आत्मिकी पुनर्जागरण अगुवापन सेमिनार सम्पन्न

[ 0 ] May 24, 2019 |

१० जेठ, ललितपुर हेभन टि. भि. नेपालको साझेदारीमा गोस्पल फर नेपालले १ दिने अगुवापन सेमिनारको आयोजना गरेको छ । विभिन्न मण्डली, चर्च समुह र संस्थाबाट २०० जनाको सहभागिता रहेको सो सेमिनार नेपालको मण्डलीका बिश्वासीहरुको आत्मिकी पुनर्जागरण गराउने उदेश्यले आयोजना गरिएको हो ।

१ दिने सेमिनारमा भारतबाट गोस्पल फर नेपाल र हेभन टि. भि. का संस्थापक रेभ. पा. म्याथ्यु, नेपालबाट होसन्ना मण्डलीका वरिष्ठ पास्टर राजु सुन्दास र ज्योति ग्रेट कमिसन फेलोसिपका वरिष्ठ पास्टर लाजरस थुलुङ प्रमुख बक्ता हुनुुुुहुन्थ्यो ।

सेमिनारमा संस्थाका नेपालस्थित अध्यक्ष दिपक अधिकारीले संस्थाको उदेश्य, भाबी कार्ययोजना र गोस्पल फर नेपालले २०२० सम्ममा नेपालको ७७ जिल्लामा मिडियाबाट सुसमाचार पुर्याउने अभियानका बारेमा प्रष्ट पारेका थिए।

Facebook Comments

Category: News & Events