गुड न्यूज मिडिया (टेलिभिजन)को निशुल्क २० दिने मिडिया तालिम सम्पन्न

[ 0 ] May 31, 2019 |

जेठ २०७६, ललितपुर । एसइई परिक्षा दिएका यूवाहरूलाई सीप प्रदान गर्न र मिडिया मार्फत भविष्यमा केहि गर्ने चाहनेहरुलाई उत्साहित गर्ने उदेश्यले २० दिने निशुल्क मिडिया तालिम हालै सम्पन्न गरेको छ ।
गुड न्यूज मिडिया (टेलिभिजन) ले प्रदान गरेको निशुल्क मिडिया तालिममा फोटो भिडियोग्राफी र भिडियो सम्पादनको विषयमा सैद्धान्तिक र प्रयोगात्मक शिक्षा प्रदान गरेको हो ।

विगत १० वर्ष देखि विभिन्न राष्ट्रिय टेलिभिजनमा काम गरिसकेका अनुभवी तथा गुड न्यूज मिडिया प्रा.लि का निर्देशक सुमित नेपालीले फोटोग्राफी र भिडियोग्राफीको बारेमा सिकाउनु भएको थियो भने भिडियो सम्पादनबारे अमर मजाकोटीले तालिम प्रदान गर्नुभएको थियो । तालिममा डकुमेन्ट्री, म्यूजिक भिडियो, जीवन गवाही, टेलिभिजन कार्यक्रम लगाएत अन्य भिडियोहरू कसरी खिच्ने, उत्पादन तथा सम्पादन कसरी गर्ने र जनसमुदायमा कसरी पुर्याउने भनेर प्रयोगात्मक प्रशिक्षण गराइएको, तालिमका सञ्चालक सिमियोन रोक्काले हामीलाई जानकारी गराएका थिए ।

वर्तमान अवस्थामा सामाजिक सञ्जालको प्रयोग दिन दिनै बढ्दो छ अनि श्रब्यदृश्य (भिडियो) मार्फत सुसमाचार प्रवाह गर्न सजिलो भएकाले आफु युवा भएर युवाहरूको माझमा मिडिया मार्फत केहि गर्छु भनेर लागि परेको साथै यो निशुल्क तालिम सञ्चाल गर्न कुनै संघसंस्थाको सहयोग बिना नै आफ्नो व्यक्तिगत लगानी गरेको र आगामि दिनमा यस्तै तालिम सञ्चालन हुने कुरा पनि गुड न्यूज मिडियाका निर्देशक नेपालीले हामीलाई बताउनुभयो ।

विभिन्न मण्डलीहरू तथा चर्च समुहहरूबाट २५ जना भन्दा बढिको सहभागीता रहेको सो तालिम ललितपुर नखिपोटस्थित गुड न्यूज मिडिया (टेलिभिजन) को कार्यालयमा सञ्चालन भएको थियो । तालिमले युवाहरूमा रोजगारीको अवस्था सृजना गरेको र सुसमाचारको लागि मिडिया प्रभावकारी रहेकोले अबका दिनमा मिडियाबाट केहि गर्ने कुरा सहभागिका क्रममा प्रशिक्षार्थीहरूले आफनो धारणा व्यक्त गरेका थिए ।

Facebook Comments

Category: News & Events