जलीरहेको पोथ्रा र मोशा

[ 3 ] June 13, 2013 |

reshamकतिचोटी हामी हाम्रा जीवनमा दर्शनहरु गुमाएका हुन्छौं। कतिचोटी हामी हाम्रो जीवनमा लक्ष्यहरु बिर्सीरहेका हुन्छौं । अनि गुमनाम जीवनमा बाँच्नुमा आफुलाई आनन्द मान्छौं । कतिचोटी हामी आत्मिक जीवनमा सेलाएर बसीरहेका  हुन्छौं । हाम्रो विचारमा शून्यता लिएर जीवनलाई एउटा औपचारिकतामा घिसारीरहेका हुन्छौं । जब परमेश्वर हाम्रो जीवनमा काम गर्न लाग्नहुन्छ तब हाम्रो जीवनमा अचम्म तरिकाले काम गर्नुहुन्छ । एउटा समान्य कुराबाट उहाँ असमान्य काम गर्नु हुन्छ अनि एउटा सधारण कुराबाट उहाँले असाधरण काम गर्नुहुन्छ ।

“त्यहाँ एउटा जलीरहेको पोथ्रा -झाडी) को ज्वालामा परमप्रभुका दूत तिनीकहाँ प्रकट भएर तिनले पोथ्रालाई हेरे त्यो पोथ्रा जलीरहेको थियो-तापनि भस्म हुँदैनथ्यो । मोशाले भने, -“अब म छेवैमा गएर यो गजबको दृष्यलाई हेर्नेछु । त्यो पोथ्रा किन भस्म हुँदो रहेनछ- जब हर्नलाई तिनी त्यतातिर लागेका परमप्रभुले देख्नुभयो, तब परमेश्वरले पोथ्राका बीचबाट “मोशा, ए मोशा” भनेर तिनलाई बोलाउनुभयो । अनि तिनले भने, “म यही छु ।” प्रस्थान ३:२-४ ।

यहाँ प्रस्थानको ३ अध्यायमा परमेश्वरले मोशाको जीवनमा एक असाधरण काम र बोलावट गर्नुभएको कुरा थाहा गर्न सक्दछौं । मोशाले सँधै जस्तै आफ्नो ससुराको भेडाबाख्रहरु चराउन होरेब पर्वतसम्मै लगेका थिए । मोशाको जीवनमा त्यस्तो नयाँ योजना अनि विचार थिएन । उनी आआफ्नो दैनिकी तालिकाअनुरुप भेडाबाख्रा चराउने काममा व्यस्त थिए । दायाँ बायाँ कुनै कुराको खासै सरोकार र चासो थिएन । एकप्रकारले उनको जीवनमा कुनै नवीनता अनि कुनै जोश थिएन । शायद उनी सेलाईरहेकका  थिए । भेडाबाख्रहरुको हेरचाह गर्ने चराउने कुरामै उनका जीवनका कैयन बर्षहरु त्यतिकै वितीरहेको अलमलीरहेका हामी पाउन सक्दछौं । मोशाले चलीस बर्षदरबारमा विताएका थिए र लगभग चालीस बर्ष उनको ससुराको घरमा भेडाबाख्रा चराउदै बिताएका थिए । यस्तै क्रममा एकदिन अचम्मको घटना घटन पुग्यो । त्यहाँ एउटा पोथ्रा अथवा झाडी जो जलीरहेको थियो आगो बलीरहेको थियो त्यहा परमेश्वरको दूत प्रकट भए । मोशाले त्यो जलीरहको पोथ्रालाई हेरे तर त्यो जलीरहेको थियो तर नाश भएको थिएन । यो दृष्यले मोशाको एकाग्रतालाई भङ्ग गर्‍यो । यो दृष्यले मोशाको मनमा तरङ्ग पैदा भयो । यो दृष्यले मोशाको मुटुको धढकन बढेर  आयो । के रहेछ त यो दृष्य भनेर मोशाको मनमा कौतुहुलता जाग्यो । म छेवैमा गएर यो दृष्यलाई अवलोकन गर्नेछु म यसलाई हेर्नेछु भनेर मोशाले विचार गरे । जब मोशाले यो दृष्य हर्न त्यो जलीरहको पोथ्रको छेवैमा गए तब परमेश्वरले मोशालाई नाम काढेर बोलाए । परमेश्वर त्यो जलीरहेको पोथ्राको बीचबाट मोशालाई बोलाउनुभयो ।

“त्यहाँ एउटा जलीरहेको पोथ्रा -झाडी) को ज्वालामा परमप्रभुका दूत तिनीकहाँ प्रकट भए, र तिनले पोथ्रालाई हेरे, त्यो पोथ्रा जलीरहेको थियो-तापनि भस्म हुँदैनथ्यो ।”  यहाँ एउटा झाडी अथवा पोथ्रा थियो जसबाट आगो जलीरहेको थियो । आगो बलीरहेको थियो तर त्यो नाश हुदैनथ्यो । वास्तवमा त्यो झाडी अथवा त्यो पोथ्रो के महत्त्वपूर्ण चीज हो- त्यो पोथ्रो जो मोशाको लागि त्यति महत्त्वपूर्ण कुरा थिएन। झाडी कुनै पनि हेरविचारविना हुर्कन्छ अनि यो झाडीमा पस्दा मान्छेलाई निस्कन पनि गाह्रो हुन्छ । प्रायजसो झाडी मानिसको लागि महत्वहीन कुरा हो । त्यो झाडी मानिसले गोडमेल गरेर अथवा हेरचाह गरेर उमारेको अति नै महत्त्वपूर्ण कुरा पनि थिएन । यो जंगलहुँदो त्यतिकै उम्रिन्थ्यो । थाहा छैन परमेश्वरले किन त्यो झाडीलाई छान्नुभयो कि त्यहाँ आगोको ज्वाला बलीरहेको थियो । तर परमेश्वरले एउटा सधारण कसैले वास्ता पनि नगर्ने झाडी पोथ्राबाट अचम्म तरिकाले आगोको ज्वाला निकाल्नुभयो । त्यहाँ परमेश्वरको दूत प्रकट भयो । यद्यपि मोशाले त्यो दृष्य जब देख्यो अझ तीन छक्क पर्‍यो । आगोले जलेपछि त कुनै पनि चीज नष्ट हुन्छ तर त्यो झाडी जसमा आगोले जलीरहेको थियो भस्म हुदैनथियो । भेडाबाख्रा चर्राईरहेको मोशाको एकाग्रता यस दृष्य देखेर कौतहुलता र जिज्ञसा बढन थाल्यो । त्यसैले मोशा त्यो दृष्य हेर्न नजीक नजीक गयो । यो अचम्मको दृष्य थियो कि मोशाले आफ्नो जीवनमा यस्तो दृष्य देखेका थिएनन् । यो जीवनमा पहिलो चोटी थियो । आगोको ज्वाला झाडीमा बलीरहेको थियो । तर झाडी भष्म भएको थिएन ।  यो मोशाको काल्पनिक कुरा पनि थिएन यो त सत्य र वास्ताविक घटना थियो ।

मोशाले आफ्नो जीवनमा धेरै कुरा सिकेका थिए । उनी फिरउनको दरबारमा चालीस बर्षसम्म त्यहाँको वातावरण अनि शिक्षादिक्षा लिएर बढे हुर्केका थिए । पछि उनले आफ्नो जाति इस्राएलीको पक्षमा लागेर पलस्तीलाई मार्दा उनी राजदबार छोडेर भागेर मिद्यानमा पुगेका थिए । जब उनी मिद्यानमा पुगे तब उनले त्यहाँ बिहेवारी गरेर आफ्नो ससुराको भेडाबाख्रा चराउने काममा व्यस्त थिए । एक प्रकारले उनको जीवनको दिनचार्या नै त्यही बनेको थियो । एक किसिमले उनको जीवनमा खासै कुनै नयाँ अनि कुनै जोश र जाँगर थिएन । जे जस्तो आईपथ्र्यो त्यही अनुरुप जसोतसो जीवन बाँचीरहेको थियो । ऊ पराजित मन लिएर मिश्र छोडेर मिद्यानतिर भागेको थियो । उनले सोंचे कि उनी एक असफल अनि हार खाएका व्यक्ति हुन् । उनी दरबार छोडेर भागे ।  चालीस बर्षम्म उनले मिद्यानमा एक्लो अनि निराशामय जीवन विताउनु पर्‍यो । तर परमेश्वरले मोशालाई अर्को एउटा आयाममा उठाउन चाहनुहुन्थ्यो  । अर्को एउटा उँचाईमा लैजना चाहनुहुन्थ्यो । उनको जीवनको सबै कुरा परिवर्तन गराउन चाहनुहुन्थ्यो । मरुभूमिमा जब होरेव पर्वतमा मोशाले भेडाबाख्रा चराउदै थिए। तब एउटा झाडी पोथ्रामा आगो बल्यो । त्यहाँ परमेश्वरको दूत प्रकट भए । मोशाले त्यहाँ केवल झाडीमा आगो बलेको देखे । तर झाडी भस्म हुदैन्थ्यो । अनि मोशा के रहेछ भनेर त्यो झाडीतिर हेर्न गए । त्यहाँबाट आवाज आयो ए मोशा मोशा भनेर । शायद हामी कतिजना मरुभूमि अनि एकान्तमा त्यसरी झाडीमा आगो बल्ने अनि कहिल्यै झाडी नजल्ने अझ नामै काढेर त्यो झाडीबाट बोलाउँदा अत्तालिएर टाप कस्ने थियौ होला । हामी भाग्ने थियौ होला । त्यो मरुभूमिमा भेडाबाख्रा चराएर दिन काट्ने एक जना गोठालालाई परमेश्वरले नामै काढेर बोलाउनु भयो । परमेश्वरलाई मोशाको नाम थाहा थियो । परमेश्वरलाई मोशा कहाँ बस्छ- के गर्छ भनेर थाहा थियो। अनि मोशाको जीवनमा परमेश्वरले योजना राख्नुभएको थियो । परमेश्वरले तपाइँको नाम जान्नुहुन्छ अनि तपाइँ को हुनुहुन्छ भनेर पनि जान्नुहुन्छ ।

आज शायद तपाइँको जीवन पनि मोशाजस्तै गुमनाम बनेर रहेको छ । एकलोपन अनि निराशा अनि असफलता र हारमा कतै एउटा कुनामा कोचिएको छ । के जीवनको मरुभूमिमा कतै हर्राईरहनुभएको छ । के जीवनको अगाडिको लक्ष्य सपना दर्शन हराउनुभएको छ- आज हामी परमेश्वरको आत्माको आगोले बल्नुपर्दछ । परमेश्वरको आत्माको आगोको जागृति र नवीन दर्शन अनि जोश आउनु पर्दछ । मोशालाई परमेश्वरले बोलाउनुभयो । मोशालाई एउटा उद्धेश्य अनि लक्ष्यको लागि उहाँले बोलवट गर्नुभयो । इस्राएलीहरु मिश्रीहरुको बन्धनमा रहेका थिए । उनीहरु दासत्व अनि पिंडामा थिए । उनीहरुलाई छुटकारा अनि स्वतन्त्रताको खाँचो थियो । उनीहरु पमेश्वरलाई पुकारा गरीरहेका  थिए । तिनीहरु क्रन्दन परमेश्वरले सुन्नुभयो । त्यसैकारण परमेश्वरले मोशालाई बोलाउनुभयो । असाधरण प्रकारले परमेश्वरले मोशालाई बोलवट गर्नुभयो । आज परमेश्वरले उहाँका जनहरुलाई विशेषरुपमा बोलवट गर्नुहुन्छ । विशेषरुपले उहाँले आफ्नो जनहरुलाई उहाँको योजना  र कामको लागि बोलाउनुहुन्छ ।

मोशाको दैनिकी तालिकाबाट परमेश्वरले छुट्टै तालिका र योजनामा लैजान चाहनुभयो । परमेश्वरले एउटा साधरण झाडी पोथ्राबाट असाधरण काम गर्नुभयो । परमेश्वरले निश्चय पनि साधरण कुरालाई प्रयोग गरेर असाधरण र अलौकिक काम गर्नुहुन्छ । उहाँले तपाइँको नाम काढेर बोलाउनुहुन्छ । “….नडरा किनकि मैले तँलाइँ मोल तिरेर छुटाएको छु । मैले तँलाई तेरो नाउँ काढेर बोलाएको छुँ । तँ मेरै होस्।” यशैया ४३:१ । परमेश्वरले आज तपाइँलाई पनि तपाइँको नाउँ काढेर बोलाउनुभएको छ । किनकि उहाँले तपाइँको नाउँ जान्नुहुन्छ । तपाइँको नाउँ थाहा गर्नुहुन्छ ।

आज हामीलाई परमेश्वर आगो चाहिएको छ । आज हामीलाई परमेश्वरको ताजा अभिषेक अनि नयाँ जोश जाँगर अनि दर्शन चाहिएको छ। शायद हामी सेलाएका छौं । हामी हाम्रो आत्मिक जीवनमा सुख्खा अनि मरुभूमिहुँदो भएर गईरहेका छौं । एक्लोपना, जीवनको नैराश्यता अनि दिक्दारीपनले सताईरहेको हुन सक्दछ । कुनै लक्ष्य, दर्शन अनि योजनाविना निर्रथक दैनिकी बिताईरहेका हुन सक्दछौं । आज परमेश्वरले हामीलाई बोलाउनुहुन्छ । हामी जस्ता साधारण मानिसहरुको जीवनबाट उहाँले असाधरण काम गर्नुहुन्छ ।  उहाँले आगोद्धारा हामीलाई जवाफ दिनुहुन्छ । उहाँको जागृति हाम्रो जीवनमा पठाउनुहुन्छ ।

रेशम कुमार सुनवार

Facebook Comments

Category: Bible Study & Teaching, Sermons