काठमाडौं- असार ३, मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी दिएकी छिन्।
‘विधेयकलाई लिएर सर्वसाधारणमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावरणलाई बिथोल्ने कोशिश भएकाले सम्बन्धित सरोकारवालासँग थप छलफल र परामर्श गर्न आवश्यक देखिएको हुँदा राष्ट्रिय सभामा पेस भएको उक्त विधेयक फिर्ता लिने निर्णय गर्दछु,’ मन्त्री अर्यालले भनिन्।
गुठी सम्बन्धि कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ बैशाख १७ मा राष्ट्रियसभामा दर्ता भएको थियो। सो विधेयकका प्रावधानले मौलिक सम्पत्तिका रुपमा रहेको गुठी संस्कृति लोप हुने भन्दै व्यापक विरोध भएको थियो। विधेयक खारेजीको माग गर्दै गुठियारहरुले आन्दोलन गर्दै आएका थिए ।
Discussion about this post