नेपाल ख्रीष्टियन समाजको २३ औँ वार्षिकोत्सव तथा १८ औ महासभा प्रारम्भ

[ 0 ] May 21, 2019 |

७ जेठ, २०७६, काठमाण्डौँ । नेपाल ख्रीष्टियन समाजको २३ औँ वार्षिकोत्सव तथा १८ औ महासभा आजदेखि ३ दिनसम्मका लागि प्रारम्भ भएको छ ।

काठमाण्डौँस्थित नेपाली इसाई मण्डली ज्ञानेश्वरमा आजदेखि प्रारम्भ भएको वार्षिकोत्सव तथा महासभा जेठ ७ –९ गते सम्म चल्नेछ ।
देशभरबाट सहभागि भएको महासभाले नयाँ नेतृत्वको चयन गर्ने बताइको छ । नेपाल ख्रीष्टियन समाजका सहअध्यक्ष पा. टंक सुवेदीका अनुसार नेपाल ख्रीष्टियन समाजले अहिलेको विषम परिस्थितिलाई गम्भिरताका साथ महासभामा छलफल गरी विशेष कार्ययोजनाका साथ अघि बढने बताएका छन् ।

नेपाली ख्रीष्टियन समुदायलाई आवश्यक मण्डली आचारसंहिता, आत्मिक विकास, मण्डलीको सम्पत्ती व्यवस्थापन, मण्डलीलाई आइपरेका विभिन्न खाले सतावट तथा समस्याहरू, ख्रीष्टियन समुदायका विभिन्न सञ्जालहरू र नेपाली ख्रीष्टियन समुदाय र मिडियाका विषयमा विशेष कार्यशाला हुने समाजका महासचिव पा. डिल्लीराम पौाडेलले हामीलाई बताएका छन् ।

Facebook Comments

Category: News & Events