शुभविहानीमा परमेश्वरको महान् तथा शक्तिशाली बचन, उहाँको लिखित बचन पवित्र धर्मशास्त्र बाईबल र यससंग सम्बन्धित ख्रिष्टियन जीवनमा प्रभावकारी सेवाकाईका लागि मुख्य लक्षित गरी मिशन स्कूल अफ थियोलोजी धरानले संचालन गरेको पहिलो चरणको “बेशिक बिब्लिकल थियोलोजी कोर्ष” सफलतापूर्वक सु–सम्पन्न भएको छ । अब यस स्कूलमा यो कोर्षलाई निरन्तर अध्ययन अध्यापन गराइने भएको हुँदा इच्छुक परमेश्वरका छोराछोरीहरुलाई सहभागी हुनका लागि हार्दिक अनुरोध छ।
पूर्वाञ्चलको सुन्दर नगरी धरान र यस आसपासमा रहेर विभिन्न मण्डलीहरुमा सेवा संगति गरिरहनु भएका ख्रिष्टियजनहरुको आत्मिक बृद्धिका लागि बाइबलीय शिक्षा प्रदान गर्ने उद्देश्यले आगामी २०७० असार २ गते देखि ३ महिनासम्म धरानमा संचालन हुनेभएकोले प्रार्थना गरिदिनु हुन अनुरोध छ।
उद्घाटन कार्यक्रम
२०७० जेष्ठ २ गते
समय : बिहान ६ बजेदेखि ८ बजेसम्म
स्थान : मिशन स्कूल अफ थियोलोजी धरान
असमर्थताका लागि : ०२५ :५३३७९७
Discussion about this post