नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ८६ वर्षको उमेरमा शुक्रबार राति ११:२६ बजे निधन भएको हो। एक राष्टवादी नेताको निधनले धेरैलाई मर्माहित बनाएको छ। नेता भट्टराई दुई पटक नेपालका प्रधानमन्त्री हुनु भएको थियो। ‘एक सय चार वर्ष जहानियाँ राणा शासन र तीस वर्षे पञ्चायती तानाशाहीका विरुद्ध लोकतन्त्रको पक्षमा अविच्छिन्न रूपमा संघर्षरत रहनुभयो।’
पञ्चायती शासनको विरोधमा भएको जनआन्दोलनपछि पहिलो पटक प्रधानमन्त्री बनेका भट्टराईको नेतृत्वमा नेपालमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापनापछिको संवैधानिक राजतन्त्रसहितको संविधान जारी भई चुनाव सम्पन्न भएको थियो। सात सालको आन्दोलनपछि भएको पहिलो आम निर्वाचनपछिको संसदमा भट्टराईले देश कै पहिलो सभामुखका रुपमा कार्यभार सम्हालेका थिए। उनी नेपाल पत्रकार महासंघका प्रथम सभापति पनि हुन्।
सरकारले भट्टराईको अन्त्यष्ठी राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ। तीन दिन राष्ट्रिय झण्डा झुकाउने र आइतबार सार्वजनिक विदा दिने निर्णय मन्त्रिपरिषद्को वैठकले गरेको छ। अन्तिम श्रद्धाञ्जलिका लागि पार्थिव शरीर भोलि बिहान आठ बजेदेखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा, बिहान १० बजेदेखि २ बजेसम्म त्रिपुरेश्वरको दशरथ रंगशालामा राखिनेछ। २ बजेपछि दशरथ रङ्गशालाबाट नयाँ सडक गेट, वीर अस्पताल, रत्नपार्क, बागबजार, डिल्लीबजार, पुरानो बानेश्वर, गौशाला हुँदै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ।
Republished in new layout 7/8/2013
Discussion about this post