डुलोस मिडियाले नेपाली ख्रीष्टियन चलचित्र महोत्सव आयोजना गर्दै

[ 0 ] June 25, 2019 |

१० असार २०७६, ललितपुर । नेपालमा पहिलो पटक ऐतिहासिक नेपाली ख्रीष्टियन चलचित्र महोत्सव राजधानी ललितपुर बालकुमारीस्थित हेप्जिवा हलमा हुने भएको छ ।
डुलोस मिडियाले हिजो ललितपुरको एक क्याफेमा पत्रकार सम्मेलनको आयोजना गर्दै आउँदो महोत्सवबारे विस्तृत जानकारी गराएको छ ।
डुलोस मिडियाका निर्देशक चलचित्रकर्मी रविन गुरूङले गत वर्ष आयोजना गर्ने भनिएको महोत्सव आन्तरिक तयारीमा व्यस्त भएकोले र देशको परिस्थितिलाई समेत मध्यनजर गर्दै आयोजना गर्न निकै कठिन भएको बताउँदै उनले सबैका सामु माफी मागेका थिए ।
निर्देशक गुरूङले यहि आउँदो ७ भदौ, २०७६ (२४ अगष्ट २०१९) मा भव्यताका साथ पहिलोपटक नेपाली ख्रीष्टियन चलचित्र महोत्सव आयोजना हुने जानकारी गराउदै उनले सो दिनमा छोटो चलचित्रको (सट मूभि) शो लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु समेत हुने बताए । साथै महोत्सवमा प्रथम बिजेताका लागि ३० हजार नगद, अर्वाड र प्रमाणपत्र, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार, अवार्ड र प्रमाणपत्र छ भने भोटिङ मार्फत सर्वधारणको रोजाईका लागि एउटा अवार्ड समेत दिइने आयोजकले बताएको छ । आयोजकले फारम भर्ने अन्तिम मिति साउन ३० गते सम्मका लागि खुल्ला गरिएको छ ।

Facebook Comments

Category: News & Events, Notice