दि आमेन ओरसीप समूहको पहिलो म्यूजिक भिडीयो “चिल झै माथि उडाउनुहोस्” सार्वजनिक

[ 0 ] June 13, 2019 |

काठमाडौँ ।  दि आमेन ओरसीप समूहको पहिलो म्यूजिक भिडीयो “चिल झै माथि उडाउनुहोस्” सार्वजनिक भएको छ । स्थापनाकालको ३ वर्षे वार्षिक उत्सवका अवसरमा गत जेठ २७ गते सोमवार काठमाण्डौको सेतोपूलमा रहेको अगापे मण्डलीमा आयोजित एक कार्यक्रमका विच उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको होे । भिडीयो प्रोत्साहन मण्डलीका पा.ओम कुमार राईद्धारा प्रार्थना गरी संस्थापक मोहन खड्गीद्धारा सार्वजनिक गरिएको थियो । गीतमा स्वर, शब्द र संयोजन मोहन खड्गीको रहेको छ भने भिडीयो छायाँकन तथा सम्पादन खगेन्द्र श्रेष्ठले गर्नुभएको छ ।

तालिम, संगीत, उत्साहका वचन, प्रार्थना लगायत परामर्शका कार्यक्रमद्धारा परमेश्वरको माध्यमबाट आत्माहरुलाई भेट्टाउनु र परमेश्वर जस्तै बनाउने दर्शन सहित २०७३ चैत्र ४ गते देखी यो समूहको स्थापना भएको संस्थापक खड्गीको भनाई छ । जसले नेपालका विभिन्न ठाउँमा अहिलेसम्म २५ देखी ३० वटा साँगीतिक कार्यक्रम गरिसकेको छ भने “स्कुल अफ बाइबल एण्ड ओरसीप” सम्बन्धि पहिलो व्याचको तालिम गत बैशाख ३ देखी ११ गतेसम्म सम्पन्न भइसकेको छ, जसमा ३३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । यो तालिम वर्षमा २ पटक आयोजना गरिने पनि उहाँले बताउनु भएको छ । कार्यक्रममा सोही तालिमका विद्यार्थीहरु, विभिन्न मण्डलीका पाष्टर लागायत समुहका सदस्यहरुको उपस्थिती रहेको थियो ।

भिडीयो लिङ्क :

Facebook Comments

Category: News & Events