काठमाडौं- धर्म प्रचारको अभियोगमा पक्राउ परेका नेपाली नागरिक हिरा सिङ सुनार र अमेरिकी नागरिक ब्राड्ली नाभरो असार ६ गते शुक्रबारका दिन बर्दिया जिल्लाको अस्नेरी गाउँबाट पक्राउ परेका थिए। क्रिश्चियन धर्म प्रचार गरेको भनी कसैले उजुरी गरेको आधारमा पक्राउ गरिएका थिए। इलाका प्रहरी कार्यालयले अनुसन्धानको लागि भनेर थुनामा राखेको थियो।
अनुसन्धान गर्दा पास्टर हिरा सिङ सुनारको झोलामा केही बाइबल सम्बन्धिका पर्चाहरु र ब्राड्लीसँग पनि केही त्यस्तै किसिमका पर्चा मात्रै फेला परेको तर कुनै पनि व्यक्तिलाई जबरजस्ती धर्म प्रचार गरेको कुराको पुष्टि हुन नसक्दा १२ दिनपछि अथवा असार १८ गतेका दिन साधारण तारेखमा रिहा गरिएका छन्।
प्राप्त जानकारीअनुसार, कुनै व्यक्तिले आफूलाई क्रिश्चियन बन भनेको येशूमा विश्वास गर्न दवाव दिएको भन्ने उजुरी गरेपनि अनुसन्धानको अवधिमा कुनै पनि किटानी हुन नसक्दा साधारण तारेखमा छुटेका छन्।
पक्राउ परेकाहरूको लागि नेपालका र नेपाल बाहिरका मण्डलीहरूले निरन्तर प्रार्थना गर्दै आएका थिए।
Discussion about this post