धर्म प्रचारको अभियोगमा पक्राउ परेका सबैजना आज रिहा

[ 0 ] April 29, 2019 |

दाङ जिल्ला अदालतको साधारण तारेखमा रिहाईको फैसलापछि खिचिएको तस्बिर । Photo by Tanka Subedi

काठमाडौं बैशाख १६, धर्म प्रचारको अभियोगमा पक्राउ परेका नेपाल ख्रीष्‍टियन समाजका महासचिव डिल्लीराम पौडेल, कुन्साङ तामाङ र भारतीय नागरिक गौरव श्रीवास्तव थुनछेक वहसपछि दाङ जिल्ला अदालतले साधारण तारेखमा लड्ने गरी फैसला गरेको छ।
गत बैशाख १० गतेका दिन घोराही स्थित डोको होटेलबाट धर्म प्रचारको अभियोगमा महासचिव पौडेलसहित ५ जना पक्राउ परेका थिए।
घोराही प्रेरितिय चर्चमा भिजन २०२० को कार्यक्रमको जानुभएका महासचिव डिल्लीराम पौडेल, अमेरिकी नागरिक ओलिना सिक्‍वेन्टा, भारतीय नागरिक गौरव श्रीवास्तव, कुन्साङ तामाङ र गाडी चालक प्रमोद काफ्लेलाई घोराही प्रहरी प्रशासनले पक्राउ गरेको थियो।
दाङ ईसाई समाज र विभिन्न ठाउँका समाज, मण्डलीबाट जानुभएका पास्टर अगुवाहरूको प्रार्थाना पछि काठमाडौं फर्किने कार्यक्रम भएको कुरा नेपाल ख्रीष्‍टियन समाजका सहअध्यक्ष टंक सुबेदीले जानकारी गराउनुभएको छ।
पक्राउ परकाहरूको लागि नेपालका मण्डली र नेपालबाहिरका मण्डलीहरूले निरन्तर प्रार्थनाका साथै विभिन्न जिल्ला ईसाई समाज, एकता समाजहरूले रिहाईको माग गर्दै प्रेस बिज्ञप्ति पनि दिनुभएको थियो।

Facebook Comments

Category: NC Photos, News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4