वेथशालोम, ६ अप्रिल २०१९ः बेथशालोम पुतलीसडक मण्डलीले आफ्नो स्थापनाकालको ६६औं वाषिर्कोत्सव भव्यताकासाथ सम्पन्न गरेको छ । नेपालकै दास्रो पुरानो मण्डली साथै काठमाडौं उपत्यका भित्रको पहिलो ऐतिहासिक मण्डलीले यस अवसरमा मण्डलीकै इतिहासमा महत्वपूर्ण योगदान योगदान गर्नुहुने व्यक्तित्वहरुलाई दोसल्ला ओर्डाई सम्मान पत्र प्रदान गरिएको थियो । उक्त अवसरमा , मण्डली स्थापनाकालका शुरुका दिनहरुमा वेथशालोम मण्डलीले के कस्ता चुनौतीहरुको सामना र के कस्ता उपलव्धिहरु हांसिल गरको समेत स्मरण गर्दै परमेश्वरलाई धन्यवाद दिने कार्यक्रम रहेको थियो । सम्मानित हुनेहरुमा मनोहरा निवासी श्री मिठु संजेल र मण्डलीकै सवै भन्दा पुरानो सदस्य श्रीमती शान्ति अग्रवाल रहेको जानकारी वेथाशालोमा मण्डलीका एल्डर श्री ज्ञान नारायण श्रेष्ठ ज्युले जानकारी प्रदान गर्नुभएको थियो ।
Discussion about this post