अन्तराष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया समिट–२०१९ अायोजक समूहलाइ ख्रीष्टियन मिडिया सोसाइटीको बधाइ तथा शुभकामना

[ 0 ] March 19, 2019 |

हार्दिक शुभकामना

मिति २०७५ चैत्र १ र २ गते अर्थात १५ र १६ मार्च सन् २०१९ का दिन ललितपुर स्थित स्टाफ कलेज, जावलाखेलमा अन्तराष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया समिट–२०१९ सम्पन्न भएकोमा ख्रीष्टियन मिडिया सोसाइटीको तर्फबाट हार्दिक बधाइ तथा शुभकामना व्यक्त गर्दछौँ ।

ख्रीष्टियन मिडियालाई व्यावसायिकतातर्फ उन्मुख गर्दै परमेश्वरको राज्य विस्तार गर्ने महान् लक्ष्य लिएको यस सम्मिटमा अब्राहम दियालीको नेतृत्वमा २१ सदस्यीय अन्तराष्ट्रिय समिति सर्वसम्मत निर्वाचित भएको थाहा पाउँदा हामी अत्यन्त खुशी छौँ । आगामी दिनमा अन्तरराष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया नेटवर्कसँग हामी ख्रीष्टियन मिडिया सोसाइटी सँगै हातेमालो र सहकार्य गर्दै जाने समेत प्रतिबद्धता व्यक्त गर्दछौँ ।

अन्त्यमा, राष्ट्र र समाजको हितका लागि व्यवसायिक एवं खोजमुलक तथा स्वस्थ पत्रकारिताको विकासमा क्रियाशील हुँदै प्रेस स्वतन्त्रताको रक्षाका लागि पत्रकारिताको गहन जिम्मेवारी पूरा गर्न हामी सधैँ तयार रहने समेत यहाँहरू सामु अवगत गराउँदछौँ ।

ख्रीष्टियन मिडिया सोसाइटी परिवार

Facebook Comments

Category: News & Events, Notice