युवाहरूलाई खुल्ला पत्र

[ 0 ] February 11, 2009 |

नेपाली ख्रीष्टियान युवाहरूलाई खुल्ला पत्र

प्रभुले धेरै माया गर्नुभएका मेरा प्रिय मित्रहरू,
आरामताको खबर लेखेर आफू सञ्चो भएको अभिनय गर्न मलाई मन लागेको छैन। मित्र, तपाईंलाई यो पत्र लेखिरहँदा मेरो मन रुँदै छ। यो पत्र मेरो अर्न्तर्मनको वेदना र वन्दन हो। यो पत्र लेख्नुअघि मैले धेरै हप्ता आफ्नो मनलाई रुवाएको छु। अब त मन थाम्न नसकेर आफ्नो मन पोखाउने जोखिम मैले लिन लागेको छु। म आसा र विश्वास गर्दछु कि तपार्इंले यो पत्रलाई हृदयले पढ्नुहुनेछ।

bhubanए मित्र, नाम वा व्यक्तिगत सम्बोधनभन्दा यो पत्रले तपाईंलाई घच्घच्याउला कि भन्ने आसा धेरै लागेको छ। सायद हैसियतको प्रश्न गरे पनि भरपर्दो उत्तर होइन, म त ख्रीष्टियान हुँ भन्ने उत्तर मात्रै मसँग छ। सायद यो नै मेरो सर्वोच्च परिचय हो।
किन रुँदै पत्र लेखेको भनेर सोध्नुभयो भने मसँग तपाईंको चित्त बुझ्ने उत्तर छैन। तर म विक्षिप्त हृदयले यति भन्न सक्छु कि नेपालको मण्डली कता जाँदै छ भनेर तपाईं र मैले विचार गर्नुपर्छ। मण्डलीलाई परमप्रभुले यहाँसम्म ल्याउनुभएको छ। हाम्रा अग्रजहरूको परिश्रम र विचलन नहुने विश्वासलाई हामीले सलाम गर्नुपर्छ भन्ने मेरो हार्दिक मान्यता हो। कसैले मण्डलीको पाँच वा दश वा पन्ध्र वर्षो स्वरूपबारे बसेर किन विचार नगरेको होला? सुनौलो हिजोमा भोलिको फिक्री नगरेको जस्तो पो देखिंदै छ। येशूले भोलिको फिक्री नगर्नू भनेर दिनुभएको आदेशको सही व्याख्या त्यसो हुनुनपर्ने हो?
मण्डली र ख्रीष्टियानहरूको हृदयमा बाइबलको ठाउँ खुम्चिंदै छ भने येशूको आत्मालाई चोट पुग्ने नाना थरीका कुराहरूको स्थान तन्किंदै छ। मण्डलीमा सम्झौताको स्थान ठूलो बन्दै छ भने जङ्कफुड खाने बानी मण्डलीलाई लागिसकेको छ। तन्नेरी पुस्ता पनि अब त्यही बाटोतिर लम्कन थालेको हो कि भन्ने भान पो मलाई पर्दैछ, सायद यो मननको विषय होला।
अँ, तपाईं र मैले महाविर पुनको उदाहरणलाई पनि पछ्याउन नसकेकोझैँ लाग्दै छ। विदेशको ठूलो मौकालाई लात हानेर बाग्लुङमा दुःखसँग कम्प्युटरको नेर्टवर्क स्थापना गरेको कारणले उनले म्यागासेसे पुरस्कार र अन्य धेरै सम्मानहरू पाएको नमुनाले हामीलाई किन उत्प्रेरित गर्न सक्दैन भन्ने चोटिलो प्रश्न मेरो मष्किमा धेरै पटक खेलिरहन्छ। देश र समाजलाई केही दिएर आफ्नो जीवनलाई पनि उचालेको यो एउटा राम्रो उदाहरण हुन सक्छ। स्वाबलम्बी हुनुपर्छ भन्ने मान्यताभन्दा हामीलाई परनिर्भर हुन बढी चासो लागेको कुरा पनि राम्रो होइन कि? हामी धेरैजना अर्कै संसारको प्राणीजस्तै भएका छौं, होइन र? मोवाइल, एमपी फोर, आइपड वा अरू कुनै डिभाइसलाई हामीले धेरै समय दिन्छौं, कहिलेकाहीँ त बाइबल र परमेश्वरभन्दा पनि बढी ध्यान दिन्छौं। अँ ! कोही साथीहरूले त त्यस्ता साधनहरूमा आपत्तिजनक कुराहरू पनि बोकेका छौं। केही समयको लागि मनोरञ्जन गर्ने निहुँमा हाम्रो मन डाकुको ओडार त बनिरहेको छैन, प्रार्थनाको घर कहलाइनुको साटो?
संसार र शरीरको राज्य तपाईं र मैले हामीमा धेरै भएको अनुभव गर्दै छौं, परमेश्वरको साटो। कसैले भनेझैं यहाँ सत्य बोल्यो भने कुटाइ खाइन्छ रे। अब हामीले अर्कै तरिकाले हेर्ने समय आएन र?
आफ्नो युवावस्थामै सृष्टिकर्ताको सम्झना गर्ने समय आएन र?
तपाईंलाई उन्नत र मण्डलीलाई समुन्नत देख्ने स्वार्थ बोक्ने…

भुवन देवकोटा

Republished in new layout 6/14/2013

Previous Comment

I am so glad to read
written by niluraj , December
22, 2009

This is true you
mention sir. We are the future pillars of our Christian society. And this is the
time to have the correct guidence towards the right track for the youth
generation to be the servent and the responsible leader and “christian”
personaly for the kingdom of God.
His servent
Rajen

Facebook Comments

Category: Articles