कास्की- साउन ८, पोखराको लेकसाइडबाट र महेन्द्रपुलबाट विदेशी नागरिक ३ जनालाई धर्म प्रचार प्रसार गरेको आरोपमा कास्की प्रहरी कार्यलयले पक्राउ गरेको छ।
साउन ७ गते मंगलबारका दिन पोखराको लेकसाइडमा पर्चा वितरण गरेको आरोपमा ७३ वर्षीय कोरियन नागरिक चो युसाङ पक्राउ परेका छन्। त्यही दिन जापानी नागरिक जिरो सेकिया र रेइको सेकिया श्रीमान श्रीमति महेन्द्रपुलबाट पक्राउ परेका छन्।
पोखरेली ख्रीष्टियन समुदायका सल्लाहकार पास्टर ग्रीष्म पराजुली, अध्यक्ष पास्टर हरी घिमीरे, उपाध्यक्ष एल्डर राम प्रसाद शर्मा लगायतको समूह गएर वास्तविकता बुझेर फर्किएको छ। कोरियन नागरिक नयाँ गाउँमा केही समयदेखि बस्दै आएका छन्। उनि कुनै चर्चको सदस्यता नलिएको बुझिएको अनुमान गरिएको छ।
महेन्द्रपुल पोखराबाट पक्राउ परेका जापानीज नागरिक श्रीमान श्रीमति यहोवा विटनेसको भएको कुरा पोखरेली ख्रीष्टियन समुदायका उपाध्यक्ष तथा नयाँ गाउँ चर्चका एल्डर रामप्रसाद शर्माले जानकारी गराउनुभएको छ।
पोखरेली ख्रीष्टियन समुदायले प्रहरी कार्यालयमा पुगेर वास्तविकता बुझेर फर्किएको छ। पक्राउ परेकाहरूलाई म्याद थप गरी अनुसन्धान अगाडि बढाएकोले अहिले छोड्न नमिल्ने जानकारी प्रहरी कार्यालयबाट गराएको कुरा उपाध्यक्ष शर्माले जानकारी गराउनुभएको छ।
जुनसुकै सिद्धान्तका ख्रीष्टियनहरू भएपनि पोखरेली ख्रीष्टियन समुदायले चासो राखेको छ।
Discussion about this post