‘सर्वाड्डीण मिसन’मा राजनीतिः अर्थ, महत्व र अभ्यास

[ 0 ] August 12, 2019 |

बि. पी. खनाल
प्रबद्र्धनको प्रयासमा

परिचय
यहाँ चयन गरिएको शब्दावली ‘सर्वाड्डीण मिसन’ को अभिन्न विषयका रूपमा पहिले प्रष्ट हुनु राम्रो हुन्छ । अंग्रेजी भाषाको विस्तारित प्रयोगमा चलाइएको ‘इन्टिग्रल मिसन’ शब्दावलीको नेपाली भाषामा प्रयोग हुने शब्द वा शब्दावलीहरूले पर्याप्त अर्थ खुलाउने सामथ्र्य राख्दैनन् । अंग्रेजी भाषामा व्यापक प्रयोग गरिएको ‘मिसन’लाई पनि नेपालीमा आगन्तुक शब्दको रूप दिएर ‘मिसन’ नै भन्नुको विकल्प छैन, किनभने यसलाई सहीरूपमा अथ्र्याउन प्रयोग हुने शब्द हामीसँग छैन ।
हिजोआज सुसमाचारीय झुकावका सबैजसो (इभान्जेलिकल) मण्डलीहरूमा “इन्टिग्रल मिसन” निकै चर्चा गरिएको विषय बनेको छ । यसको अर्थ, महत्व र उपयोगका बारेमा चलेको चर्चामा टिकाटिप्पणी हुनु ठीकै हो, जसले हामीलाई सम्पूर्ण सृष्टि तथा प्राणीजगत र खासगरी मानवजातिका निम्ति परमेश्वरको सम्पूर्ण दर्शनका बारेमा एउटा प्रष्ट धारणा बनाउन सहजीकरण गर्दछ । किनभने यसको प्रयोगले सन्दर्भअनुसार अर्थ पनि फरक बुझाउँछ, जस्तैः संस्थागत रणनीतिमा मिसन भन्नाले जे अर्थ बुझिन्छ, त्यही अर्थ राजनीतिमा, सैन्यसेवामा, सुरक्षामा, आर्थिक, प्रशासनिक वा सामाजिक गतिविधिहरूमा बुझिन्न । यता, धर्मशास्त्रीय शिक्षा, बाइबल वा मण्डलीको सन्दर्भमा ‘मिसन’ शब्दले सुसमाचार प्रचारको उद्देश्यमा हुने प्रायः सबैजसो काम वा गतिविधिहरूलाई जनाउँछ । अर्थात्, मिसन भनेको परमेश्वरको राज्य विस्तारका लागि गरिइने सबैखाले प्रयत्न हो ।
यसरी भनौं, ‘मिसन’ लाई नेपालीमा ठ््याक्कै उल्था गरेर एउटै शब्दमा भन्न सम्भव भएन । यसको मूल शब्द ‘मिसन’ले नेपाली भाषामा शाब्दिक अर्थ नपाउँदै यसको अगाडि विशेषणका रूपमा प्रयोग गरिएको ‘इन्टिग्रल’ शब्दले ‘मिसन’ को अर्थ र प्रयोगलाई झनै गहन बनाइदिएको छ । त्यसकारण हामीले यस शब्दावलीका लागि एउटा सामान्य समझदारी बनाउनुपर्छ, जस्तैः मिसन भन्नाले परमेश्वरको राज्य विस्तारको उद्देश्यका लागि मण्डलीले निरन्तर गर्ने–गरिरहने सबै किसमका प्रयास र गतिविधिहरूलाई बुझाउँछ भने यसको विशेषणमा थपिएको ‘इन्टिग्रल’ शब्दले उक्त मिसनको सामान्य बुझाइ वा गतिविधिलाई सम्पूर्ण, सिड्डो वा सर्वाड्डीण हुनुपर्छ भन्ने कुरामा जोड दिन्छ । त्यसकारण बाइबल धर्मशास्त्रको शिक्षामाथि प्रतिबद्ध सुसमाचारीय मण्डलीले यस संसारमा आÇनो प्रभावशाली उपस्थिति बढाउँदै लैजानका लागि लगातार गरिरहनुपर्ने अनिवार्य काम नै ‘मिसन’ हो भनेर बुझ्नु उचित हुन्छ । अर्थात्, बाइबलको सन्दर्भमा मिसनको सम्पूर्ण दर्शन र लक्ष्य भनेको मानव जातिलाई केन्द्रविन्दु बनाएर परमेश्वरको प्रेम र वास्ता सम्पूर्ण सृष्टिमाथि प्रकट गर्नु हो । उहाँकै स्वरूपमा बनाइएको मानिसलाई सृष्टिको प्रारम्भिक पूर्णतामा दिइएको “फल्दै फुल्दै, वृद्धि हुँदै र समस्त प्राणी जगतलाई बशमा पार्दै र सम्पूर्ण सृष्टिमाथि अधिकार गर्दै जाओ” भन्ने ईश्वरीय कार्यादेशलाई ‘मिसनको जग’का रूपमा स्वीकार गर्ने हो भने ‘इन्टिग्रल मिसन’ को प्रष्ट भाव र अभिप्राय बुझ्न सकिन्छ । यसरी, सम्पूर्ण सृष्टिलाई त्यसका सृष्टिकर्ताले शुरुमा उहाँकै स्वरूपमा बनाइएको मानिसद्वारा अधिकार गर्ने आखिरी अभिप्रायतर्फ फर्काउनका लागि ख्रीष्ट येशूद्वारा शुरू गरिएको विश्वव्यापी ‘राज्यविस्तार’को अभियानलाई पूर्णता दिने काम आजको मण्डलीसामु पन्छाउनै नमिल्ने अविभारा नै ‘मिसन’ हो भनेर बुझ्नु ठीक हुन्छ । यही बुझाइले हामीलाई मिसनको सही अर्थ र लक्ष्यमा प्रष्ट गराउन सक्दछ ।
बाइबलको पहिलो पुस्तक उत्पत्ति १ः२८ मा ख्रीष्टियन मिसनको प्रारम्भिक अभिप्राय र लक्ष्य प्रष्ट्याइएको छ भनेर सहमत हुने हो भने संख्या र प्रभावमा संसारभरि नै फैलिँदै जाने र सम्पूर्ण सृष्टिमा अधिकार गर्न सक्षम हुनुपर्ने कुरामा हामीले जोड दिनुपर्छ, जसका लागि मुख्यतः तीनवटा कुराहरू महत्वपूर्ण हुन्छन्, जस्तैः नैतिक, आर्थिक र राजनीतिक शक्ति । यी तीनवटै शक्तिमा आधारित नेतृत्वले काम गर्दामात्रै मण्डलीका लागि परमेश्वरले जिम्मा लगाउनुभएको ‘मिसन’ साँच्चिकै प्रभावकारी हुन्छ भन्ने कुरा विभिन्न देशका इतिहासले बताउँछ । तर कुनैबेला परमेश्वरमाथि विश्वास गर्ने मानिसहरूले बाइबलीय नैतिकतामा अडान राखेर मुलुकको आर्थिक एवं राजनीतिक कार्यक्रमहरू लागू गरेर प्रशस्त सफलता हात पारेका देशहरू अहिले आएर करिब पतनको भिरालोमा चिप्लिँदै गरेको अवस्थामा पुगेका छन्, किनभने त्यहाँ नैतिकतालाई (परमेश्वरको भय मान्ने जीवनशैली) जीवनका हरेक पक्षबाट मिल्काउन थालिएको छ । यसो भनौं, पहिलै निकै सफल मानिएका युरोप–अमेरिकातिरका देशहरूले नैतिकतारहित आर्थिक–राजनीतिक गतिविधिमा आफूलाई केन्द्रित गर्दै आए, जहाँ नैतिक जीवनको महत्व कमजोर पारिएको र ‘नरकका ढोकाहरूमाथि प्रबल हुने’ भनिएको मण्डली जीवन–मरणको दोसाँधमा छट्पटाइरहेको अवस्थामा पुगिसकेको छ ।
त्यसकारण ख्रीष्टको मण्डलीका लागि मिसनलाई अझै सम्पूर्ण, बलियो, प्रभावकारी र अर्थपूर्ण बनाउनका लागि ‘इन्टिग्रल’ विशेषण राखिएको कुरालाई जोड दिने उद्देश्यलाई अझै बलियो बनाउनका लागि हिजोआज मिसनको अध्ययन र अभ्यासको सवालमा केही विषयहरूको चर्चा निकै बढेर आएको देखिन्छ । तिनमा पहिलो ‘मिसनका लागि व्यापार’ ९द्यगकष्लभकक बक ःष्ककष्यल० हो । अहिले मण्डली तथा बाइबल अध्ययन केन्द्रहरू र तालीम–सेमिनारहरूमा मिसनका लागि व्यापारले राम्रै महत्व पाउन थालेको छ । त्यस्तै ‘व्यवसायिक क्षेत्रमा मिसन’ ९ःबचपभत(एबिअभ ःष्ककष्यल० लाई पनि अध्ययन–तालीममा निकै प्रयोग गरिएको देखिन्छ । तर अर्को विषय ‘मिसनका लागि राजनीति’ ९एयष्तिष्अक बक ःष्ककष्यल० लाई अझै पनि उपेक्षा गरिएको वा सबैतिर चर्चाको विषय नबनाइएको अवस्था कायमै छ । तथापि, माथि भनिएझैं मण्डलीका लागि कार्यादेशको रूपमा दिइएको परमेश्वरको मिसनलाई साँच्चिकै मूर्तरूप दिनु हो भने मिसनका लागि राजनीतिले पनि उत्तिकै महत्व पाउनु जरुरी छ । यही कुरा प्रष्ट््याउने उद्देश्यले यो पाठ तयार गरिएको हो र तल प्रश्तुत गरिएका अनुच्छेदहरूले यही विषय प्रष्ट गराउने छन् ।

सर्वाड्डीण मिसनमा राजनीतिः अर्थ र महत्व
मण्डली र राजनीति आपसमा पटक्कै नमिल्ने पृथक विषयवस्तु हुन् भनी बारम्बार पुलपीट वरपरबाट दिइएको शिक्षालाई आज परिमार्जन गरिनुपर्ने अवस्था देखिएको छ । नेपाली मण्डली समसायिक दलीय राजनीतिका जल्दाबल्दा सवालहरूबाट धेरै पर उभिने पुरानै कोशिसमा रहिरहनु ठीक होइन । खासगरी वर्तमान संक्रमणकालीन परिवेशमा नेपाली ख्रीष्टियन समुदायले आफ्नो स्थानबाट केही गर्ने येथेष्ट जाँगर देखाएको छैन भन्ने प्रकारको गुनासो हिजोआज सुन्ने गरिएको छ । हिजो राजनीतिप्रति चासो राख्नु एकअर्थमा पाप ठानिन्थ्यो, राजनीतिका कुनै पनि कार्यक्रममा सहभागी भएर मण्डलीमा प्रवेश गर्दा असहज वातावरण सृजना हुन्थ्यो । तर आज स्थिति फरक भैसकेको छ । मण्डलीमा राजनीतिको चर्चाले स्थान पाउनुपर्छ भन्नु अब अन्यथा नमानिने अवस्था आइसकेको छ ।
राजनीति भनेको के हो ? किन मण्डली राजनीतिप्रति यत्तिको परहेजी र सङ्कुचित बनेरै बस्न राजी बन्यो ? अथवा राजनीति भन्ने विषय नै मण्डलीका चारपर्खालभन्दा बाहिरपट्टि किन बहिस्कृत भयो भन्ने विषयमा चर्चा गरिनु अझै पनि चासोको विषय बन्छ । त्यसकारण ख्रीष्टियन मिसनको सन्दर्भमा राजनीतिको चर्चा गर्नु यहाँ उपयुक्त हुनेछ ।
‘राजनीति’ ल्याटिन भाषाको मूलशब्द पोलिटिया ९उयष्तिष्ब० बाट लिइएको हो, यसैलाई ग्रीक भाषामा उयष्तिभष्ब भनियो । यसको खास अर्थ जनहीतका लागि राज्य संचालनका विधिहरू निर्माण गरी लागू गर्न वा गराउन संलग्न व्यक्ति वा समुह भन्ने हुन्छ । यही पोलिटेइयाबाट पुलिस शब्द आउँछ, जसले राज्यको तर्फबाट प्रचलित कानून लागू गराउने सड्डठित् समुहलाई जनाउँदछ । र, यसको अर्थले राज्यको नीति, नियम, कानून वा संविधानलाई पनि समेट्दछ । यसै शब्दबाट प्रहरी, नियम, प्रशासनका विधिजस्ता शब्दहरूको निर्माण र प्रयोग हुँदै आएको छ । राजनीति शब्द व्याकरणको समाससन्धी नियमअनुसार दुई समानार्थक शब्दहरूको संयोजनबाट बनेको शब्द पनि हो — राज्य संचालनको नीति ।
प्रष्ट हुन्छ, राजनीति शब्दमात्रै होइन, यसको सम्पूर्ण मर्म नै जनसरोकारको विषय हो, कुनै पनि वैधानिक राष्ट्र वा नागरिक समाजको कल्याणका लागि यसको प्रयोग हुन्छ । ‘नागरिक’ वा ‘नागरिकता’ले राजनीतिसित अनन्य सम्बन्ध राख्दछन् । राजनीति नागरिक जीवनको अभिन्न गतिविधि हो ।
तर नेपाली मण्डलीभित्रै एक हदसम्म राजनीतिलाई अपराधसित जोडिएको प्रसड्ड नयाँ पुस्ताबीच तीतो अनुभव बनेको छ । तैपनि ख्रीष्ट येशूलाई जीवनको मुक्तिदाता स्वीकार गरी कुनै स्थानीय मण्डलीको सदस्यता प्राप्त गरिसकेको मानिसले अझै पनि प्रश्न गर्नु परिरहेको छ, उसले राजनीति गर्नु हुन्छ कि हुँँदैन भनेर? ख्रीष्टियन समुदायसामु विश्वासीवृत्तमा राजनीतिका प्रसड्ड उठाइँदा किन अगुवा पंक्ति मौन बस्छ, नसुनेझैं गर्छ वा कानै थुनेर दूर्दूर गर्छ ? नागरिक हुनुको स्वाभिमानबाट किन नेपाली ख्रीष्टियन मान्छेलाई पर उछिट्याइन्छ? ख्रीष्टको भक्त भएको नाताले हाम्रो नागरिकताको हैसियत साँघुरिएको हो भन्न मिल्छ कि मिल्दैन?
तापनि राजनीतिक संलग्नता र पाप उस्तै हुन् भन्ने विचारले मण्डलीमा ज्यादै प्रश्रय पाउनुका पछाडि पत्यारलाग्दा केही कारणहरू छन् । यसका दुई सबल कारणहरू यी हुन्ः पहिलो, मण्डलीको स्थापना कालदेखि नै लगाताररूपमा राजनैतिक संरक्षण र निर्देशनबाट मण्डली सताइनु । र, दोस्रो कारण त्यसभन्दा पनि गहन छ – विश्वमण्डलीको स्थापना कालदेखि नै गलत राजनैतिक स्वार्थका कारण मण्डलीले ख्रीष्टको मण्डली हुनुको अस्तित्वसमेत जोखिममा हाल्नुपरेको अवस्था । त्यसबाहेक राजनीतिमा मानवीय नैतिकताभन्दा तल गिरेर गरिने गतिविधिहरूलाई स्वीकार गरिनु र त्यसबाट लोककल्याणलाई पन्छाइनु पनि यसलाई ‘नराम्रो’ मान्नुको खास कारण मानिएको हो । त्यसर्थ, मण्डलीलाई साँचो अर्थमा यसको उद्देश्यतर्फ केन्द्रित गराइराख्न अगुवा पंक्तिबाटै ख्रीष्टलाई पछ्याउने व्यक्तिले राजनीति गर्नु उचित हुँदैन भन्ने तर्क अघिसारियो ।
यद्यपि राजनीतिले स्वयम् परमेश्वरबाट स्वीकृति नपाएको भने होइन । परमेश्वर आफैं दुई राजनैतिक व्यक्तिहरूका बीचमा एउटा गम्भीर छनौट गर्न अघिसर्नुहुन्छ । बाइबलमा, शमूएल अगमवक्तामार्फत् घोषणा गरियो, “तपाईं (शाऊल) ले मूर्ख काम गर्नुभयो । परमप्रभु तपाईंका परमेश्वरले तपाईंलाई दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएन । यदि तपाईंले पालन गर्नुभएको भए त उहाँले तपाईंको राज्य इस्राएलमाथि सधैंको निम्ति स्थीर गर्नुहुने थियो । तर अब तपाईंको राज्य सधैं रहिरहने छैन । परमप्रभु आफैंले रुचाउनुभएको एउटा मानिस (दाऊद) को खोजी गर्नुभएको छ, र तिनलाई नै आÇना प्रजाका अगुवा हुनलाई नियुक्त गर्नुभएको छ, किनभने तपाईंले परप्रभुको आज्ञापालन गर्नुभएन ।” (१शमूएल १३ः१३–१४)
समस्या के हो त ? मण्डलीले राजनीतिलाई हेर्ने दृष्टिकोण, र राजनीतिले समयसमयमा अबलम्बन गरेको अनैतिक बाटो दुवै । अर्को समस्या राजनीतिका लागि हुने वा गरिइने तमाम खाले अभ्यासको कारणले गर्दा आएको परिणाम पनि हो । अर्थात्, मण्डलीभित्रको एउटा पक्षले राजनीतिलाई हेर्दै नराम्रो देख्यो र त्यसका कुनै पनि गतिविधिमा संलग्न हुनुलाई अपराध ठान्यो, अनि अर्कोेले राजनीतिमा प्रयोग हुने हरेक गलत तरीकाहरू देख्यो र राजनीति गर्नुहुँँदैन भन्ने ठहर ग¥यो । अर्कोतर्फ स्वयम् राजनीतिमा सरिक भएको मान्छे, त्यसअघि ख्रीष्टभक्त नै भए पनि, बाइबलसम्मत विधिहरूका विपरीत मनलागी गर्ने अभिमानको भ¥याड्ड चढ्यो, तोकिएको व्यवस्था पालन गर्ने तथा परमेश्वरको भय मान्ने अडानबाट शाऊलझैं पलायन भयो । त्यस्तो अभ्यासको थालनीबाट सेवकीय अगुवापनको ख्रीष्टिय नमूनामाथि ठाडो प्रहार भयो । नीतिमा टेकेरमात्रै कोही मानिस नेता बन्नसक्छ भन्ने आदर्श मान्यता राजनीतिमा नदेखिएको, नाताकै फेर समातेर नेता भएको वा नेता भएपछि नीतिभन्दा माथि चढ्नेजस्तो भ्रष्ट अभ्यासको कारणले गर्दा पनि राजनीतिबाट स्वच्छ, धर्मी र नैतिकवान मान्छेहरूले सम्बन्ध तोड्नुपर्छ भन्ने निर्णय गरेका हुन्, र नेपाली ख्रीष्टियन अगुवापंक्तिमा पनि हिजो त्यही सोचले प्रश्रय पाएको हो । यसरी आखिर राजनीति शब्द नै ख्रीष्टियन जीवनको खिलाफमा साक्षी दिने वा सत्य र निस्पक्षताको उपहास गर्ने एउटा अभ्यास बन्यो । यस हदसम्म राजनीति गर्नु हुन्न भन्ने आशय मण्डलीलाई सच्चा, सत्यवादी, इमान्दार र गम्भीर ख्रीष्टभक्त मानिसहरूको समुह कायम राख्ने प्रयास थियो भन्नु उचित हुन्छ ।
तर, मण्डलीका सामु अर्को पनि चुनौती त्यत्तिकै अकाट््य छ — यस संसारसमक्ष ख्रीष्टको नमूनायोग्य जीवनको प्रदर्शन गर्ने । मानिसले ख्रीष्टलाई पछ्याउने निर्णय गर्दैगर्दा नै उसले अर्को पनि निर्णय गरेको हुन्छ, सदा परमेश्वरको वचनको अधीनमा रही यस संसारसमक्ष ख्रीष्टमा ग्रहण गरेको साक्षीलाई उच्च तुल्याउने । ख्रीष्टमा प्राप्त उद्धारको सम्पूर्णतालाई सबैका सामुन्ने बिनाशड्ढोच प्रश्तुत गरिदिनु नै ख्रीष्टियन जीवनको महत्वपूर्ण उद्देश्य हो भन्ने सत्य स्वीकार्दै त्यस योग्यको जीवन जिउने प्रतिबद्धता हरेकसित हुनैपर्दछ । सारा जगतका सबै जातिहरूलाई उहाँका चेला बनाउनुपर्ने जिम्मेवारी पूरा गर्ने लक्ष्य प्राप्तिका लागि सुसमाचारको योग्य जीवनमात्रै सशक्त औजार बन्नसक्छ । र, त्यो जीवनको सशक्त प्रदर्शन आफूबाट हुन सकोस् भनेर पवित्र आत्माको सहायतामा निर्भर रहने स्वच्छ र इमान्दार प्रवृत्ति यसका लागि निश्चय नै सहायक बन्छ । यस प्रसड्डमा, येशूले आफूपछि लाग्ने सबै चेलाहरूका लागि गर्नुभएको प्रार्थना यस सन्दर्भमा मनन्योग्य छ । उहाँले पितासँग प्रार्थना गर्दै भन्नुभयो, “तिनीहरू संसारका होइनन्, जसरी म पनि यस संसारको होइनँ । तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईंको वचन सत्य हो । जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, त्यसरी नै मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु ।” (यूहन्ना १७ः१६–१८)
येशूले भन्नुभएको संसार कहाँ पर्छ ? अनि मानव गतिविधिका कुन कुन क्षेत्रहरूचाहिँ यस संसारभित्र पर्दैनन् भनेर प्रश्न गर्नुको तात्पर्य के हुन्छ ? त्यसो भए, ख्रीष्टियन भएपछि राजनीति गर्नुहुँँदैन भन्ने सल्लाहको प्रत्युत्तरमा संसारमा पठाइएको मान्छेले के केचाहिँ गर्नुहुन्छ त भनेर प्रतिप्रश्न उठाउनु जायज हुँदैन कि ? आजको संसार राज्यबिनाको संसार हुनसक्दैन, जहाँ राजनैतिक गतिविधिहरू अवश्यम्भावी हुन्छन् । राजनीतिबिनाको नागरिकता कल्पना गर्न नसकिने कुरो हो, जसरी मानिसबिनाको संसार हुनसक्दैन । त्यसैगरी ‘परमेश्वरको राज्य’का लागि दिलोज्यानले काम गरिरहँदा राजनीतिबिनाको राज्य कसरी सम्भव होला भनेर पनि सोच्नु बुद्धिमानी हुन्छ । हो, ख्रीष्टियन मान्छेलाई यही संसारमा रहन भनी ख्रीष्टले छाड्नुभएको छ, जहाँ उसले परमेश्वरको सत्यता र पवित्रतामा सुरक्षा प्राप्त गर्नेछ र सोही सुरक्षामा ऊ ख्रीष्टको साक्षी बन्नेछ — त्यो पनि मण्डलीका पर्खालबाहिरको संसारमा । अर्को शब्दमा, ख्रीष्टियन मान्छे यस धर्तिका लागि क्षणभरपछि अन्त कतै बाटोलाग्ने अनन्त यात्री हो । तर पार्थीव यात्राको दौरानमा आफूलाई रहन दिइएको देशका लागि ऊ जिम्मेवार नागरिक हो र विश्व मानवजातिका लागि एउटा प्रेमिलो बन्धु पनि । जीवनका जुनसुकै चरणमा पनि ऊ आÇनो जिम्मेवारीबाट पन्छिन सक्दैन र राजनीति पनि उसले निर्वाह गर्नुपर्ने त्यस्तै जिम्मेवारीमध्येको एउटा जिम्मेवारी हो । किनभने नागरिकको हैसियतले राज्यलाई कर तिर्नेमात्र नभएर राजनैतिक निर्णयका लागि आÇनो अभिमत वा भोट जाहेर गर्नेदेखि लिएर नेतृत्व प्रदान गर्ने र शासन गर्नेसम्मका यावत् कुराहरू राजनीतिमा समेटिन्छन् ।
यहाँ, शासन गर्नेहरूलाई बाइबलले सत्य र न्याय स्थापित गर्न–गराउनका लागि अख्तियारी पाएका “परमेश्वर स्वयम्बाट नियुक्त उहाँका सेवकहरू हुन्” भनेको कुरालाई महत्व दिनु राम्रो हुन्छ (रोमी १३ः१(५)। राजनीति र प्रशासनमा हात हाल्नलाई योग्य परमेश्वरको सेवक को हुनुपर्ने, उहाँको भय मान्ने ख्रीष्टको अनुयायी कि उहाँको विरोध गर्ने भ्रष्ट व्यक्ति ? माथि चर्चा गरिएझैं दाऊद प्रवृत्तिका शासकहरूको नेतृत्वमा सम्पूर्ण राष्ट्रकै स्वरूप बदलिएका उदाहरणहरूले विश्व इतिहास भरिएको छ । परमेश्वर अझै पनि आÇनो ह्दयअनुसारको मान्छेको खोजीमा हुनुहुन्छ, जसले उहाँको प्रजालाई बाइबलीय मूल्य–मान्यता र चरित्रका आधारमा सुशासन दिन सकोस् । वास्तवमा, बाइबलीय आशाको पराकाष्टा ९बउयअबथिउतष्अ जयउभ० मा देखाइएको अलौकिक परिदृश्यमा शान्ति र पराक्रमी राजाको रूपमा ख्रीष्टको राजकीय पुनरागमन तथा उहाँका विश्वासयोग्य साक्षीहरूसहित उहाँले गर्नुहुने शासनको कुरा परमेश्वरको नयाँ राजनैतिक एजेण्डा हो भन्नेमा कुनचाहिँ ख्रीष्टविश्वासीले फरकमत राख्ने ? “समयको सदूपयोग गर्दै बाहिरकाहरूसँग बुद्धिमानीसाथ व्यवहार गर । नूनले स्वादिलो पारेजस्तो तिमीहरूको बोलीबचन सधैं कृपालु होस्, ताकि प्रत्येकलाई कसरी जवाफ दिनुपर्ने हो, सो तिमीहरू जान” (कलस्सी ४ः५,६) भन्ने वचनको यस खण्डलाई राजनीतिको सन्दर्भमा पनि बुझ्नखोज्नु आपत्ति ठहर्दैन ।
संक्रमणकालमै गुज्रिइरहेको देशको राजनैतिक अवस्थामा ख्रीष्टियनहरूको भूमिकालाई अवश्य पनि महत्वकासाथ लिइनेछ । वास्तवमा, समसामयिक राजनैतिक सवालहरूमा ख्रीष्टियन समुदाय मौन बसिदिनु आफैमा बिडम्बनापूर्ण छ र यसले कालान्तरमा मण्डलीको उपस्थिति एवं प्रश्तुतिलाई नै फिक्का तुल्याउने छ । भोलि, नेपालका ख्रीष्टियनहरू “देशप्रति कत्ति पनि चासो नराख्ने मानिसहरू हुन्” भन्ने आक्षेप आक्षेपमात्र रहने छैन ।

सर्वाड्डीण मिसनमा राजनीतिक सहभागिताको खास उद्देश्य के हो ?
मण्डलीको मिसनमा राजनीतिक सहाभागिता किन चाहियो ? यही प्रश्नले अहिलेको विश्वमण्डलीलाई गम्भीर बनाउनु जरुरी भैसकेको छ । केही दसक पहिलेसम्म समृद्धिको मार्गमा अत्यन्तै सफलतापूर्वक लम्किएका अधिकांश देशहरू बाइबलीय मूल्यमान्यतामा आधारित थिए । तर हिजोआज तिनै देशका मण्डलीहरूमाथि ‘संसारिक’ राजनीतिको प्रभावमात्रै बढेन, उल्टै धर्मशास्त्र बाइबलविरोधी ‘संसारिक’ राजनीतिक प्रयत्नका कारण बाइबलीय मूल्यमान्यता विपरीत निर्णयहरू धमाधम हुन थालेका छन् । यसरी मण्डलीका सामान्य गतिविधिमाथि सोझै प्रतिबन्द लगाउनेसम्मका कार्यहरू राजनीतिक निर्णयकै आधारमा हुँदैछन् ।
बाइबल धर्मशास्त्रमा परमेश्वरले मानवजातिका लागि बोल्नुभएको सबैभन्दा पहिलो आदेशात्मक वचनमा “फल्दैफुल्दै वृद्धि हुँदै, पृथ्वीमा भरिँदै र त्यसलाई आÇनो बशमा पार्दैजाओ” भनी लेखिएको छ (उत्पत्ति १ः२८)। यस आदेशमा भनिएझैं मानवजातिको वृद्धि तथा सर्वाड्डीण विकासको अर्थ कसरी लगाउनुपर्ने हो ? ‘फल्दैफुल्दै र वृद्धि हुँदै जाओ’ भन्नुको अर्थ के बिवाह, सन्तानोत्पादन र बसाइँसराइ गर्दै पृथ्वीका विभिन्न ठाउँहरूमा फैलिँदै जानु भन्नेमात्रै हो ? त्यसभन्दा बढी पृथ्वीको रेखदेख र वास्तामा वृद्धि हुने सँगसँगै याबत् सृष्टिमा मानवीय सर्वोच्चता अनुकल आÇनो प्रभाव र अधिकारमा बढ्दै जाने र अन्ततः समस्त सृष्टिलाई बशमा पार्ने कुरालाई कसरी बुझ्नुपर्ने हो ? जल, स्थल र नभ अथवा पानी, जमीन र आकाशमा रहने सम्पूर्ण प्राणी जगत्माथि अधिकार गर्दै तिनीहरूमाथि राज्य गर्नुपर्ने कुरो वर्तमान ख्रीष्टियन मिसनका लागि कत्तिको महत्वपूर्ण ठहरिनु पर्ने हो ?
भन्नेपर्ने हुन्छ, संख्यामा र प्रभावमा मानवजातिले अचाक्ली वृद्धि हासिल गर्दैछ, त्यो वृद्धि अहिले चन्द्रमा र मड्डल ग्रहमा मानव बस्ती बसाल्नेजस्ता प्रयत्नहरूले पुष्टि गर्छन् । तर, सृष्टिकर्ता परमेश्वरकै स्वरूपमा उहाँकै प्रतिनिधित्व गर्दै सृष्टिका सम्पूर्ण प्राणीहरूप्रति वास्ता, तिनीहरूको हेरचाह र तिनीहरूमाथि प्रभुत्व गर्नुपर्ने आशयमा उहाँले दिनुभएको आदेश पालन गर्नमा विश्व ख्रीष्टियन समुदाय किन कमजोर देखिएको त ? यो प्रश्न अहिले नसोध्ने हो भने हामीले परमेश्वरको सृष्टि र उहाँको राज्य स्थापित गर्ने सवालमा प्रश्तुत उहाँको मिसनलाई आंशिकरूपमा मात्रै बुझेका रहेछौं भन्ने प्रष्ट हुन्छ । त्यसमाथि पनि सम्पूर्ण सृष्टिको वास्ता गर्ने ह्दय, तिनीहरूको हेरचाह गर्ने दायित्व र तिनीहरूलाई बशमा पार्ने शक्ति के हो ? सम्भवतः अहिलेसम्म ख्रीष्ट येशूलाई सम्पूर्ण रीतिले पछ््याउने मण्डलीले परमेश्वर र छिमेकीलाई आफूलाईझैं सम्पूर्ण मन, बल र प्राणले प्रेम गर्ने सवालमा निकै उदाहरणीय काम गर्दै आएको छ भन्न सकिन्छ । तर सृष्टिका सबै प्राणीहरूमाथि अधिकार गर्ने सवालमा मण्डलीको भूमिका पटक्कै देखिएको छैन भन्नु अत्युत्ति हुँदैन ।
सरल शब्दमा भन्नुपर्दा, बशमा पार्न वा अधिकार गर्न शक्ति चाहिन्छ । कसैलाई बशमा पार्ने शक्तिका तीनवटा स्रोत हुन्छन्ः नैतिक, आर्थिक र राजनीतिक शक्ति । नैतिक शक्ति परमेश्वरको बलियो उपस्थिति स्वीकार गरी उहाँको भयमा जिउने प्रतिबद्धताबाट आउँछ । अर्थात्, नैतिक शक्तिको स्रोत परमेश्वर हो (हितोपदेश १ः७, यशैया ११ः१–१०)। आर्थिक शक्ति उपभोग्य वस्तुको आविस्कार, उत्पादन र वितरणबाट आउँछ । अर्थात् भौतिक उन्नति र समृद्धि आर्थिक शक्तिको स्रोत हो (भजन ४९ः६)। त्यसैगरी राजनीतिक शक्ति स्थापित कानून वा राज्यव्यवस्था र अख्तियारीबाट आउँछ (रोमी १३ः१–१४)।
बाइबल धर्मशास्त्रमा बताइएअनुसार मानव जाति र उसले बशमा पार्ने प्राणीमात्रका लागि देखाइएको सुवर्ण परिकल्पना, सिद्ध तुल्याइएको दर्शन वा बडो सुन्दर महत्वाकांक्षामा हेरिएको सिद्ध परिदृष्य (अंग्रेजीमा ‘उटोपिया’) लाई सामान्यतः “परमेश्वरको राज्य” भनिएको छ, जहाँ शान्ति, न्याय, समृद्धि र आनन्दमा जीवन चल्छ । परमेश्वरको राज्यको सही तस्बीर कस्तो हुँदो हो? त्यस राज्यमा स्वयम् परमेश्वरले महाराजा बनेर राज्य गर्नुहुने कुरा निश्चित छ, त्यसबेला उहाँले प्रयोग गर्नुहुने अख्तियारी के हो ? सम्पूर्ण सृष्टिलाई आÇनो राज्य वा शासनमा ल्याउँदैगर्दा मानिसलाई त्यसको ठूलै जिम्मेवारीमा राख्ने उहाँको व्यवस्था (संविधान) ले कस्तो शासनाधिकारको परिकल्पना गरेको छ ? त्यो राज्यलाई व्यवस्थित गर्ने शक्ति के हो ? के माथि बताइएका तीनवटै शक्तिहरू उहाँको राज्यमा पनि कायम रहन्छन् ?
परमेश्वरको राज्यबारे पूर्वानुमान लगाउँदा उहाँले आÇनो शासनलाई अपराजयी तुल्याउन प्रयोग गर्नुहुने शक्तिमा नैतिक, आर्थिक र राजनीतिक व्यवस्थाहरू प्रबल बन्छन् कि बन्दैनन् भनेर सोच्नु बुद्धिमानी हुन्छ । यहाँ प्रष्ट हुनुपर्ने कुरो, बाइबल धर्मशास्त्रले तय गरेको भावि अनन्त राज्यको अभ्यासमा यी तीनवटै शक्तिहरू निश्चय नै प्रयोगमा आउने छन् । किनभने शक्तिको सुनिश्चित प्रयोग बिना कुनै पनि राज्यको स्थायीत्व हुनसक्दैन । त्यसकारण, यी तीनवटै शक्तिको प्रयोगबारे थप चर्चा यसपछिका अनुच्छेदहरूमा हामी गर्नेछौंः
पहिलो, नैतिक शक्ति राज्य र सुशासनका लागि अनिवार्य शर्त हो । सम्पूर्ण मानवीय नैतिकताको स्रोत परमेश्वर हुनुहुन्छ, यसमा दुईमत नहोस् । नैतिकता भन्नासाथ हाम्रो बुझाइको पाटो आध्यात्मवादतिर झुक्दछ, किनभने नैतिकताको उद्गमविन्दु “परमेश्वर” हो । सत्य यही हो, परमेश्वर, धर्मदर्शन तथा पवित्र शास्त्रहरू नै मानवीय नैतिकताका स्रोत हुन् । मानवीय नैतिकता सोझै परमेश्वरसित जोडिएको हुन्छ । त्यसकारण अध्यात्मवाद मानवीय नैतिकताका लागि निकै कसिलो बन्धन हो, जहाँ अलौकिक शक्तिसितको सुसुप्त सम्बन्धमा आफू बाँधिएको गतिलो अनुभूति निरन्तर भैरहन्छ । हामीले स्वीकार गरेको र जीवनको अभ्यासमा अनुशरण गर्दै आएको नैतिकता कति बलियो कि फितलो छ भन्ने कुरा हामीले यसको स्रोतलाई कति धेरै बुझेका वा स्वीकार गरेका छौं भन्ने कुराले निर्धारण गर्छ । अर्थात् परमेश्वरलाई चिन्ने मानिसले स्वतः आÇनो जीवनमा, अर्थात् आÇनो विचार, वचन र कर्ममा उहाँको भय मान्नुपर्ने कुरालाई प्राथमिक बनाउँछ । परमेश्वरको भय मान्ने मानिस नै निजी जीवनमा अनुशासित मानिस हो र सार्वजनिक जीवनमा इमान्दार सेवक पनि । परमेश्वरको भयमा जिउने जीवनशैलीले नैतिकतालाई सधैं उच्च राख्छ । तथापि, ख्रीष्टियनहरूले नै पनि आफू अनुकुल नैतिकताको व्याख्या गर्न सिकिसकेका छन् ।
हाम्रो परिवारमा स्वीकृत सँस्कार, हाम्रा अविभावक, नातेदार, दाँैतरी, सहपाठी, सहकर्मी हुँदै जति बाहिरी संसारसित हाम्रो सम्पर्क जोडिइँदै र घनिष्ट बन्दै आयो, त्यहीअनुसार हामीले आÇनो “नैतिकता” निर्माण गर्दै र त्यहीबमोजिम अभ्यास गर्दै आयौं । अनुशासनको सवालमा हामीले सानो छँदादेखि अहिलेसम्म जेजति भोग्दै र सिक्दै आयौं, तिनै प्रचलन हाम्रो नैतिकताका भोगाइ हुन् । हामी तिनै भोगाइ र सिकाइका आधारमा आÇनो नैतिकता बनाउँछौं, जसले हाम्रो चरित्रका लागि एउटा मान्यता सिर्जना गर्छ । यसैबाट हाम्रो व्यवहार र व्यक्तित्व निर्माण गर्ने प्रशस्त आधार जुटाउँछ । हामीले आत्मसात् गरेको नैतिकताबाटै हाम्रो पहिचान पनि स्थापित हुन्छ । त्यसकारण हामीमा जस्तो नैतिकता स्वीकृत भएको छ, त्यसले नै हाम्रो जीवनको मूल्यमान्यता तोक्छ, दर्शन पहिल्याउँछ र त्यहीअनुसारको परिणामतिर हामीलाई डो¥याउँछ ।
उच्च नैतिकताले मानिसको जीवनमा सम्झौताहीन मूल्यमान्यता निर्धारण गर्ने हुनाले उसले त्यहीअनुसार आÇनो अनुशासन पहिल्याउँछ । अनुशासन सामुहिक जीवनमा बाँच्दा अरूलाई नबिझाउने गरी स्वीकृत नियमहरू पालन गर्दै जिउने सिद्धान्त हो भने नितान्त व्यक्तिगत जीवनमा अलौकिक शक्ति (परमेश्वर)को अधीनमा आफूलाई समर्पण गरेर जिउने प्रतिबद्धता हो । त्यसकारण मानिसको जीवनमा नैतिकताका दुईवटा प्रत्यक्ष क्षेत्रहरू छन्, पहिलो व्यक्तिगत र अर्को सामाजिक । तथापि नैतिकता व्यक्तिको निजी इज्जत, इमान वा अरूसित बाँड्न नमिल्ने धन हो ।
दोस्रो, राज्य वा शासन पद्दतिलाई सफल तुल्याउनका लागि नैतिकतामा आधारित आर्थिक व्यवस्था बलियो गरी लागू गरिएको हुनुपर्छ । ‘परमेश्वरको राज्यमा आर्थिक व्यवस्थाको खाँचो पर्छ र ?’ भन्ने प्रश्न गर्नु आफैंमा हास्यास्पद हुन्छ । प्रकाशको पुस्तकमा सृष्टिको पूर्णताका लागि ‘नयाँ येरुशलेम’ शहरको चित्रण गरिएको छ, जसमा आर्थिक कारोबारका नितान्त आवश्यक कुराहरू वर्णन गरिएका छन् । सुनको सडक, बहुमूल्य धातूहरू, मणीमाणिक तथा पत्थरहरूको वर्णनले त्यस शहर (वा राज्य) को समृद्धशाली आर्थिक व्यवस्थालाई प्रष्ट््याउँछ । सिद्ध सभ्यता, सुन्दरता, स्वच्छता र समृद्धि स्वर्ग जनाउने मानकहरू हुन्, जसका लागि न्यायोचित आर्थिक व्यवस्था लागू हुनु जरुरी हुन्छ । त्यस आर्थिक व्यवस्थाको आखिरी व्यवस्थापक परमेश्वर आफैं हुनुहुन्छ ।
अहिलेको विश्वमा मानव समाज चरम आर्थिक उन्नतिको रÇतारमा हुइँकिइरहेको छ । के यो उन्नति परमेश्वरको इच्छाविपरीत भैरहेको हो ? हामी मानिलिन्छौं, मानिसले आÇनो जीवनबाट परमेश्वरलाई जतिसुकै पन्छाए तापनि उहाँकै इच्छाअनुसार सबैथोक आÇनै गतिमा अघिबढिरहेको छ । त्यसकारण, मानिसले गरेको प्रगतिका पछाडि परमेश्वरको परोक्ष हात छँदैछ भनेर स्वीकार गर्ने हरेकले आर्थिक व्यवस्थामा परमेश्वरको राज्य पनि स्वतः परिचालित हुनेछ भनी मान्नुपर्छ । किनभने मानव जीवनमा न्याय, सुख, समानता, स्वतन्त्रताजस्ता विषयहरू आर्थिक कारोबारकै पक्षहरू हुन् ।
तेस्रो, राज्य सञ्चालनका लागि राजनीति अनिवार्य पक्ष हो । न्यायपूर्ण र धार्मिक राजनीतिक व्यवस्थाको आवश्यकता नबुझीकन परमेश्वरको राज्यको परिकल्पना गर्नु विवादास्पद ठहर्छ । राजनीतिबिनाको राज्य अकल्पनीय हुन्छ । त्यसकारण परमेश्वरको राज्यको प्रतीक्षा गर्ने उहाँका मानिसहरूले राजनीतिलाई घृणा गर्नु वा राजनीतिबाट ततर्किनु हुँदैन । परमेश्वरको राज्यको पूर्ण स्थापना हुनका लागि पृथ्वीमा अहिले प्रचनलमा रहिरहेका सबैथोकको आमूल परिवर्तन आवश्यक छ – राजनीतिक व्यवस्था र त्यसका सबै खराब पक्ष, चरित्र र व्यवहारमा पनि ।
परमेश्वर आफैंले राजनीतिक व्यवस्थामाथि खूबै चासो राख्नुभएका प्रशस्तै उदाहरणहरू बाइबल धर्मशास्त्रमा पाइन्छन् । पुरानो करारका प्रायः सबै पुस्तक तथा कालखण्डहरू त्यसबेलाको राजनीतिक व्यवस्था र त्यसको सदुपयोग वा दूरुपयोगका घटनाहरूले भरिएका छन् । राजाहरू, न्यायकर्ताहरू, सेना र अगमवक्ताहरू लोककल्याणको निम्ति चासो दिन र सम्पूर्ण मानव जातिको सेवाको काममा निरन्तर लागिरहन परमेश्वरद्वारा नै नियुक्त गरिएका उहाँका सेवकहरू हुन् । तिनीहरूले उहाँको इच्छाअनुसार काम नगर्दाको परिणामस्वरूप देशमा युद्ध, अशान्ति, अनिकाल र निर्वासनजस्ता कष्ट मानिसहरूले भोग्नुपरेको थियो — वास्तवमा पुरानो करारको एतिहास यस्तै घटनाहरूले भरिएको छ । त्यहाँको राजनीति तथा आर्थिक व्यवस्था न्यायोचित र लोककल्याणकारी भैरहँदासम्म देशमा कुनै असल कुराको अभाव भएन । पुरानो करारमात्रै होइन, नयाँ करारमा पनि राज्य, राजनीतिक व्यवस्था, कर वा आर्थिक व्यवस्था र नागरिक अधिकार तथा समानताजस्ता विषयहरूले प्रशस्तै चर्चा पाएका छन् । त्यसकारण, परमेश्वर आफैं न्यायोचित राजनीतिक पद्दति र व्यवस्थाको पक्षमा हुनुहुन्छ ।
सर्वाड्डीण मिसनमा राजनीतिक सहभागिता कसरी जनाउने ?
अहिल्यसम्मै पनि ख्रीष्टियन समुदायको प्रश्तुति साँच्चिकै खल्लो बनिसकेको छ, खासगरी विभिन्न चरणमा चलेका जनआन्दोलनहरू, जनयुद्ध र संविधान निर्माणको सवालमा साथै त्यससित प्रत्यक्षरूपमा सरोकार राख्ने अन्य गम्भीर प्रश्नहरूमा मण्डलीले यसअघि नै आÇनो दृष्टिकोण सार्वजनिक गरिसक्नुपर्ने थियो ¤ त्यसकारण, नेपाली मण्डलीसामु अहिले उठाउनै पर्ने भन्ठानिएको चुनौतिपूर्ण सवाल हामीले राजनीति गर्नु हुन्छ कि हुँँदैन भन्ने होइन, बरू मण्डलीले समग्र समाजलाई कसरी मार्गनिर्देशन गर्नसक्दछ भन्ने हो । हिजोआज समाजसेवाको सन्दर्भमा यो वाक्य ज्यादै स्वीकृत बनेको छ, “यस संसारमा रोटीको अभाव छैन, बरू असंख्य भोकाहरूका हातमा न्यायपूर्ण ढड्डले रोटी बाँड्ने सेवकहरूको अभाव खड्किएको छ ।” यसै वाक्यलाई नेपाली राष्ट्रिय राजनीतिको प्रसङ्गमा यसरी भन्नु जायज ठहर्छ, “नेपालको राजनीतिमा उत्कृष्ट विधि वा व्यवस्थाहरूको अभाव छैन, अभाव छ त ती विधिहरूलाई नागरिककल्याणका लागि कुशल नेतृत्व दिने नैतिकवान नेताको ।” यहाँ जोडदाररूपमा यही कुरो दोहो¥याउन मनासिब ठानिएको हो — मण्डली नागरिक हुनुको मर्म बिर्सिने मानिसहरूको जमात् होइन । त्यसकारण यस सवालमा नेपाली ख्रीष्टियन समुदायले निम्न बुँदाहरूमा अब गम्भीरतापूर्वक विचार गरी कदम चाल्नु आवश्यक भैसकेको छः
C समसामयिक राजनीतिका सवालमा मण्डलीले आफूलाई कसैगरे पनि अछूतो राख्न मिल्दैन । मण्डलीको पुलपीटबाटसमेत राष्ट्रिय राजनीतिको प्रसड्ड कोट््याउन तथा जनमानसमा चेतना भर्न मिल्छ । तर, अझै पनि मण्डलीका नियमित आध्यात्मिक कार्यक्रमहरू तथा पवित्र विधि र संस्कारहरूमा दलीय स्वार्थबाट प्रेरित राजनीतिले प्रवेश पाउनुहुँँदैन ।
C ख्रीष्टियन भएकै नाताले राजनीतिमा संलग्न हुनुहुँँदैन भन्नु गलत हो । तर, मण्डलीको सेवाको निम्ति अर्पित ९यचमबष्लभम० सेवक तथा पाष्टर–अगुवाले राजनीतिमा होमिइनु उचित हुँँदैन । अभिषिक्त पाष्टर–सेवकहरूको मुख्य काम सेवाको काममा लागि सन्तहरूलाई सुसज्जित तुल्याउनु हो (एफिसी ४ः११–१२)। आÇनो मुख्य जिम्मेवारीबाट बाहिरिएर जहाँसुकै हात हाल्ने काम पाष्टरीय जिम्मेवारीमा रहेको व्यक्तिले नगरेको बेश हुन्छ । मण्डलीको प्रार्थना र आराधनाको बेदीलाई दलीय स्वार्थले भरिएको राजनीतिक क्रियाकलापद्वारा बिटुलो बनाउनु हुँदैन । तैपनि व्यक्तिको जिम्मेवारी, झुकाव वा कर्तव्यबोधमा आधारित दर्शन विस्तार हुनसक्ने भएको हुँदा सो अवस्थामा पाष्टर वा अभिषिक्त सेवकले अर्को व्यक्तिलाई पुलपीटको सेवाको काम विश्वासयोग्य जिम्मालगाएर राजनीतिक क्षेत्रमा सेवा गर्न अघिसर्नुलाई अन्यथा लिनु हुँदैन ।
C देश–देशान्तर बुझेको, योग्य र सचेत नागरिकको हैसियतमा कुनै पनि ख्रीष्टियनले राजनीति गर्नु हुन्छ र पर्छ पनि । तर, निहित स्वार्थपूर्तिका लागि ख्रीष्टको वा धर्मको नाउँमा राजनीति गर्नु पटक्कै हुँँदैन । त्यसमाथि पनि अपरिपक्व ख्रीष्टियन मान्छेले राजनीतिमा हात हाल्न हतारिइनु हुँँदैन । अर्को महत्वपूर्ण कुरा, केवल व्यक्तिगत सुरक्षा र लाभका लागि राजनीतिक संलग्नताले नकारात्मक परिणाम ल्याउने छ । त्यसकारण राजनीतिक संलग्नताको खास उद्देश्य लोककल्याण, न्याय, शान्ति र समृद्धिका लागि निस्वार्थ सेवा गर्नु हो भन्ने हेक्का राख्नु अति महत्वपूर्ण हुन्छ ।
C राजनीतिमा केही सफलता प्राप्त गरेका मानिसहरूले अभिमानी जीवनशैली अँगालेका, आÇनो स्थानीय मण्डलीबाट विभिन्न बाहनामा सम्पर्क बिहिन भएका, बिस्तारै ख्रीष्टमाथिको विश्वासबाटै पछिसरेका र कालान्तरमा ईश्वरको अस्तित्वमाथि अविश्वास गर्नेहरूभन्दा पनि भ्रष्ट र पतन भएका उदाहरणहरू पनि प्रशस्तै छन् । राजनीतिक क्षेत्रमा सेवा गर्न लागिपरेका मानिसहरूले आफूलाई मण्डलीको अनुशासन, प्रार्थना, बाइबल अध्ययन र संगतिबाट अलग्याउनु हुँदैन ।

निश्कर्षः धार्मिकताले राष्ट्रलाई उचाल्दछ ⁄
माथि चर्चा गरिएझैं अहिलेको राजनीतिक विश्वमा मानवीय नैतिकतालाई इन्कार गर्ने प्रवृत्तिका तथाकथित उत्तरभौतिकवादी र अत्याधुनिक भनिएका व्यवस्थाहरू लागू गरिएका छन् । खासगरी पश्चिमा धर्मनिरपेक्षताले स्थापित गर्न खोजेको स्वच्छन्द मानव अधिकार र चरम पूँजीवादी उत्तरआधुनिक सिद्धान्त अवलम्बन गरिएकोले मानिसलाई उसको मौलिक तथा ईश्वरप्रदत्त आत्मसम्मानबाट खसाल्ने दुस्प्रयास भैरहेको छ । मानिस अन्य प्राणी जगतको विकसित जनावरमात्रै होइनथ्यो, तर विकासका नाममा जीवनको सुदूरलक्ष्य (उटोपिया) बाट बरालिइँदै गएको अवस्था छ । वास्तवमा भन्ने हो भने यस उत्तरआधुनिक राजनीतिक व्यवस्थाले मानव जातिसितको सहकार्यमा परमेश्वरले स्थापित गर्न लाग्नुभएको अनन्तराज्यसम्म पुग्ने उक्त उत्कर्सको दर्शनबाट स्खलनतर्फ ९मथकतयउष्ब० डो¥याउन लागेको छ ।
सारा सृष्टिका परमप्रभु परमेश्वरमा भरोसा राख्ने उहाँको मण्डलीले आÇनो स्थापनाको प्राथमिक उद्देश्यबाट कमजोर बन्नुहुन्नथ्यो । मण्डली स्थापनाको उद्घोणा गर्दै येशूले भन्नुभएको थियो, “म मेरो मण्डली यस चट्टानमाथि स्थापना गर्नेछु, नरकका ढोकाहरू त्यसमाथि प्रबल हुने छैनन्” (मत्ती १८ः१६)। तर, हिजोआज विश्व मण्डलीसामु जुन ढड्डले चौतर्फि आक्रमण भैरहेको छ, र हरेकजसो आक्रमणमा मण्डलीले पराजय भोग्दै पनि आएको छ, त्यसले निकै भयानक परिणामको सड्ढेत गरिरहेको छ भनी बुझ्नुपर्छ । मानिसका जन्म, विबाह र व्यवसायहरूमा अहिलेको आर्थिक तथा राजनीतिक व्यवस्थाले जसरी नैतिक बन्धनहरूलाई तोडेर निर्मम नरसंहार गर्दै आतड्ढवादी गर्भपतनलाई कानूनी मान्यता दिलाउनु, समलिड्डी विबाहलाई वैधता प्रदान गर्नु, संस्थागतरूमा आर्थिक भ्रष्टाचार मौलाउनु, राज्यहरूको संगठित मोर्चाद्वारा युद्धहरू चर्काउँदै आमहत्यालाई मान्य ठह¥याउनु, आदि क्रियाकलापहरूले मण्डलीको अस्तित्वमाथि नै धावा बोलिरहेका छन् । त्यसकारण राज्यको कानूनद्वारा वैधानिक ठहर¥याइएका उक्त गतिविधिहरू र नैतिकताहीन अराजक स्वच्छन्दताको कारण के–कस्तो दूस्परिणाम आइलाग्न सक्छ भनेर अहिल्यै मिसनका लागि रानजीतिलाई तत्काल अघिबढाउने प्रयत्न थाल्नु के–के हुन् र कहिले–कसरी आइलाग्ने हुन् त भनी सचेत रहनका लागि सर्वाड्डीण मिसनमा राजनीतिक अभ्यासको खाँचो प्रष्ट गर्नु जरूरी छ ।
फेरि, राजनीतिक विषय आफैंमा खराब हुँदै होइन, बरू खराब प्रवृत्तिका चरित्र र पात्रहरूको हातबाट यसको दूरुपयोग भैरहेको छ । ‘सांसारिक’ पापपूर्ण अभिप्रायबाट राजनीतिलाई छुटकारा दिलाउनुपर्ने खाँचो अब मण्डलीले बुझ्नुपर्छ । सृष्टिका सबै कुराहरू जस्तैः राजा, राज्य, राजनीति, व्यवस्था, अर्थतन्त्र र सँस्कृतिको सकारात्मक परिवर्तन र प्रगति हुनु जरूरी छ । तर अर्कोतर्फ, जबसम्म राजनीतिको मूल उद्देश्यबाट लोककल्याणलाई र यसको मूल सँस्कृतिबाट नैतिकतालाई अलग्गै राख्ने दुस्प्रयास भैरहन्छ, तबसम्मै देशमा भ्रष्टाचार मौलाउँछ । राजनीतिक व्यवस्थामा ‘ईश्वरको भय’ नमान्दाको निरन्तर परिणाम शोषण, दमन, अत्याचार बन्ने छ । त्यसकारण राजनीतिमा धार्मिकताले बलियो स्थान पाउनुपर्छ । कानूनी राज्यका लागि मानवीय नैतिकतामा आधारित धर्मी प्रवृत्ति भएका मानिसहरूको हातमा राज्य हुनुपर्छ । धार्मिकता इन्कार गर्ने मानिसहरूले राज्य गर्दासम्म न्याय, समानता, स्वतन्त्रता तथा शान्ति र समृद्धि ज्यादै टाढाको विषय बन्दछ । त्यसर्थ, बाइबल धर्मशास्त्रले मानवमात्रमा न्याय, शान्ति र समृद्धि स्थापित गर्नका लागि अपेक्षा गरेको राजनीतिक मार्गमा धार्मिकता अनिवार्य शर्त हो भनेर मानिलिनुको बिकल्प छैन । र, यही बुझाइले मात्रै देशमा “धार्मिकताले राष्ट्रलाई उचाल्ने” उचित अवसर आउने छ ।

 

Facebook Comments

Category: Articles, Socio-political