नेपालमा येशू ख्रीष्‍टको पुनरूत्थान महोत्सव २०७६ विविध कार्यक्रम गरी सम्पन्न

[ 0 ] April 22, 2019 |

सानो गौचरण, काठमाडौं

काठमाडौं- बैशाख ८, क्रिश्‍चियन धर्मावलम्बीहरूले आज विभिन्न कार्यक्रमको आयोजना गरी येशू ख्रीष्‍ट मृत्युबाट जीवित हुनुभएको बाइबलको सत्यतालाई स्मरण गर्दै पुनरूत्थान महोत्सव प्रार्थना र प्रवचन गरी मनाएका छन्।
विश्वभरी नै येशू ख्रीष्‍टमा विश्वास गर्नेहरूले येशू ख्रीष्‍ट सारा संसारका मानिसहरूको पापको लागि शुक्रबारका दिन क्रूसमा टाँगिनुभयो, मारिनुभयो,  चिहानमा गाडिनुभयो र तेस्रो दिन आइतबार मृत्युबाट जीवित हुनुभई हाम्रा सबै अधर्म, पापहरू क्षमा गरी शान्ति आनन्द र अनन्त जीवनको भागिदार बनाउनुभएको हो भनी आज हर्षोउल्लासका साथ येशू ख्रीष्‍टको पुनरूत्थान उत्सव मनाएका छन्।
बाइबलअनुसार, येशू ख्रीष्‍ट आइतबारका दिन विहानै मिर्मिरेमा चिहानबाट पुनरूत्थान हुनुभएको हो। ईष्‍टर सण्डे अर्थात पुनरूत्थान भएको दिन आइतबार नेपालमा पनि क्रिश्‍चियनहरूले  विभिन्न चर्चहरूमा, खुल्ला मैदानमा प्रार्थना, शान्ति पद यात्रा गरी ईष्‍टर मनाएका छन्।

यस वर्ष २०७६ सालमा काठमाडौं उपत्यकामात्रै ६ स्थानमा पुनरूत्थान महोत्सव भएका छन्। राजधानीको बढ्दो सवारी साधनको चापलाई असर नपरोस र सबैले सजिलैसँग नजिकैको क्षेत्रमा सहभागि हुन सकून् विभिन्न स्थानहरूमा येशू ख्रीष्‍टको पुनरूत्थान महोत्सव भएका छन्। विभिन्न चर्चहरूमा  विहानको सूर्योदय प्रार्थना सेवा गरेर ७ बजेदेखि शान्ति पदयात्रा गरी सम्बन्धित क्षेत्रका खुल्ला मैदानमा भेला भई येशू ख्रीष्‍टको पुनरूत्थान महोत्सव मनाएका छन्।

उपत्यकाव्यापी ईष्‍टर महोत्सवका उपाध्यक्ष पास्टर पदम पराजुलीका अनुसार, ललितपुर जिल्लाको जावलाखेल, खोकना र गोदावरीमा पुनरुत्थान महोत्सव भएका छन्। भक्तपुर जिल्लाका चर्चहरूले पनि शान्ति पदयात्रा गरी खुल्ला मैदानमा संयूक्त रूपमा पुनरूत्थान सभा गरेका छन्। काठमाडौं जिल्लाका चर्चहरूले संयुक्त रूपमा छुट्टाछुट्टै स्थान थानकोट र सानो गौचरणमा पुनरूत्थान महोत्सव मनाएका छन्।

राष्ट्रिय ख्रीष्‍टियन महासंघ नेपालले पनि प्रज्ञा प्रतिष्ठानको भवन  कमलादी काठमाडौंमा येशू ख्रीष्‍टको पुनरूत्थानको अवसर पारी माननीय शहरी विकास मन्त्री महोम्मद इश्तिहाक राईको प्रमुख अतिथ्यमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको  छ।

जावलाखेल, ललितपुर

Easter Celebration 2019, Jawalakhel

Easter Celebration in Bhaktapur

प्रज्ञा भवन कमलादी, काठमाडौं। (Photo by FNCN social media)

Easter Rally, Jawalakhel

Easter Rally Jawalakhel

Facebook Comments

Category: NC Photos, News & Events


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4