामी सबैको देश नेपाल जो विशाल एकीकृत राज्यको रुपमा विकास भएको सत्य हो जसको श्रेय पृथ्वीनारायण शाहलाई जान्छ तर अहिले आएर पुनः पृथ्वीनारायणको एकीकरण प्रक्रियासंग विविध प्रश्नहरु जोडिएर आएका छन्। खासगरी नेपालको जनजाती समुदायबाट उनीहरुमाथि अन्याय भएको दाबी गरिदैं आएको छ। शाहले एकल जाति, एकल भाषा, एकल धर्मको विकासमा जोड दिए अनि अन्य भाषा, जाति, संस्कारहरुमाथि ठाडो हस्तक्षेप गरि चरम शोषण र दमन गरे भन्ने निष्कर्षा अहिलेको आदिवासी जनजाति समुदायको ठूलो हिंसा त्यो अडानमा कामय छ।

    नेपालको राज्यसत्तामा पहुँचमा पुगेको अर्को राणा वंश हो। जसरी नेपालको इतिहासमा शाहको वंशावली रटाइन्छ जो राजाहरु बने त्यसरी नै राणहरुको इतिहास पनि विद्यमान छ। जंगबहादुर र उनीपछिका राणाहरुले २००७ सालसम्म नेपालको राज्यसत्ता सञ्चालन गरेका थिए। जसरी शाह वंश राज्यसत्तामा स्थापित थियो त्यसरी नै राणाहरुले पनि त्यो स्थान ओगटेका थिए। ००७ सालमा भएको व्रि्रोहले प्रजातन्त्रको स्थापना गर्‍यो। त्यो नेपाली इतिहासमा कायापलट नै थियो। एउटा जहानीय राज्य सत्ताबाट सम्पुर्ण अधिकार खोसी थपनाको रुपमा रहेको राजालाई सक्रिय बनाई जननिर्वाचित सरकार बनाउने प्रयत्न भयो। यद्यपी संविधान र जनताभन्दा माथि राजा हुन्थे। राजाले २०१५ सालमा आम निर्वाचनको घोषणा गरे र विशेश्वरप्रसाद कोइरालालाई प्रधानमन्त्री बनाइयो। उनी नै नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री थिए। तर त्यसको ठिक दुर्इ वर्षपुग्न नपाउँदै राजा महेन्द्रले पञ्चायती शासन कालको लागु गरे। जुनबेला राजनीतिक दलको अस्तित्वलाई समाप्त पारी राजाको हुकुममा राज्यसत्ता चलाइयो। पछिल्लो समयमा आएर नेपालमा राजनीतिक गतिविधि एकदमै त्रि्र रुपमा फैलिएर गयो। राजाको कदमलाई कसरी विफल बनाएर जनताको अधिकार स्थापित गर्ने भन्ने सवालमा छलफल भइरह“दा तत्कालिन अवस्थामा दुर्इ वटा पार्टी मात्रै अस्तित्वमा थिए। २००७ सालमा स्थापना भएको नेपाली काँग्रेस र २००६ सालमा स्थापना भएको नेपाल कम्यूनिष्ट पार्टी अन्ततः नेकपाका तत्कालिन महामन्त्री डा.केशरजंग रायामाझी दरवारतिर हानिए भने भारतको दरभंगामा भएको प्लेनममा मोहन विक्रम सिंहले “मुलुकलाई निकास दिन संविधान सभाको चुनाव” लाई मुख्य नारा बनाएर अघि बढ्ने प्रस्ताव गरे। तर, त्यतिबेला मोहनविक्रमको साथमा पुष्पलालहरु पनि सामेल हुन सकेनन् उनीहरुले कांग्रेससंग मिलेर जनआन्दोलन गर्नु पर्ने र बहुदलीय व्यवस्थाको पर्ुनस्थापना गरिनुपर्ने भन्दै छुट्टा छुट्टै रुपमा आन्दोलित भए। फलतः २०२८ सालको नेकपा -माले)को झापा व्रि्रोह जो ‘सामन्तको टाउको गिड्ने’ अभियानबाट उद्देलित भई अन्ततः २०३६ सालमा बहुदल कि निर्दल भन्ने विषयमा जनमत संग्रह भयो। त्यसले निर्दल नै ठिक छ भन्ने बहुमत पायो। हुनत राज्यसत्ताबाट सञ्चालित कार्यक्रममा सत्तापक्षकै जित हुनु स्वभाविक र पुर्वअनुमानित कुरा थियो। त्यसपछि पनि दलहरुको गतिविधि चुपचाप रहेन झन् आक्रोशित र प्रभावकारी रुपमा अघि बढ्यो र २०४६ सालमा जनआन्दोलनको बलमा बहुदलीय व्यवस्थाको पुर्नस्थापना भयो। नेपाल प्रजातान्त्रिक -संबैधानिक राजतन्त्रसहितको जनताको शासन) राज्यको रुपमा विकसित भयो। त्यतिखेर पनि मोहनविक्रमहरु संविधानसभाको चुनाव गरिनुर्पर्छ आम निर्वाचन होइन भनि आन्दोलनरत थिए। २०४७ सालमा आम निर्वाचन सम्पन्न भयो।

    त्यसपछिको समय नेपाली राजनीतिले कोल्टे फेर्‍यो। २०५२ सालमा तत्कालिन नेकपा -एकताकेन्द्र)ले जनव्रि्रोह गरि जनयुद्धको घोषणा गर्‍यो नेकपा -माओवादी)को नाममा। माओवादी पार्टर्ीी हत्या, हिंसाको बाटो अपनाई क्रान्तिको मार्ग हिड्यो त्यही समयमा २०५८ सालमा दरबार हत्याकाण्ड भयो। जहा“ राजा विरेन्द्र र उनको परिवारको कसले – किन – हत्या गर्‍यो अहिलेसम्म गुपचुपमा नै राखिएको छ। त्यसपछि २०६२ साल मंसिर ५ गते सात दल र नेकपा (माओवादी) बिच भएको १२ बु“दे सम्झौताले अन्ततः संविधानसभाको चुनाव गर्दै अगाडि बढ्ने ऐतिहासिक र महत्वपुर्ण कदम चाल्यो। संविधानसभाको पहिलो चुनाव २०६४ चैत्रमा सम्पन्न भयो । २०६५ जेठ १५ मा  गणतन्त्रको घोषणा भयो। त्यसयता नेपालमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता लगायतका मुद्दाहरु जटिल र समस्याका रुपमा देखा पर्दै गए। यीनै विषयमा विवाद सुल्झिन नसकेका कारण २०६९ जेठ १४ गते संविधानसभाको विघटन भएको हो। फेरी  २०७० मंसिर ४ गते दोस्रो पटक संविधानसभाको चुनाव गरिने मिति निर्वाचन आयोगले र्सार्वजनिक गरेको छ।

    यतिबेलाको बहस सम्पुर्ण राष्ट्रको समुन्नती, दिगो शान्ति र परिवर्तनका पक्षमा हुनुर्पर्दछ। चुनावको तयारीमा जसरी आयोगले कामकारबाही अगाडि बर्ढाईरहेको छ र राजनीतिक दलहरु त्यसमा लागिरहेका छन् त्यो पर्याप्त छैन। यतिबेला आम निर्वाचन र संविधान सभाको चुनावबीचमा कतिपयले फरक छुट्याउन पनि सकिरहेका छैनन् जसका कारण धेरै जनसमुदाय अन्यौलमा परेका छन्। अघिल्लो पटक भएको कमजोरी पनि त्यही थियो कि संविधानसभालाई नै संसदीय (व्यवस्थापिका)अधिकार प्रत्यायोजन गरिएको थियो। त्यसले नेतृत्वलाई सत्ताको मोहले सतायो अनि संविधान भन्दा पनि सत्तामा नै हराए दलहरु। अर्कोकुरा संघीयताको मुद्दा अहिलेको जटिल र संविधानसभाको विघटनको कारक हो। कस्तो खालको संघीयता – भन्ने विषयमा अहिले पनि आ-आफ्ना अडान कायमै छ। यसले थप भोली संविधानसभाको चुनाव भइहाले पनि समस्या नै उत्पन्न गराउछ। सो मुद्दालाई किनारा लगाउनु पर्छ कि कुन प्रकारको संघीयतामा जाने जनतालाई छनौट गर्ने अधिकार दिइनु पर्छ। धर्म निरपेक्षता र गणतन्त्रमा सम्झौता गरिनु हुंदैन। धर्मनिरपेक्षता र गणतन्त्र संस्थागत विकास गरेर अघि बढ्न आवश्यक छ।

    अर्कोतिर नेकपा-माओवादी लगायतका केही राजनीतिक दलहरु जसरी पनि संविधानसभाको चुनाव हुन नदिने भन्दै कार्यक्रम नै बनाएर लागिरहेका छन्। फोटोसहितको मतदाता नामावली संकलन कार्यमा आएका अवरोधहरुले  पनि  त्यतिसजिलै चुनाव होला भन्न सकिन्न। हुनत पुर्वराजा ज्ञानेन्द्रले पनि नगर निर्वाचन गराएका थिए त्यो आफै अमान्य  भयो। कतै यसपटक घोषित् चुनाव पनि त्यस्तै नहोला भन्ने आधारहरु कमै छ। यसकारण पनि सधैं मुलुकलाई यही परिस्थितिमा राखिराख्न हुंदैन। परिवर्तन सम्भव छ। अब चुनाव पनि सम्भव छ। त्यसका लागि स्वस्थ प्रकारले चुनाव गराउन सबैले लागिपर्न आवश्यक छ। दलहरुको इमान्दारीता भए चुनावमा सहायता गर्न जनता तयार छन्। यो मुलुकलाई समृद्ध भएको हेर्न नेपालीहरु आतुर छन्।

    उहिलेको नेपाललाई अहिलेको नयाँ नेपालमा ल्याइपुर्‍याउन यो भूमिका यी नै राजनीतिक दल र नेतृत्वले अहम् भूमिका निर्वाह गरेका थिए। यो स्वभाविक हो कि, अहिलेको अवस्थामा यस्ता केही जटिलताहरु देखा पर्नु परिवर्तनका लागि पुर्ण संर्घष हो। सकारात्मक सोंचको विकास गरौं। पश्चगमन् तर्फहोइन अग्रगमनका लागि सबैले आ-आफ्नो तर्फाट योगदान गरौं।

Facebook Comments

Category: Socio-political


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4