प्रधानमन्त्री ओली भियतनाम प्रस्थान

[ 0 ] May 9, 2019 |

K.P. Sharma Oli, Prime Minister of Nepal. Photo by Biratsandesh

काठमाडौं- बैशाख २६,  सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भियतनाम जाँदै हुनुहुन्छ। श्रोत अनुसार, प्रधानमन्त्री ओली दक्षिण पूर्वी एसियालीका देशहरु भियतानाम र कम्बोडियाको औपचारिक भ्रमण गर्दैहुनुहुन्छ।

प्रधानमन्त्री ओलीले भियतानामका प्रधानमन्त्री न्युग्यन जुयान फुकको निमन्त्रणामा भियतनाम जाँदै हुनुहुन्छ। प्रधानमन्त्री ओली कम्बोडियाका प्रधानमन्त्री हुन सेनको निमन्त्रणामा बैशाख ३० गतेदेखि जेठ १ गतेसम्म  तीनदिने कम्बोडियाको ‌औपचारिक भ्रमण गर्नुहुनेछ। प्रधानमन्त्री ओलीको भ्रमण पाँच दिनको हुनेछ।
भियतनामको हानाम प्रान्तमा आयोजना हुने ‘इन्टरनेशनल डे अफ भैशाक’ (बौद्ध धर्मावलम्वीहरूको पर्व ) र चि मिन नेशनल एकेडेमी अफ पोलिटिक्स र नेपाल भियतनाम बिजनेस फोरमलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको भ्रमणमा राधिका शाक्य, परराष्‍ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्‍णु रिमाल, परराष्‍ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, सांसदहरु, उच्च अधिकारी, सञ्‍चारकर्मी तथा निजी क्षेत्रका प्रतिनिधीको सहभागिता रहेको छ।

Facebook Comments

Category: NC Photos, News & Events